NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजा ज्ञानेन्द्रको भबिश्यवाणी: "सम्बिधान च्यातिने अवस्थापनि नआवस् ।" PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 10 August 2011 16:13

काठमाडौ- नागरिक जीवन बिताइरहेका पूर्व राजा ज्ञानेन्द्र भावी दिनमा आफ्नालागि केही अनुकूल हुनेमा आशावादी रहेको उनको अभिव्यक्तिले देखिएको छ ।



राजधानीमा बुधवार आयोजित एक धार्मिक कार्यक्रमपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले भदौ १४ पछिका दिन संसदवादी-गणतन्त्रवादीहरुकालागि प्रतिकूल हुन सक्ने सम्भावना व्यक्त गरे ।

भदौ खुसार्नी सुकाउने महिना भएको बताउँदै पूर्व राजा ज्ञानेन्द्रले सांकेतिकरुपमा उपरोक्त कुरा बताएका हुन् । 'साउन महिना सकिन लाग्यो, भदौ आउँदैछ' ज्ञानेन्द्रले ललितपुरको इमाडोलमा सप्ताह ज्ञान महायज्ञमा सहभागिता जनाइसकेपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै भने- 'भदौमा खुसार्नी पनि सुकाउने समय हो, हेर्दै जाऊँ, क क-कसलाई खुसार्नीको खारले भेट्टाउने हो !'

'खुसार्नीको खारले भेट्टाउने' भन्नुको मतलव निकै अप्ठेरो स्थितिको सिर्जना हुनु । उनको यो कथनले भदौ १४ पछिका दिन राजतन्त्र हटाउन भूमिका खेल्ने राजनीतिक दलहरुकालागि कठिन हुने उनको विश्वास रहेको देखाएको छ । पछिल्लो समय राजनीतिकाबारे मौन रहेपनि पूर्व राजा ज्ञानेन्द्रले राजावादीहरुसँगको भेटघाटलाई भने निरन्तरता दिइरहेका छन् । यसै क्रममा उनको यस्तो अभिव्यक्ति आएको छ ।

भदौ १४ पछि मुलुकको स्थिति जटिल हुन सक्ने सम्भावना व्यक्त गरेका उनले अव बन्ने सम्बिधान आफूहरुकालागिपनि मान्य हुनुपर्ने बताएका छन् । त्यसो नभए त्यो सम्बिधानपनि च्यातिने उनले बताए । 'अब बन्ने सम्बिधान प्रजातान्त्रिक शान्त र सबैलाई मिल्नसक्ने दस्तावेजका रुपमा आवस्' उनले सम्बिधान आफूहरुकालागि पनि मान्य हुनुपर्ने माग गर्दै भने- 'र, त्यो दस्तावेज सम्बिधान त्यो च्यातिने अवस्थापनि नआवस् ।'

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?