NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'लाखौं मधेशीहरुसँग अहिलेपनि नागरिकता छैन, त्यही पनि सरकारमा बसेका मधेसवादी दलहरु चुपलागेर बसेका छन्'- मधेसी जनअधिकार फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 08 October 2010 16:42

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी तीन मधेसवादी दलहरु मधेस र मधेसी जनताप्रति जिम्मेवार नभएको आरोप लगाएका छन् ।

मतदाता नामावली संकलनको निर्णयको विषयमा सरकारमा रहेका मधेशवादी दलहरु मुकदर्शक बनेर जिम्मेवारी पुरा नगरेको बताउँदै यादवले मधेशीसँग नागरिकता नभएको अवस्थामा निर्वाचन आयोगले नागरिकता विना मतदाता परिचयपत्र नदिएको दावीपनि गरेका छन् ।

'लाखौं मधेशीहरुसँग अहिलेपनि नागरिकता छैन, त्यही पनि सरकारमा बसेका मधेसवादी दलहरु चुपलागेर बसेका छन्' शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले भने- 'यो मधेसप्रतिको उनीहरुको गैरजिम्मेवारपन हो ।' मधेशको पक्षमा आवाज उठाउन संयुक्त मधेशी मोर्चा बनाइएको उल्लेख गर्दै मधेसको सवाल आउँदा सरकारमा बसेका मधेसवादी दलहरु मौन बसेको आरोप लगाए । उनले भने- 'मधेशको बारेमा उनीहरु बोल्दैनन् भने उनीहरुको के औचित्य रह्यो ?'

एघारौ चरणसम्मको निर्वाचनबाट पनि सरकार गठन हुन नसक्नुले ठूला दलहरुको असक्षमता प्रष्ट पारेको बताउँदै यादवले स्थिर सरकार नबनेसम्म मुलुकमा जारी शान्ति प्रकि्रया निश्कर्षमा पुग्न नसक्ने र नयाँ संविधान पनि नबन्ने दावी गरे ।

उता, थारु अधिकारबादी नेताहरुले बर्तमान अन्यौलग्रस्त राजनीतिमा सुधार आएर संविधान र शान्ति सुनिश्चित नभए कार्तिकपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आदिवासी कानून तथा मानवअधिकार मचले गरेको पहिचानसहितको नयाँ संविधान स्थायी शान्ति हाम्रो अभियान विषयमा गरेको अन्र्तकि्रया कार्यक्रममा थारु अधिकारबादी नेताहरुले त्यस्तो बताएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका अध्यक्ष लक्ष्मण थारुले ठूला दलहरुले आदीवासी थारुहरुको भावनालाई बेवास्ता गरेको आरोप लगाउँदै थारु अधिकारकालागि तिहारपछि आन्दोलन गर्ने चेतावनी दिए । सडकमा नउत्री ठुला दलहरुले कमजोरहरुको आवाज नसुन्ने गरेको बताउँदै थारुले आन्दोलनमा उत्रनु आफूहरुको बाध्यता भएको बताए ।

आफूहरुले छुट्टै आकाश र धर्ती नखोजेको बताउँदै सबै नेपालीहरु बसेको नेपालमा पहिचानमात्र खोजेको बताए । ठूला दलहरु नसुध्रिए तिहारपछि हुने आन्दोलनले नयाँ निर्वाचनमा जान मुलुकलाई बाध्य बनाउने उनको दावी थियो । संविधान र  शान्तिको नाममा ठुला दलले मुलुकमा नाटक मचनमात्र गरेको ठोकुवा गर्दै थारुले गन्तब्यहिन प्रधानमन्त्रीको निर्वाचनलाई तत्काल रोकेर संविधान निर्माणतर्फ लाग्न दलहरुलाई सुझाव दिए ।

कार्यक्रममा आदिवासी दलित मोर्चाका अध्यक्ष किशोर विश्वासलेपनि संविधान निर्माण हुने बातावरण नबनेको भन्दै तिहारपछि ठूला दल र सभासदहरुबाहेक सबै सडक संघर्षमा उत्रने चेतावनी दिए । निर्धारित समयमा संविधान बन्न नसके संविधानसभा विघठन गर्नु पर्ने बताउँदै विश्वासले मुलुक अव ठूलो दुर्घटनाको संघारमा रहेका दावी गरे । कथि मधेसवादी मोर्चा र ठूला दलका कारण संविधान बन्न नसकेको उनको दावी थियो ।

केही दलहरु भारतीय राजदुत राकेस सुदको प्रवक्ताको रुपमा सरकारमा रहेको बताउँदै विश्वासले यस्ता दलहरुकालागि अवको अवस्था घातक हुने चेतावनीसमेत दिए ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद भुपेन्द्र चौधरीले संविधान बन्ने नबन्ने विषयमा सभासदहरु आफै निश्चित हुन नसकेको भन्दै तीन दलका कारण समग्र सभासदहरु बदनाम हुन पुगेको बताएका थिए । शान्ति र संविधानको सुनिश्चितता नभएसम्म फोरम प्रधानमन्त्रीको जारी निर्वाचनमा तटस्थ बसिरहने उनको कथन थियो ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?