NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजा ज्ञानेन्द्रको सकृयतामा गति PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 03 November 2010 19:05

काठमाडौं- राजनीतिक दलहरुबीच खिँचातानी लम्बिदै गएका बेला पूर्व राजा ज्ञानेन्द्र भने आफ्नो पक्षमा माहौल बनाउन अरु सकृय हुन थालेका छन् ।

गत हप्ता आफू निकटस्थ राजनीतिक नेताहरुलाई बोलाएर डिनर दिएका उनी कार्तिक अन्तिम साता फेरि भारतको भ्रमणमा जाने भएका छन् । पूर्व राजा भारतबाट फर्केपछि अरु सकृय हुने श्रोतले दावी गरेको छ ।

श्रोतका अनुसार, भारतको जोधपुरमा रहेका आफ्ना नातेदारको विहेको बहानामा उनी कार्तिक २९ गते त्यसतर्फ जाँदैछन् । साथमा उनकी पत्नी कोमल र निजी सचिव सागर तिमिल्सिनापनि रहने बताइएको छ । विहेको अवसर पारेर भारत जान लागेका उनले भारतमा रहँदा त्यहाँका राजनीतिक दलका नेताहरुलाई पनि भेट्ने योजना बनाइएको छ ।

यही कारण उनी भारत जाने मिति तय भएपनि फर्कने मिति चाहिँ तय गरिएको छैन । उनी मुम्बई हुँदै जोधपुर पुग्ने र नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको श्रोतले बतायो । सात राजनीतिक दल र माओवादीबीच नयाँ दिल्लीमा २०६२ मा भएको १२ बुँदे समझदारीमा राजतन्त्र फाल्ने कुरा नभएपनि राजनीतिक दलहरुले राजतन्त्र फालेको भन्दै भारतीय पक्षसँग गुनासो गर्दै आएका छन् ।

पूर्व राजाले यसै हप्ता आफू निकटस्थ राजनीतिक व्यक्तिहरुलाई बोलाएर आफ्नै निर्मल निवासमा डिनर दिएका थिए । कार्तिक ११ गते पूर्व राजा ज्ञानेन्द्रले निर्मल निवासमा पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, डा. तुलसी गिरी, विश्वबन्धु थापा, प्रभाकर शमशेर लगायतसँग डिनरसहितको छलफल गरेका थिए ।

श्रोतका अनुसार, सो डिनरमा अहिलेकै अवस्था लामो समयसम्म रहिरहे सम्बैधानिक राजतन्त्रको मुद्धालाई लैजान सजिलो हुने, यसकालागि कांग्रेस नेता रामचन्द्र पौडेलको उम्मेदवारी कायम राखिराख्नु सबैभन्दा उत्तम हुने छलफलको निष्कर्ष निकालिएको थियो । त्यसलगत्तै भारत भ्रमणको मिति तय गरिएको श्रोतले बतायो ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?