NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व युवराज पारस शाह प्रहरी हिरासतबाट मुक्त PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 16 December 2010 20:04

काठमाडौं- बङ्गलादेशका नेपाली ज्वाँई रुवेल चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा पक्राउ परेका पूर्व युवराज पारस शाह प्रहरी नियन्त्रण मुक्त भएका छन् ।

शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले रु १० हजार धरौटीमा पुस १ गते रिहा गरेको हो । यसैवीच, चौधरीले शाहको हातमा बन्दुक नभएको बयान दिन थालेका छन् ।

मंसिर २८ गते पक्राउ परेका शाहलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दा दर्ता गरेका थिए । प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसमक्ष पक्राउ परेका पारस र उहाँका आठजना कानुन व्यवसायीले बहस गरेका थिए ।

बहसका क्रममा पारसले 'म छोरीको जन्मदिन मनाउन चितवनको होटल टाइगर टप्स गएको हँ, मेरो साथमा परिवार थियो, म बसेर परिवारसँगै खाना खाँदै थिएं त्यहिबेलामा रुवेल चौधरी म कहाँ आएको', भन्दै उनले 'चौधरीले नेपाल, नेपाली र मलाईसमेत होच्याउने कुरा गरे, त्यसो भन्नु हुँदैन भनेर मैले भनें ।' पारसले सामान्य बाद-बिबाद मात्र भएको हो बन्दुक पड्काएको पनि होइन कुनै होहल्ला अशान्ति पनि भएको होइन भनेका थिए ।

बहसका क्रममा शाहको पक्षमा बहस गरेका वकिलहरुले मुलुकी ऐन १८२ नम्बरको हकदयाविहीन दायर जाहेरी भएको हुँदा मुद्दा खारेजीबाहेक अन्य विकल्प नरहेको अडान लिएका थिए ।

पूर्वयुवराज पक्षीय वकिलहरु कमलेश द्विवेदी, विष्णुप्रसाद भट्टराई, गणेश केसी, श्रीप्रसाद पण्डित, रामप्रसाद रिजाल, हिरा रेग्मी र चितवनका शिवप्रसाद पाण्डे र चुडामणि सापकोटाले रुवेल चौधरीलाई त्यहाँ जाने हैसियतसमेत नरहेको अवस्थामा घटना घटेको हुँदा स्वयम् आफैमा विवादास्पद रहेको भन्दै यो अभियोग कानुनसम्मत नहुनाले खारेज गर्नुपर्ने बताएका थिए । उता सरकारकातर्फबाट जिल्ला न्यायाधिवक्ता गिताप्रसाद तिमििल्सना र सहायक न्यायाधीवक्ता भीमप्रसाद भुर्तेलले बहस गरेका थिए ।

रिहाईपछि पूर्व युवराज शाह फिस्टेल एयरको हेलिकोप्टरमार्फत पोखरा गएका छन् । उनलाई आगामी फागुन १९ गते तारेख तोकिएको छ । शाह पक्षधरहरुले सरकारले प्रतिशोध साँधेर विदेशी नागरिककोलागि पूर्व युवराजको मानमर्दन गरेको आरोप लगाएका छन् । शाहलाई प्रहरी नियन्त्रणमा राखेको सरकारले एउटै घट्नाका चौधरीलाई भने ससुरालीमा गएर बयान लिएको थियो ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?