NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'अनमिनलाई द्वन्द्व नसकिँदै फर्काएर पछि बोलाउनुभन्दा अहिले नै राख्नु उचित हुन्छ ।'- मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Saturday, 28 August 2010 17:04

'सेनामा अहिले पनि मधेसीको अनुहारै छैन'
काठमाडौं- मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम संविधानको त्रुटिका कारण नै मुलुकमा सरकारविहीनताको अवस्था सिर्जना भएको बताएका छन् ।

अन्तरिम संविधानमा ठूलो दलको या अल्पमत सरकारले नेतृत्व नराख्दा सरकारविहीनताको अवस्था सिर्जना भएको दावी उनले गरेका छन् ।

'बहुमतको सरकारको विकल्प छैन, अब बहुमतको सरकार गठन गरेर त्यसलाई नै राष्ट्रिय स्वरुप दिनुपर्छ' राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने । पहिला बहुमतको सरकार बनाउने र त्यसपछि राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

माओवादीले लडाकु समायोजनको स्पष्ट संख्या, प्रकि्रया निर्धारण र अवधि स्पष्ट नगरेकाले उसको नेतृत्वमा सरकार बन्न नसकेको उनले बताए । 'भदौ २० अघि माओवादी यसबारे स्पष्ट भयो भने प्रचण्डकै नेतृत्वमा सरकार बन्ने सम्भावना छ' उनले भने- 'तर कांग्रेस, एमाले र मधेसीबीच सहमति बनेको खण्डमा परिणाम माओवादीको विपक्ष जान सक्छ।'

अध्यक्ष यादवले शान्ति प्रकि्रयालाई धरापमा राखेर अनमिनलाई फिर्ता पठाउन नहुनेपनि बताएका छन् । हतियार एवं लडाकु व्यवस्थापन एवं शान्ति प्रक्रिया टुंगो नलागेसम्म अनमिनको आवश्यकता रहेको बताउँदै उनले भने- 'द्वन्द्व नसकिँदै फर्काएर पछि बोलाउनुभन्दा अहिले नै राख्नु उचित हुन्छ ।'

अहिलेको अवस्थामा अनमिनलाई फर्काउनु भनेको द्वन्द्व चर्काएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र भएको आरोप लगाउँदै यादवले तराई र पूर्वी पहाडमा अझै पनि सशस्त्र द्वन्द्व चलिरहेको र अनमिनको कार्यभार ती शक्तिलाई शान्तिपूर्ण मूलधारलाई ल्याउनु पनि रहेको बताए ।

माओवादी नेतृत्वको सरकारका पालामा तराईका १७ वटा समूहलाई वार्तामा ल्याएको बताउँदै उनले माधवकुमार नेपाल सरकारको पालामा भने सशस्त्र समूहलाई वार्तामा ल्याउने कुरामा अलिकतिपनि प्रगति नभएको आरोप लगाए । उनले भने- 'सरकारमा वार्ताद्धाराभन्दा सैन्य वलद्धारा यस्ता समस्या समाधान गर्न सकिन्छ भन्ने धारणा विकास भएको छ ।'

'शान्ति प्रक्रिया, लडाकु व्यवस्थापन र अनुगमन र रेखदेखका निम्ति नेपालले अनमिन बोलाएको हो, तर नेपाली सेनालाई अनमिनको अधीनमा राख्ने नराख्नेबारे दलीय सहमतिमा कार्य निर्धारणमा सहमति गर्न सकिन्छ' उनले भने- 'तर काम नसकी फिर्ता गर्नु भनेको आत्मघाती कदम बन्न सक्छ ।'

नेपाली सेनाले राष्ट्रिय स्वरुप ग्रहण गरिनसकेको तर सेनाको राजनीतिकरण गरिनु नहुने उनको भनाइ थियो । 'सेनामा अहिले पनि मधेसीको अनुहारै छैन' उनले भने- 'बल्ल नेपाली सेना राष्ट्रिय बन्ने प्रक्रियामा छ, यसमा संरचनात्मक परिवर्तन आवश्यक छ ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?