NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"हामीले उठाएका मधेशका मुद्दामा सहमति भएनन् भने चाहिँ हामी बिपक्षमा बसेर संघर्षमा जान्छौं"- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral & Santa Bagam   
Wednesday, 28 July 2010 14:51

काठमाडौं- माओवादी नेतृत्वमा सरकार गठनकालागि निर्णायक मानिएको संयुक्त मधेशी मोर्चाको एक प्रमुख घटक मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी १७ साउनमा हुने प्रधानमन्त्रीय चुनावमा मधेशी मोर्चासम्वद्ध चार दल तटस्थ नबस्ने घोषणा गरेका छन् ।

अध्यक्ष यादवले लडाकु समायोजन र वाईसीएलको अर्धसैन्य संरचना भंग गर्ने विश्वसनीय आधार दिएमा माओवादीलाई समर्थन गर्नेसमेत स्पष्ट पारेका छन् । मधेशको मुद्दामा कांग्रेस र माओवादी मध्ये जसले विश्वसनीय आधिकारिक धारणा सार्वजनिक गर्छन् उनैलाई मधेशी मोर्चाले समर्थन गर्ने जानकारीपनि दिए ।

'आगामी १७ गतेको चुनावमा हामी तटस्थ नबस्ने भनेका छौँ, केही न केही निर्णय गर्छौँ' राजधानीमा आयोजित सन्चारकर्मीहरुसँगको साक्षात्कार कार्यक्रममा यादवले भने- 'हाम्रालागि मूल मुद्धा भनको मधेशी सवाल नै हो, हामीले उठाएका मधेशका मुद्दामा सहमति भएनन् भने चाहिँ हामी बिपक्षमा बसेर संघर्षमा जान्छौं ।'

स्वायत्त मधेश प्रदेशमा सहमति नभएमा मधेशी मोर्चा संयुक्त रुपमा संघर्षमा जाने चेतावनी दिँदै उनले समयमै यसबारे सोच्न कांग्रेस र माओवादीलाई आग्रह गरे । 'हामीले हाम्रो आधारपत्र स्पष्टरुपमा राखेका छौँ, कांग्रेस र माओवादीले जस्तो धारणा सार्वजनिक गर्छन्, त्यही वेला हामी निर्णय गर्छौँ' यादवले भने- 'अहिले नै कुन दललाई समर्थन गर्ने भन्ने बारेमा चाहिँ कुनै निर्णय भैसकेको छैन ।'

'साउन १७ गते मुलुकले नयाँ प्रधानमन्त्री पाउनुपर्छ, मधेशी दलहरुले नयाँ माग राखेका छैनन्, बार्गेनिङ पनि गरेका छैनन्' यादवले भने- 'विगतमा सरकार र हामीबीच भएका २२ बुँदे सम्झौता र आठ बुँदे सम्झौताका आधारमा मुलुक संघीयतामा गएकाले तिनै मुद्दा कार्यान्वयनको मागमात्र गरेका हौं ।'

नयाँ सरकार गठनकालागि हालसम्म भएका राजनीतिक प्रयासहरु मुद्दाविहीन रहेको बताउँदै उनले मधेशवादी दलहरुले राखेका शर्तहरुले ती प्रयासहरुलाई मुद्दामा आधारित बनाइदिएको दावी उनको थियो ।

फोरमका अध्यक्ष यादवले मधेका मुद्धालाई दलहरुले सकारात्मक रुपमा लिएर पुरा नगरे देश नै संकटमा पर्ने बताए ।

उनले एमालेले गैर लोकतान्त्रिक र गैरकम्युनिष्ट प्रकृतिको निर्णय गरी अध्यक्ष झलनाथ खनाललाई उम्मेदवार बनाएर फसाएको आरोप लगाए ।

-Sitaram Baral & Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?