NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व प्रहरी महानिरीक्षक खरेल र दरबारका पूर्व सैनिक सचिबबिच आरोप प्रत्यारोप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 12 January 2011 18:09

काठमाडौं- राजतन्त्र रहेका बेला राजाको सैनिक सचिव रहेका एक जना पूर्व जर्नेल र त्यही बेला नेपाल प्रहरीको प्रमुख रहेका पूर्व प्रहरी महानिरीक्षकबीच गजवको वाद प्रतिवाद सुरु भएको छ ।



दरवारका पूर्व सैनिक सचिव विवेक शाह र पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलबीच यस्तो वाद प्रतिवाद सुरु भएको हो । पूर्व सैनिक सचिव शाहले हालै प्रकासित गरेको पुस्तकमा आफूलाई अनेक बिषयमा आरोपित गरिएको भेटिएपछि पूर्व प्रहरी महानिरीक्षक खरेललेपनि छिट्टै पुस्तक प्रकासन गरेर शाहलाई गतिलो जवाफ दिने तैयारी गरेका छन् ।

शाहद्धारा लिखित 'मैले देखेको दरवार' नामक संस्मरणात्मक पुस्तकमा तत्कालिन शाहज्यादा पारशले चलाएको गाडीको ठक्करबाट संगितकार प्रबिण गुरुङ्गको मृत्यु भएपछि पारशलाई जोगाउन तत्कालिन महानिरीक्षक खरेलले नै नक्कली ड्राइभर खडा गर्न सुझाव दिएको कुरा उल्लेख छ । सोहीअनुसार, नक्कली ड्राइभरको रुपमा ओखलढुङ्गाका खड्कबहादुर भुजेललाई नक्कली ड्राइभर बनाइएको थियो । उनले आफूले चलाएको गाडीको ठक्करबाट गुरुङ्गको निधन भएको बताएका थिए ।

तर अन्य प्रमाण नजुटेको भन्दै केही दिनपछि उनले उन्मुक्ति पाएका थिए । सेलाई सकेको यो प्रसङ्गलाई पूर्व सैनिक सचिव शाहले आफ्नो पुस्तकमार्फत उप्काएपछि यस सम्बन्धमा पूर्व जनरल शाह र पूर्व महानिरीक्षक खरेलबीच सार्वजनिक रुपमै विवाद भएको हो । शाहले खरेलको सल्लाहमा नक्कली ड्राइभर खडा गरिएपछि उनी यसको प्रतिवाद पुस्तकमार्फतै दिने तैयारीमा लागेका छन् । आफूले दरवारलाई त्यो बेला त्यस्तो सल्लाह नदिएको उनको तर्क छ ।

'शाहद्धारा लिखिति पुस्तकको १ सय ५० नम्बर पेजको चौथो परिच्छेदमा उनैले के कुरा स्वीकार गरेका छन् भने, गायक प्रवीण गुरुङको दुर्घटनाबाट मृत्यु भएको विषयलाई लिएर निकै विवाद भइरहेको छ, यो विवाद साम्य पार्न खड्गबहादुर भुजेल नाम गरेको ड्राइभर भेट्टाइएको' उल्लेख भएको बताउँदै खरेलले तर्क गरेका छन्- 'यसबाट पुष्टि हुन्छ नक्कली ड्राइभर खोज्ने व्यक्ति विवेक शाह नै रहेछन् ।'

पारशले चलाएको गाडीबाट संगीतकार गुरुङ्गको मृत्यु भएको कुरा आफूलाई नेपाल प्रहरीका तत्कालीन डिआइजी अनन्तराम भट्टराईले पहिलो पटक जानकारी दिएको बताउँदै खरेलले आफूले त्यसपछि तत्कालै सैनिक सचिव शाहलाई फोन गरेको, तर शाहले त्यसलाई अस्वीकार गरेको दावी गरेका छन् । 'मेरो कुरा नटुङ्गिदै शाहले यस्तो हुनै सक्दैन भनेका थिए' खरेलको तर्क छ- 'भोलिपल्ट हामीले थप अनुसन्धान गर्दा पारश नै त्यो गाडीको ड्राइभर भएको पुष्टि भयो, तर अहिले शाहले घटनालाई मोड्ने प्रयास गरेका छन् ।'

'पुस्तकमा आइजिपी खरेल दरबार र विरोधी दुवैतिर खेलिरहेको प्रतित हुन्छ, यसबारे सचेत हुनु आवश्यक छ हुकुम…'भन्ने कुरा उल्लेख भएको बताउँदै खरेलले यसबाट पनि पारशलाई बचाउन आफू होइन, दरवार नै लागेको उनको कथन छ । यसैगरी, शाह शोषक प्रवृत्तिको भएको बताउँदै खरेलले प्रहरीमा आइजिपीकोभन्दा उनकै हालिमुहाली चलोस् भन्ने चाहने तर आफूबाट उनको स्वार्थ पुरा नभएपछि यस्तो कुरा लेखेको दावी उनको छ ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?