NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मधेसमा नागरिकता नबाँडी मतदात परिचय पत्र वितरण कार्यलाई जारी राखे विद्रोह गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 30 September 2010 13:15

काठमाडौं- मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा नागरिकता नबाँडी मतदात परिचय पत्र वितरण कार्यलाई जारी राखे फेरि मधेस विद्रोह हुने चेतावनी दिएका छन् ।

राष्ट्रिय परिचय पत्रलाई समेत सघाउ पुग्ने गरी निर्वाचन आयोगले नागरिकताको आधारमा मतदाता नामावली संकलन गर्न थालेपछि मधेशवादी दलहरुको विरोध आउने क्रम जारी रहेका बेला फोरम अध्यक्ष यादवले यस्तो चेतावनी दिएक हुन् ।

मधेसमा ३३ लाख नागरिक अहिले पनि नागरिकताविहीन रहेको दावी गर्दै यादले नागरिकता समस्या समाधान नगरी मधेसीलाई मतदानबाट बन्चित गर्ने षडयन्त्र गरिए भीषण विद्रोह गर्ने बताए । 'मधेसका नेपालीलाई गैर नेपाली बनाउने षडयन्त्र तत्काल नरोक यसको गंभीर परिणाम भोग्नु पर्छ' उनले भने- 'त्यो विद्रोहको परिणाम अहिलेका सत्ताधारीहरुले थेग्न सक्दैनन् ।'

बर्तमान सरकार मधेसी विरोधी भएको आरोप लगाउँदै यादवले मधेसीको अधिकारलाई हनन गर्न षडयन्त्रमुलक रुपमा नागरिकता नबाँडी मतदाता परिचय पत्र बाँडने अभियान सुरु गरेको आरोप लगाए । अहिले मतदाता नामावलीमा नाम भएका, तर नागरिकता नभएकालाई मतदानबाट बन्चित गर्ने हो भने उनीहरुको मतबाट बनेको संविधानसभा विघटन गर्नु पर्ने, त्यसै संविधान सभाबाट चुनिएका राष्ट्रपति र सरकार पनि हटाउनु पर्ने उनको धारणा थियो ।

मधेसका ३३ लाख नागरिक अहिले पनि विभिन्न कारणले नागरिकताबाट बन्चित रहेको अवस्थामा नागरिकता टोली अगाडि अगाडि र मतदात परिचय पत्र वितरण टोली पछाडि पछाडि पठाए समस्या समाधान हुने उनको सुझाव छ । नागरिकताको विकल्पमा अन्य परिचय पत्रलाई पनि आधार मानेर मतदाता नामावाली वितरण गर्नु पर्ने माग पनि फोरम अध्यक्ष यादवले गरे ।

सरकार र निर्वाचन आयोगको योजना मधेस विरोधी भएको भन्दै सिडियोहरु पनि गैर मधेसी भएका कारण मधेसी नागरिक नागरिकताबाट बन्चित हुनु परेको उनको कथन  छ । 'निर्वाचन आयोगको यो योजना मधेस विरोधी छ' यादवले भने- 'हामी यसलाई सहन सक्दैनौं, यसलाई तत्काल नरोके हामी विद्रोहमा जानेछौं ।' नागरिकताको आधारमा मतदाता नामावली संकलन कार्यको सबै मधेशवादी दलहरुले विरोध गरेका छन् ।

कांग्रेससँग आग्रह

अध्यक्ष यादवले सहमतिकालागि मागपत्र अघि सार्नेभन्दा आफै सहमतिकालागि अग्रसर हुन नेपाली कांग्रेसलाई सुझाव पनि दिएका छन् । नेपाली कांग्रेसले सहमतिकोलागी तयार पारेको चार बुँदे अवधारणा पत्रप्रति लक्ष्यित गर्दै यादवले यस्तो सुझाव दिएका हुन् । शान्ति र संविधानलाई सुनिश्चित गर्ने विषय उल्लेख गरिएकोले कांग्रेसले बुधबार अघि सारेको अवधारणा पत्र सकारात्मक भएको टिप्पणी गर्दै यादवले त्यसलाई सर्तको रुपमामात्र प्रस्तुत नगरी सहमतिकालागि अग्रसरता लिनु पर्ने बताए ।

'कांग्रेसले सहमतिको अवधारणालाई सर्तको रुपमा अगाडि सारेर गतिरोध बढाउने काम गरेको छ' यादवले भने- 'उसले अब सहमतिकालागि नेतृत्व लिनु पर्छ ।' कांग्रेसको अवधारणापत्रको विषयमा माओवादीलेपनि उचित जवाफ दिन पर्ने सुझाव उनको छ । 'कांग्रेसले अवधारण पत्रलाई सर्त र अड्को थाप्ने रुपमा अगाडि सार्नु हुँदैन' उनले भने- 'सहमतिकालागि उपनि उत्तिकै जिम्मेवार हुनुपर्छ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?