NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"मधेशका मुद्दा छाडेर हामी सरकारमा जाँदैनौ तर..."- मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादव PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 04 February 2011 10:17

काठमाडौं- प्रधानमन्त्रीकालागि विहीबार भएको निर्वाचनमा अनुपस्थित भएको मधेसी जनअधिकार फोरम नेपाल सर्तसहित प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।



मधेशी मोर्चाकोतर्फबाट फोरम विभाजन गरी फोरम लोकतान्त्रिक गठन गरेका विजय गच्छेदार प्रमको उम्मेदवार भएपछि अप्ठेरोमा परेको फोरम प्रम निर्वाचनमा अनुपस्थित रहन पुगेको थियो । यो निर्णयप्रति सहअध्यक्ष जयप्रकाश गुप्ता असन्तुष्टि देखिएका छन् ।

शुक्रबार आयोजित सन्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा बोल्दै फोरम अध्यक्ष उपेन्द्र यादवले 'आफ्नो पार्टी नयाँ संविधान निर्माण शान्ति प्रकृयालाई प्रक्रियालाई तार्किक परिणतिमा पुर्याउने र मधेसको मुद्दालाई सम्बोधन गर्ने बातावरण सुनिश्चित गर्ने हो भने नयाँ सरकारमा सहभागी हुने' बताए । 'मधेशका मुद्दा छाडेर हामी सरकारमा जाँदैनौ तर मुद्दा संबोधन हुने बातावरण बन्यो भने सरकार सहभागी भएर वा सहभागी नभएर पनि सहयोग गर्छौ' यादवले भने- 'हाम्रो सरकारमा सहभागीताको कुरा नवनिर्वाचित प्रधानमन्त्रीकै भरमा छ ।'

मुलुक दिशाहीन र अनिश्चितताको बाटोमा अगाडि बढिरहेका बेला प्रधानमन्त्री चयन हुनुले जनतामा फेरि शान्ति र संविधानप्रतिको निरासालाई आशामा परिणत गरेको यादवले बताए । धेरै चुनौति र जोखिमकाबीच नयाँ प्रधानमन्त्री बनेका खनालले कसरी भविष्यको यात्रा तय गर्छन् त्यसैअनुसार मुलुकको भविष्यपनि तय हुने उनको कथन छ । उनले भने- 'सिँहदरवारमा फोटो टाँस्ने प्रधानमन्त्रीको कुनै अर्थ छैन, बाम लोकतान्त्रिक र मधेशवादी दलहरुको समर्थन उहाँले कसरी प्राप्त गर्नुहुन्छ, कस्तो मान्छेलाई सरकारमा सहभागी गराउनु हुन्छ, त्यसबाट मात्रै सरकारको सफलता असफलता निर्धारण हुन्छ ।'

प्रधानमन्त्रीको हिजोको निर्वाचनमा पार्टीले अनुपस्थित सर्वसम्मत निर्णयको आधारमै भएको दावी गर्दै अध्यक्ष यादवले सहअध्यक्ष जेपी गुप्ताको नाम नलिई 'बाहिर कसले के भन्छ त्यस्को अर्थ नहुने' बताए । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टीले उठाएको मुद्दामा समर्थन नजनाउँदासम्म सरकारमा सहभागी नहुने र कसैलाई समर्थनसमेत नगर्ने निर्णय भएकोले सोहीअनुसार हिजो निर्वाचनमा अनुपस्थित नभएको जानकारी दिए । मधेसी मोर्चालाई परिस्किृत गर्नु पर्ने आवश्यकता औल्याउँदै उनले विजय गच्छदारलाई मत नदिने विषयमा पार्टीको केन्द्रीय कमिटीको पहिलाको निर्णयअनुसार नै निर्णय लिईएको दावीपनि गरे ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?