Inside

All Time Top 50 News

जनताले चाहे राज संस्था फर्कन सक्ने पुर्व राजा ज्ञानेन्द्रको दाबी PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Chandrakanta Khanal   
Friday, 06 July 2012 18:17

यस्तो रह्यो पुर्व राजा ज्ञानेन्द्रको रुपन्देही भ्रमण
Special: रुपन्देही- जननिर्वाचित संविधान सभाको २०६५ साल जेठ १५ गते बसेको पहिलो बैठकले मुलुकको अढाइ सय वर्ष पुरानो इतिहास भएको शाहवंशीय राजसंस्था खारेज गरि गणतन्त्र स्थापना गरे लगत्तै हाँसीहाँसी राजगद्धी र राजमुकुट सरकारलाई बुझाएका राजा ज्ञानेन्द्रले पुनः स्थापित हुन परम्परागत धर्म संस्कृतिको आड खोज्न थालेका छन् ।

संविधान सभाले आफ्नो जिम्मेवारी पुरा गर्न चुकेपछि पुर्व राजा ज्ञानेन्द्रको धर्म, राजनीतिक कृयाकलाप तिब्र गतिमा अघि बढेको छ ।

केही महिना अघि पूर्वाञ्चलको यात्रा ससम्मान सम्पन्न गरेका पूर्व राजाले लुम्बिनी अञ्चलको तराईको पाँच दिने भ्रमण सफलतापुर्बक समाप्त गरेकाछन्। पूर्व राजा ज्ञानेन्द्र विहीवार काठमाडौं फर्किएकाछन्।

यसैबिच, रुपन्देहीको ४ दिने जिल्ला भ्रमणपछि पुर्ब राजा ज्ञानेन्द्रले भैरहबामा पत्रकार सम्मेलनको आयोजना गरी पुर्ब राजा ज्ञानेन्द्रले जनताले चाहे राज संस्था फर्कन सक्ने बताएका छन् । उनले बर्तमान अबस्थामा राजनिति दलहरु प्रति एकित गर्दै नयाँ शक्तिकोरुपमा राजतन्त्र आउने बताउदै बर्तमान अबस्थामा जातियताकोको कुरा बेठीक भएको बताए । अहिले आफु राजनितिमा नर्फकने बताउदै राजतन्त्रको कुरा जनताले गर्ने बताए । बर्तमान अबस्था अत्यन्तै जटिल भएको बताउदै आफुले जनताले चाहे जस्तोसुकै भुमिका निबाह गर्न सक्ने बताए ।

Former king of Nepal, Gyanendra Bir Bikram Shah. Photo courtesy: Royal source

रुपन्देही भ्रमणमा पुर्ब राजा ज्ञानेन्द्रप्रति जनतामा घृणा र आक्रोश देखिएन । उनको स्वागत कार्यक्रममा पूर्व पन्च र राजावादीको साथै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका मध्यमस्तरका स्थानीय नेता, कार्यकर्ताहरु एवं सामाजिक व्यक्ति र सर्वसाधारणको उल्लेख्य सहभागीता रह्यो। समर्थकहरुले 'राजा आउ देश बचाउ' को नारा लगाएपनि ज्ञानेन्द्रले प्रतिकि्रया दिएनन् । जिल्लास्थित प्रजिअ, प्रहरी प्रमुखलगायत सरकारी कर्मचारी एवं राजनीतिक दलका प्रमुखहरुको सहभागीता भने रहेन।

प्रजिअ हरिकृष्ण पौडेलले पूर्व राजा ज्ञानेन्द्रको हैसीयत सामान्य नागरीक सरह भएकाले आफु सहभागी नभएको र सुरक्षा व्यवस्था सरकारी नियमअनुसार शसस्त्र प्रहरीले नेतृत्व गरेको बताए । आफ्नो नीजि सवारी साधनमा हिँडेका पुर्व राजाले भैरहवाको तारे होटल निर्वाणामा मुकाम बनाएका थिए।

पूर्व राजा ज्ञानेन्द्रको भ्रमण अघि संविधान सभाको स्वविघटन भएको तेस्रो दिन जेठ १६ गते बुटबलमा राष्ट्रिय शिव सेना पार्टीको ब्यानरमा एक समुहले राजासहितको गोलमेच सम्मेलन र २०४७ सालको संविधान व्युँताउन माग गरि जुलुश प्रदर्शन गरेको थियो । पूर्व राजाको सुरक्षामा एक हजार शिव सेना खटाएको आयोजक उपसंयोजक गुणनीधि पंथीले बताए ।

आइतवार रुपन्देहीको भैरहवामा बुद्ध एयरवाट ओर्लेका उनी सोमवार कपिलवस्तुको तौलिहवास्थित प्राचीन शिवालय तौलेश्वरनाथमा र कृष्णनगरको राधाकृष्ण मन्दिरमा पूजा गर्नुको साथै सम्मान ग्रहण गरेका थिए । मंगलवार बुटबल नगरपालिका १ प्राचीन बटौली बजारस्थित सत्रौँ शताब्दिमा बनेको तिन सय बर्ष पुरानो जलविनायक गणेश मन्दिरमा पुजा गर्नुकोसाथै नागरीक अभिनन्दन पत्र ग्रहण गरेका थिए। सो पत्रमा बुटवलमा भ्रमण आयोजक समितिका ६ सय ८१ जनाको नामावलीसहित 'राष्ट्रिय एकता र सद्भाव खलबलीएको विद्यमान संकटको समाधान गर्ने अवसर र चुनौती श्री ५ को काँधमा आएको छ' भनी लेखिएको छ ।

त्यसैगरि, ज्ञानेन्द्रलाई राजाकोरुपमा युग पुरुषको भूमिका खेल्न आग्रहसमेत गरिएको छ । संयोजक रामलाल श्रेष्ठले राजसंस्था हटे नहटेको टुङ्गो नलागेको बताए । त्यस्तै उपसंयोजक पन्थीले आफूहरुले राजालाई परम्परागत शक्तिकोरुपमा मानेको र राजाले परम्परागत अदृश्य शक्तिसँग शक्ति मागेको भन्दै हिन्दु अधिराज्य कायम राख्नु आफूहरुको स्वार्थ भएको बताए । उनले यो भ्रमणको खर्च नेपाल सरकारले बेहोरेको दावीसमेत गरेका छन् । उनीहरुले यो भ्रमणलाई देवदर्शन, देशदर्शन र नरनारायण मिलन कार्यक्रम भनेका छन् । बुधवार रुपन्देहीको मर्चवारको प्राचीन मर्चवारी माई मन्दिर र नवलपरासीको पाल्ही भगवती मन्दिर एवं भैरहवाको दुर्गा मन्दिरमा पूजा र सम्मान ग्रहण गरेका थिए ।

यसअघि आफ्नो प्रत्यक्ष शासनकालमा २०६२ असोज २० गते उनी बुटबल आएका थिए । यस लगत्तै राज संस्था विरोधी आन्दोलनले तिव्र गति लिएको थियो । २०६३ बैशाख ११ गते जनताको नासो प्रजातन्त्र जनतालाई नै फर्काएको घोषणा गिर दलहरुलाई सत्ता हस्तान्तरण गरेका थिए ।

२०६३ पुस २६ गते बुटबलमा भएको पत्रकार सम्मेलनमा कांग्रेस नेता एवं तत्कालीन भौतिक योजना मन्त्री गोपालमान श्रेष्ठले माओवादीसहित आठ राजनीतिक दलको राजासँग सेरेमोनियल किङसहितको प्रजातान्त्रिक प्रणाली अपनाउने गोप्य सम्झौता भएपछि राजाले सत्ता हस्तान्तरण गरेको बताएका थिए ।

-Chandrakanta Khanal in Butwal

Read related news:
'सासू ससुरा नभएको मौका छोपेर हिमानीले यसपटकको होली बडो रमाइलोसँग मनाउनुभयो ।'

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.