NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

गोर्खालीलाई मन पराउने बेलायतकि महारानी ! PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 19 October 2010 15:09

काठमाडौं- राजतन्त्र रहेका बेला राजा र सरकारबीच कतिपय विषयमा नेपालमा मतभिन्नता हुने गर्थ्यो त्यस्तै स्थिति नेपालले संवैधानिक राजतन्त्रको मोडेल मानेको बेलायतमा पनि देखिएको छ ।

ठूलो वैदेशिक ऋण रहेको भन्दै बेलायत सरकारले सामाजिक सुरक्षाको रकम मात्र होइन सैनिक संख्यासमेत कटौती गर्ने योजना बनाउँदैछ । जसको असर बेलायतमा रहेका गोर्खाली सेनामा पनि पर्ने अनुमान गरिदैछ। तर बेलायती महारानी एलिजाबेथ भने दुई सय वर्षदेखि आफ्नो देशको सेवा गर्ने गोर्खालीहरुको संख्या घटाउने पक्षमा छैनन् ।

परराष्ट्र स्रोतकाअनुसार, बेलायतकालागि नेपाली राजदूत डा. सुरेश चालिसेले केही महिनाअघि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा महारानी एलिजाबेथसँग यस विषयमा भएको कुराकानीबारे प्रतिवेदन पठाएका थिए । सो प्रतिवेदनमा आफू डा. चालिसेले गोर्खा सैनिकको संख्या घटाउन खोजेको सुनेको बताउँदै चिन्ता प्रकट गरेको र यस सम्बन्धमा महारानीलेसमेत चासो राखेको कुरा उल्लेख भएको स्रोतले बतायो । प्रतिवेदनमा उल्लेख भएअनुसार, गोर्खा सैनिक नै नेपाल-बेलायत सम्बन्धको बलियो आधार भएको बताउँदै डा. चालिसेले संख्या कटौती नगर्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

त्यसपछि महारानी एलिजाबेथले आफ्ना सचिवतिर फर्केर सोधेकी थिइन्- 'बेलायती सेनामा अझै चार हजार गोर्खाली छन् हैन र ?' उनका सचिवले चार हजार होइन, ३२ सय छन् भन्ने जवाफ दिएका थिए । त्यसपछि महारानीको भनाइ थियो- 'गोर्खालीहरुले बेलायतलाई दिएको योगदानको कदर गरिनुपर्छ, मेरा सैनिक नातिहरु अफगानिस्तानमा खटिँदा गोर्खाली फौजमै थिए, अहिले पनि मेरो दरबारको सुरक्षामा दुई जना गोर्खा सैनिक छन् ।' यसरी गोर्खालीहरुप्रति आदर र सम्मानभाव राख्ने बेलायती महारानीको इच्छाविपरीत सरकारले साँच्चिकै गोर्खालीको संख्या कटौती गर्ला ? यो सबैकोलागि चासोको विषय बनेको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?