NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'यो हुन नसके पोलिटब्यूरो र केन्द्रीय समितिको सदस्यबाट राजिनामा दिनेछु'- एमाले पोलिटव्यूरो सदस्य रामचन्द्र झा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 09 February 2011 14:30

मधेशी प्रतिनीधित्व नभए राजिनामा दिने धम्की
काठमाडौं- एमाओवादी र एमाले अध्यक्षबीच भएको सात बुँदे सहमतिअनुसार गृह मन्त्रालयको जिम्मेवारी माओवादीले पाउनुपर्ने वकालत स्वयं एमालेका नेताहरुले गर्न थालेका छन् ।



गृह मन्त्रालयसम्बन्धी विवादकाकारण मन्त्री मण्डलको गठन हुन नसकिरहेका बेला एमाले पोलिटव्यूरो सदस्य रामचन्द्र झाले एमालेले सहमति तोड्न नहुने र गृह मन्त्रालय माओवादीलाई नै दिनुपर्ने कुराको वकालत गरेका हुन् ।

'एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले अध्यक्ष झलनाथ खनालबीच भएको सात बुँदे सहमतिअनुसार गृह मन्त्रालय माओवादीलाई छोड्न एमालेले आनाकानी गर्नु हुँदैन' राजधानीमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा एमाले नेता झाले भने- 'सात वुँदे सहमति जस्तो महत्वपूर्ण दस्तावेजमा सहमत भैसकेपछि गृह मन्त्रालयकाकारण सरकार गठनमा ढिलाई गर्नु हुँदैन ।'

सात बुँदे सहमतिमा पूर्ण सहमत हुँदाहुँदै पनि त्यसका प्राविधिक पक्षमा भएको केही अप्ठ्यारोमा मात्र कुरा मिलाउनुपर्ने बताए । 'शक्ति, विकास र निर्माण, सामाजिक र साधारण मन्त्रालय के कसरी र कुन प्रक्रियाबाट विभाजन गर्ने भन्ने कुरा अघि बढिरहेको छ' झाले भने- 'यति कुरा मिलाएपछि एक दुई दिनमा नै यो सरकारले पूर्णता पाउने छ, माओवादी र हामीबीच धेरै कुरा मिल्ने भएकाले दुई पार्टीबीच भएको सात बुँदे सहमतिको विरोध गर्नुपर्ने कारण छैन ।'

सात बुँदे सहमतिको सम्बन्धमा पार्टीभित्र देखिएको विवादलाई पार्टीको स्थायी समितिको वैठकले यो कुरा मिलाईसकेको बताउँदै झाले एमाले-माओवादीबीचको गठबन्धनलाई बलियो बनाउन एमालेले त्याग गर्नसक्ने दावी गरे । उनले एमाले स्थायी समितिले सिफारिस गरेको तीन मन्त्रीको नाममा असन्तोष भने जनाए । 'मन्त्रीको नाममा उनीहरुको नाम के कसरी आयो चित्तबुझ्दो जवाफ नेताहले दिनुपर्छ' झाले भने- 'अहिले चर्चामा आएकाहरुलाई पार्टीले मन्त्री नबनाउन सक्छ ।'

एमालेले गृह मन्त्रीमा प्रस्ताव गरेका बिष्णु पौडेल पहाडे भएको, शिक्षा मन्त्रीमा प्रस्तावित गंगालाल तुलाधर नेतृत्वसँग निकट रहेकै आधारमा मन्त्रीका रुपमा प्रस्ताव गरिएको हुन सक्ने बताउँदै झाले, यसै आधारमा उनीहरुलाई मन्त्रालयको जिम्मेवारी दिने निर्णय आफूर्लाइ मान्य नहुने चेतावनी दिए । 'सरकारको पहिलो चरणको बिस्तारमा नै समावेशी रुपमा मधेसीको प्रतिनिधित्व हुनु पर्छ' उनले भने- 'यो हुन नसके पोलिटब्यूरो र केन्द्रीय समितिको सदस्यबाट राजिनामा दिनेछु ।'

आफू एमाले भएकाले नै मधेसमा एमालेको संगठन राम्रो रहेको बताउँदै झाले एमालेकाकारण आफू स्थापित नभएको बताए । 'म कुनै हुरी, बतास, तुफानमा आएको नभएर चट्टान झैँ उभिएकाले मधेशमा स्थापित भएको हुँ' झाले भने- 'मलाई साधारण सदस्यबाटसमेत कसैले हटाउन सक्दैन ।' एमालेका एक डेढ क्वीन्टल नेताहरुभन्दा आफ्नो वजन बढि भएको दावीपनि उनले गरे ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?