Inside

All Time Top 50 News

पूर्व राजाद्वारा अनाथलाई बेहुली र बंगला PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 15 February 2011 16:16

काठमाडौं- राजा वीरेन्द्रका पालामा असहाय अवस्थामा धनकुटास्थित बालमन्दिरबाट दरवारमा ल्याइएका एक बालकको पूर्व राजा ज्ञानेन्द्रले यसै हप्ता विवाह गराईदिएका छन् । २०४२ सालमा धनकुटाबाट ल्याएका ओखलढुङ्गाका धनबहादुर खत्रीको विवाहकालागि आवस्यक सम्पूर्ण खर्च व्यहोरिदिनुको अलवा पूर्व राजाले नयाँ जोडीकालागि बस्ने भव्य बंगलाको व्यवस्थासमेत गरिदिएका हुन् ।


पन्चायतकालमा क्षेत्रीय भ्रमणको सिलसिलामा राजा बीरेन्द्र र रानी ऐश्वर्य पूर्वान्चल भ्रमणमा गएका बेला धनबहादुर धनकुटास्थित बालमन्दिरमा राखिएका थिए । सानैमा बाबु गुमाएका गरिव परिवारका धनबहादुरले रानी ऐश्वर्य बाल मन्दिरमा आएका बेला आफू असहाय रहेको बताउँदै आफ्नो उद्धारकालागि खुट्टा समातेर अनुरोध गरेका थिए । तर रानीको सुरुक्षामा खटिएका सुरक्षाकर्मीहरुले उनलाई त्यहाँबाट हटाईदिएका थिए ।

Dhanbahadur Khatry. Photo: Sitaram

श्रोतकाअनुसार, रानी ऐश्वर्यकासाथमा बालक उमेरका अधिराजकुमार निराजनपनि थिए । आफ्नै उमेरको एउटा बालकले आफ्नी आमाको खुट्टा समातेर उद्धारको अनुरोध गरेको देखेका निराजनले बेलुकी रानी ऐश्वर्यसँग उसलाई काठमाडौं लैजान जिद्धी गरेका थिए । निराजनको यही अनुरोधका कारण धनबहादुरलाई भोलिपल्ट काठमाडौं ल्याइएको थियो । त्यसपछि उनलाई नारायणहिटीमै राखेर पढ्ने लेख्ने व्यवस्था गरिएको थियो । उनी निराजनका सबैभन्दा निकटस्थ थिए ।

तर दरवार हत्याकाण्डमा बीरेन्द्र ऐश्वर्य र निराजनको मृत्यु भएपछि धनबहादुरपनि अविभावकविहीन बने । यद्यपी, त्यसपछि राजा बनेका ज्ञानेन्द्रले उनको अविभावकत्व ग्रहण गरे । राजतन्त्र रहेका बेलासम्म धनबहादुर नारायणहिटीमै रहेका थिए । राजतन्त्रको अन्त्यसँगै ज्ञानेन्द्रले नारायणहिटी छाडेपछि धनबहादुरलाईपनि निर्मल निवास लगिएको थियो । अघिल्लो मंगलबार विहे हुनुअघिसम्म उनी निर्मल निवासमै रहँदै आएका थिए । तर विहेपछि उनकालागि पूर्व राजाले ललितपुरको हरिसिद्धीमा चौधरी समूहले बनाएको भव्य बंगलामा बस्ने व्यवस्था मिलाइदिएका छन् ।

सो बंगला दरवार हत्याकाण्ड लगत्तै पूर्व राजाले किनेका थिए । सुटुक्क सो बंगला किनिएपछि किन किनियो भन्ने बारेमा दरवार निकटस्थहरुबीच निकै ठूलो कौतुहलता जागेको थियो । तर गत सालदेखि नै धनबहादुरको विहेको तैयारीसँगै उनलाई सो बंगला दिने तैयारी गरिएपछि सो बंगला किन्नुको रहस्य खुलेको थियो । नुवाकोटको त्रिसुलीकी युवतिसँग मंगलबार धनबहादुरको विहे गरिएपछि उनलाई सोही घरमा नै भित्र्याइयो । धनबहादुर नयाँ दुलहीसँगै सो घरमा बस्न गएपछि त्यसैदिन पूर्व युवराज्ञी हिमानी आफ्ना तीन बालबच्चाका साथ धनबहादुर र उनकी श्रीमतिलाई भेट्न त्यहाँ पुगेकी थिइन् ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.