NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजा ज्ञानेन्द्र भारतीय प्रम सिँह र अध्यक्ष गान्धीलाई भेट्न असफल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 08 December 2010 23:28

काठमाडौं- बिबाहको बहानामा भारतीय प्रधानमन्त्री मनमोहन सिँह, सत्तारुढ कांग्रेस (आइ) अध्यक्ष सोनिया गान्धीलगायतलाई भेट्ने र नेपालमा गणतन्त्र ल्याउन भारतले निर्वाह गरेको भूमिका प्रति थप असन्तुष्टि जाहेर गर्न भारत गएका पूर्व राजा ज्ञानेन्द्र प्रम सिँह र अध्यक्ष गान्धीलाई भेट्न असफल भएका छन् ।

नेपालकालागि भारतका राजदूत राकेश सुदले सिँह र गान्धीसँग पूर्व राजाको भेटघाटको समय मिलाएपनि प्रम सिँह र अध्यक्ष गान्धीले पूर्व राजालाई किन भेट दिएनन् भन्ने कुरा चाहिँ अहिलेसम्म खुल्न सकेको छैन ।

कार्तिक अन्तिम साता भारत प्रस्थान गरेका पूर्व राजाको मंसीर पहिलो साता सिँह र गान्धीसँग भेट गर्ने कार्यक्रम तय भएको थियो । त्यसपछि उनी भारतको पर्यटकीय स्थल सिमलालगायतका स्थानमा जाने र मसीर दोश्रो हप्ता काठमार्डौं फर्कने कार्यक्रम बनाइएको थियो । तर मंसीर तेश्रो हप्तासम्म कुर्दापनि उनले भारतीय प्रम सिँह र अध्यक्ष गान्धीलाई भेट्न पाएनन् । पहिलेका भ्रमणमा झैं उनले यस पटक पनि भाजपाका बरिष्ठ नेता लालकृष्ण आडबाणीसँग भने भेट गरेको बताइएको छ । उनी सोमबार नेपाल फर्किसकेका छन् ।

भारत जानुपूर्व नै प्रम सिँह र अध्यक्ष गान्धीसँग भेट हुने कार्यक्रम तय भएपछि पूर्व राजाले यस पटकको भेटको कार्यक्रमलाई सार्वजनिक गर्ने योजना बनाएका थिए । गत साल पनि उनले प्रम सिँह र अध्यक्ष गान्धीलाई भेटेका थिए, तर त्यसलाई भने सार्वजनिक गरिएको थिएन । त्यो बेला उनले नयाँ दिल्लीमा आन्दोलनरत सात राजनीतिक दल र माओवादीबीचको १२ बुँदे सहमतिमा राजतन्त्र फाल्ने कुरा उल्लेख नभएपनि सम्बिधान सभाको पहिलो बैठकबाट राजतन्त्र फालिएको र यसमा नयाँ दिल्लीको सहयोग रहेको भन्दै गुनासो गरेका थिए ।

जानकारी अनुसार उनले कांग्रेस आई का नेता डा. करन सिँह र कांग्रेस आइ कि अन्तर्राष्ट्रिय मामिला बिज्ञ डा. रावनी ठाकुरसँग भेट गरेका थिए । अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेका छोरी ज्वाईँ करण सिँह पूर्व राजाकापनि नातेदार पर्छन् । २०६२-०६३ को आन्दोलन उत्कर्षमा पुगेका बेला भारतीय प्रम सिँहले करन सिँहलाई आफ्नो विशेष दुत बनाएर पठाएका थिए । ज्ञानेन्द्रको २०६३ बैशाख ८ को सम्बोधन करन सिँहकै सल्लाहअनुसार आएको थियो । तर राजनीतिक दलहरुले त्यसलाई अस्वीकार गरेपनि ज्ञानेन्द्र बैशाख ११ गते आत्मसमर्पण गर्न बाध्य भएका थिए ।

सत्तारुढ कांग्रेस (आइ) को अन्तर्राष्ट्रिय मामिला सम्बन्धी नीति तय गर्न थिङ्कट्याङ्क समूहमा रहेकी डा. रावनी ठाकुर चाहिँ पूर्व राजा ज्ञानेन्द्र भारत जानुभन्दा अघि नेपाल आएकी थिइन् । अत्यन्त गोप्य रुपले नेपाल आएकी उनले यहाँका राजनीतिक दलहरुसँग कुराकानी गरी प्रधानमन्त्री सिँह र अध्यक्ष गान्धीलाई नेपालको राजनीतिक अवस्थाबारे एक प्रतिवेदन दिएकी थिइन्, जसमा नेपालमा गणतन्त्र भएकोभन्दा राजतन्त्र रहेकै अवस्थामा भारतीय स्वार्थकालागि अनुकूल हुने उल्लेख भएको श्रोतको दावी छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?