NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

उपेन्द्रको स्वार्थका कारण फोरमको दुर्गती PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Thursday, 23 June 2011 09:14

काठमाडौं- सम्बिधान सभा निर्वाचनपछि कसरी अघि बढ्ने भन्ने सन्दर्भमा तत्कालिन नेकपा (माओवादी) सँग भएको आन्तरिक सहमति कार्यान्वयन गरेको भए उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम दोश्रो पटक विभाजनबाट बच्ने सक्ने श्रोतले बताएको छ ।

तर त्यो आन्तरिक सहमति कार्यान्वयन हुँदा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिँह गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बन्नबाट बन्चितमात्र भएनन्, उपराष्ट्रपति बनाइने तय गरिएका फोरमका एकजना बरिष्ठ नेताकोसमेत असामयिक निधन हुन पुग्यो ।

सम्बिधान सभाको निर्वाचन अघि माओवादी र फोरमबीच शत्रुतापूर्ण सम्बन्ध भएपनि निर्वाचनमा दुवै दल विजयी भएलगत्तै दुवै पार्टीको नेतृत्वले शत्रुतालाई बिस्रेर सम्बिधान सभाको अवधिभर मिलेर अघि बढ्ने सम्बन्धमा आन्तरिक सहमति गरेको थियो । तर, त्यो सहमति कार्यान्वयन नगर्दा माओवादीले राष्ट्रपति गुमाएनमात्र फोरमले सभामुखको जिम्मेवारी गुमाउनु पर्यो । त्यो बेला अध्यक्ष उपेन्द्र यादवले गरेको गल्तीका कारण फोरम संसदीय दलको दोश्रो पटक विभाजनसमेत भयो ।

श्रोतकाअनुसार, सम्बिधान सभा निर्वाचनलगत्तै दुई पार्टीबीच भएको सहमतिमा राष्ट्रपतिमा माओवादीबाट गणतन्त्रवादी नेता रामराजाप्रसाद िसंहलाई उठाउने, उपराष्ट्रपतिमा फोरमबाट फोरमका बरिष्ठ नेता सीतानन्दन रायलाई उम्मेदवार बनाउने सहमति भएको थियो भने सभामुख फोरमका सहअध्यक्ष जयप्रकाश गुप्तालाई बनाउने आन्तरिक सहमति भएको थियो । उपसभामुख चाहिँ नेपाली कांग्रेस वा नेकपा (एमाले) लाई बनाउने आन्तरिक सहमति थियो । सभामुखमा फोरमलाई सघाएको बदलामा प्रधानमन्त्रीमा फोरमले माओवादीका प्रचण्डलाई मत हाल्ने सहमति गरिएको थियो । पार्टी फुटपछि जारी गरेको स्वेतपत्रमा फोरम (गणतान्त्रिक) ले 'सहमतिअनुसार फोरमबाट किन सभामुख हुन सकेन ?' भन्ने प्रश्न उठाएको छ ।

यो सहमति कार्यान्वयन भएको भए राष्ट्रपति-उपराष्ट्रपतिमात्र होइन प्रधानमन्त्री, उपप्रधानमन्त्री र सभामुखसम्म माओवादी-फोरम गठबन्धनको भागमा जाने थियो । किनभने, सम्बिधान सभाको त्यो बेलाको संरचनाअनुसार यी पदहरुमा एमाओवादी-फोरम गठबन्धनले निर्वाचन जित्न सक्थ्यो । त्यो बेला एमाओवादीको १ सय २९ र फोरमको ५३ सिट जम्मा थियो । यो गठबन्धनलाई तत्कालिन जनमोर्चालगायतका दलहरुबाटपनि समर्थन प्राप्त हुने निश्चित थियो । र बाँकी मत अन्य मधेशी दलबाट यो गठबन्धनले जुटाउन सक्थ्यो । प्रचण्ड प्रधानमन्त्री बनेपछि सरकारमा जाँदा उपेन्द्र यादव उपप्रधानमन्त्री हुन सक्थे ।

तर अध्यक्ष यादवका कारण यो सहमति कार्यान्वयन हुन सकेन । श्रोतकाअनुसार, राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनमा यादवले सहमति विपरित सीतानन्दन रायको साटो परमानन्द झालाई उठाइदिए जसका कारण सहमतिको वातावरण बिगि्रयो । लामो समय बामपन्थी राजनीति (एमाले) मा लागेपनि एमालेबाट उपेक्षित भएपछि फोरम प्रवेश गरेका रायको साटो विवादास्पद पृष्ठभूमिका झालाई यादवले उम्मेदवार बनाएपछि नै एमाओवादीले शान्ता श्रेष्ठलाई उम्मेदवार बनाएको श्रोतले बतायो । माओवादीले झाको नाममा असहमति जनाउँदै श्रेष्ठलाई उम्मेदवार बनाएपछि फोरमले बदलास्वरुप नेपाली कांग्रेसका डा. रामबरण यादवलाई मत दियो ।

सो सहमति कार्यान्वयन भएको भए यतिबेला जयप्रकाश गुप्ता सभामुख पदमा हुने थिए । सभामुख भएपछि आफू सम्बद्ध राजनीतिक दलबाट राजिनामा दिने राजनीतिक प्रचलन छ । सभामुखमा निर्वाचित भएपछि गुप्तापनि सभामुखको अवधिभर सभामुख पदबाट अवकास लिने थिए । तर सायद गुप्ता सभामुख भएपछि मर्यादाक्रममा आफूभन्दा माथि पुग्लान् भनेर होला, अध्यक्ष यादवले सहमति गरेरपनि गुप्तालाई सभामुख बनाउने सहमति कार्यान्वयन गरेनन् । उता, उनले उपराष्ट्रपति बनाएका उपराष्ट्रपति परमानन्द झापनि उनीसँग रहेनन् । झाको सहानुभूति फोरमको साटो बिजय गच्छेदारले नेतृत्व गरेको फोरम (लोकतान्त्रिक) प्रति रहेको बताइन्छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar khem
0
 
 
the report entitled on Upendra Swartha..... is infact worthless. First, it won't give any direction towards nepalese politics. It forget to discuss on about propoganda made by the corrupted Gupta and Gacchhedar. It was the india that made everthing happened.. and what is there behind this report ....possibly .. something for columist.!!!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?