NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मालदार मन्त्रालय माओवादीले लिएपछि उपेन्द्र बेखुसी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 10 March 2011 17:36

काठमाडौं- मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई अन्य मधेशवादी दलहरुले माओवादीको पुच्छर बनेको आरोप लगाइरहेका बेला अध्यक्ष यादव र फोरमको माओवादीसँगको सम्बन्ध निकै बिग्रेको थाहा भएको छ ।



सरकारमा जाने तयारीमा रहेका यादव आफूले रोजेको आवास तथा भौतिक योजना मन्त्रालय माओवादीले फुत्काएपछि यादव र माओवादीबीचको सम्बन्ध बिग्रेको हो । मुलुकको बार्षिक बजेटमध्ये ४० प्रतिसत बजेट खपत गर्ने सो मन्त्रालय आफूले लिन पाएमा निकै आर्थिक लाभ हुने ठानी यादवले सो मन्त्रालय आफूले लिन चाहेका थिए ।

यस अघि सो मन्त्रालय सम्हालेका बिजय गच्छदारले मालदार मन्त्रालयका रुपमा रहेको आवास तथा भौतिक योजना मन्त्रालय लिएर तमाम असन्तुष्टिका बाबजुद आफ्ना लोकतान्त्रिक फोरम सदस्यलाई साथमै राख्न सफल भएपछि यादवले पनि सोही मन्त्रालयमा रुचि देखाएको श्रोतका दावी छ । उनलाई ऊर्जा दिन एमाले-माओवादी सहमत भए पनि उनको जिद्दीचाहिँ  आवास तथा भौतिक योजनामै थियो । तर यसै साता भएको मन्त्रिमण्डल विस्तारमा माओवादीले यादवले तोकेको उक्त मन्त्रालय लिइदियो ।

आर्थिक दृष्टिले सबैभन्दा आकर्षक मानिएको मन्त्रालय पहिल्यै चरणमा माओवादीले लिइदिएपछि यादवले माओवादीबाट आफूले धोका पाएको बताउन थालेका छन् । उता माओवादी अध्यक्ष प्रचण्डलेपनि माओवादी नेतृत्वमा सरकार बन्न नसक्नुमा उपेन्द्रकै भूमिका रहेको बताउँदै उनीप्रति असन्तुष्टि पोख्ने गरेका छन् । पछिल्लो समयमा फोरम अध्यक्ष यादवको भूमिका दोहोरो र शंकास्पद देखिने गरेको बताउँदै प्रचण्डले आफूले पटक पटक यादवबाट धोका पाएको बताउने गरेको श्रोतले बतायो ।

श्रोतका अनुसार, यादवकै भर परेर मधेसी मोर्चाको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए । माघ २० गते पहिले भएका निर्वाचनहरुमा प्रचण्ड फोरमको मत पाउनेमा आशावादी थिए । फोरमका केही
सभासद्ले लोर क्रस गरेर भए पनि प्रचण्डलाई भोट दिए । तर यादवले पार्टीकै तर्फबाट मत पाउने स्थिति बनाइदिएनन् । यादव नेतृत्वको फोरमले सबै मत दिएको भए लोकतान्त्रिक फोरम, तमलोपा र सद्भावनालगायतका केही सभासद्को पनि मत पाएर प्रचण्ड आफू विजयी हुनेमा ढुक्क थिए ।

'तर उपेन्द्र इन्डियाको मोहजालमा परिसकेका रहेछन्' प्रचण्डले आफू निकटस्थहरुसँग भन्ने गरेका छन्- 'बरु, आश नगरेकाहरु विश्वासिला र प्रस्ट देखिए तर उपेन्द्रचाहिँ धोकेबाज रहेछन् ।' स्रोतकाअनुसार, आवास तथा भौतिक योजना मन्त्रालय नपाउने भएपछि यादव सरकारमा जान नहुने पक्षमा रहेका सह-अध्यक्ष जयप्रकाश गुप्तासँग सम्बन्ध सुधार्ने प्रयत्नमा रहेका छन् । आफ्नोनिम्ति भनी छुट्याइएको परराष्ट्र माओवादीलाई दिएर भौतिक योजना लिन उपेन्द्रले प्रचण्डसँग हिजो साँझ वार्ता गरेका छन् भने आजपनि प्रधानमन्त्री खनालसहित माओवादी अध्यक्ष प्रचण्डसँग उनको वार्ता भएको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?