NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व युवराज पारस शाहलाई थप तीन दिन म्यादसहित हिरासतमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam & Sitaram Baral   
Wednesday, 15 December 2010 18:26

काठमाडौं- उपप्रधानमन्त्री तथा परराश्ट्र मन्त्री सुजाता कोइरालाका छोरी ज्वाइँ बङ्गलादेशी नागरिक रुवेल मोहम्मद चौधरीमाथि गोली प्रहार गरेको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका पूर्व युवराज पारस शाहलाई जिल्ला प्रशासन कार्यालय चितवनले तीनदिन म्याद थप गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले मंसिर २८ गतेदेखि लागु हुनेगरी तीनदिन म्याद थपेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गौतमले म्याद थपसम्बन्धी सुनाएको फैसलामा काठमाडौँ महाराजगन्ज निर्मल निवास निवासी वर्ष ३९ का पूर्व युवराज पारस शाहलाई केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउनकालागि चार दिनको म्याद थप गरी पाउँ भनी जिल्ला प्रहरी कार्यालय चितवनको निवेदन आए पनि मङ्सिर २८ गतेदेखि लागु हुनेगरी तीन दिन म्याद थप गरिएको भन्ने व्यहोरा उल्लेख छ ।

चितवन गोलीकाण्डको सिलसिलामा नियन्त्रणमा लिइएका पूर्व युवराज पारस शाहको रिहाइको माग गर्दै पारस समर्थकहरुले काठमाडौँका ठाउँ ठाउँमा प्रदर्शन गरेका छन् ।

पूर्वयुवाराज पारसको रिहाईको माग गर्दै देशका विभिन्न स्थानमा प्रर्दशनसमेत भएको छ । राष्ट्रिय झन्डा बोकेर प्रदर्शनकारीहरुले पारसको रिहाइ मात्रै मागेन् बरु उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । प्रदर्शन उत्रेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्राप्त समाचारअनुसार दोलखा, चितवन, दाङ्ग, मकवानपुर, काठमाडौं लगायतका स्थानमा प्रर्दशनमा उत्रेकाहरुले रुवेल चौधरीले नेपाल र नेपालीको विरुद्धमा बोलेको भन्दै चौधरीमाथि कारवाहीको माग गरेका थिए । पारसलाई नियन्त्रणमा लिएको विरुद्धमा गर्ने भनिएको बन्द कार्यक्रममा असफल भएको छ ।

चितवन राष्ट्रिय निकुन्जमा भएको सो घटनामा प्रहरीले उनलाई मंगलबार पोखराबाट नियन्त्रणमा लिएको थियो । चितवनबाट प्राप्त समाचारअनुसार, उनीमाथिको अभियोगका सम्बन्धमा छानविन गर्न चितवन प्रहरीले तीन दिनको म्याद माग गरेको थियो । जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयावधि अनुसार उनी थप दुई दिन प्रहरी हिरासतमै रहनेछन्  ।

श्रोतका अनुसार, चितवन प्रहरी ससम्मान हिरासतमा राखिएका पारशसँग घटनाबारे जानकारी लिइरहेको छ । उनका साथमा एकजना वकिलपनि रहेका छन् । उनले वकिललाई सँगै राखेर वयान दिएका छन् । बयानका क्रममा उनले नेपाल राष्ट्र आफू र आफ्नो संस्थाको अपमान हुने गरी विचार अभिव्यक्त गरेको र आफू आक्रोसमा नआएको तर गोली चाहिँ प्रहार नगरेको बताएका छन् ।

उता, घटनाको सम्बन्धमा प्रहरीले सुजाताका ज्वाइँ रुवेलसँगपनि बुधबार जानकारी लिएको छ । काठमाडौंमा रहेका ज्वाइँ चौधरीसँग चाहिँ महाराजगन्ज प्रहरी बृत्तले बुधबार दिउसो घटनाबारे जानकारी लिएको हो । उपप्रम सुजाताको मण्डिखाटारस्थित निवासमा बस्ने गरेकाले त्यो क्षेत्र हेर्ने महाराजगन्ज प्रहरीले उनीसँग बयान लिएको हो । आफुलाई मार्ने नियतले नै गोली हानेको दावी गर्दै रुवेलले आफूले पारशलाई त्यस्तो कुनै अपमानजनक शब्द प्रयोग नगरेको बताएका छन् । उनको बयान लिन चितवन प्रहरीले काठमाडौं प्रहरीसँग सहयोग मागेको थियो ।

-Santa Bagam & Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?