NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व युबराज पारसले गोली हानेको रे भारतीय र बंगलादेशीको अपमान सहन नसकेपछि PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 13 December 2010 19:58

गृह मन्त्रालयद्वारा छानबिन समिती गठन
काठमाडौं- "उनीहरु (बंगलादेशी र भारतीय नागरिक) अझ उत्तेजित भई म र मेरो परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहें । सो कुराकानीबाट म बाहिर निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।"

गृहमन्त्रालयले पूर्व युवराज पारस शाहले गोली फायरिङ्ग गरेको विषयमा छानविन शुरु गरेको जनाएको छ ।

घटनाको गम्भीरतालाई ध्यान दिई के कस्तो परिस्थितिमा उक्त घटना भएको हो भन्ने सम्बन्धमा प्रभावकारी छानबिन, अनुसन्धान गर्न प्रहरी नायब महानिरीक्षक गङ्गाप्रसाद पाण्डेको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक रणबहादुर चन्द र सहअनुसन्धान निर्देशक अर्जुन केसी सदस्य रहेको छानबिन समिति गठन गरेको तथा समितिलाई तत्काल कार्यारम्भ गर्न निर्देशनसमेत दिइएको मन्त्रालयले जनाएको छ ।

शाहले मंसिर २५ गते राति चितवन जिल्लास्थित टाइगरटप्स लजमा उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी ज्वाई रुवेल चौधरीलगायतका व्यक्तिसँग विवादको सिलसिलामा गोली चलाइएको घटनाबारे चितवन जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको गृहको दाबी छ ।

यसैवीच, पूर्व युवराज शाहले पनि आफूले कसैलाई ताकेर फायरिङ्ग नगरेको जनाएका छन् । यद्यपि उनले फायरिङ्ग गरेको भने स्विकारेका छन् ।

शाहको विज्ञप्तीको पूर्ण पाठ

म मेरो परिवारका सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय नागरिक मसँग आई कुराकानी गर्न थाले । र मैले निभाएको पुरानो भूमिका र मैले प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे । सो भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्रयास गर्दागर्दै पनि उनीहरुको उत्तेजना रोकिएन । यही क्रममा उनीहरुसँग आएका अन्यहरुलेसमेत सो बंगलादेशी र भारतीय नागरिकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहें । सो कुराकानीबाट म बाहिर निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।

पारश शाह
निर्मल निवास, महाराजगज
काठमाडौं नेपाल


-Santa Bagam in Kathmandu

Comments

avatar Sahadev
0
 
 
You did a very good job! I should do a same if somebody talks a bad about my country. Good job, keep on going Pashah
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Renjaji
0
 
 
IS SUJATA HERSELF NOT A FOREIGNER YET MINISTER ,I NOW KNOW HER FAMILY ARE ALL FOREIGNERS ! HWO IS RUBEL CHAUDHARI ? IS SUJATA KO DAUGHTER GORENI?! SHE LOOKS SO..!!!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?