NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बिहेको निम्तो मान्न पूर्व राजा ज्ञानेन्द्र भारतमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 16 November 2010 21:57

काठमाडौँ- विवाहको कार्यक्रममा भाग लिन भारतको मुम्बईतर्फ लागेका पूर्व राजा ज्ञानेन्द्र मुम्बईबाट बुधबारमात्र जोधपुरतर्फ लाग्ने भएका छन् ।

राजस्थानको जोधपुरका महाराजा गज सिँहकी छोरीको विहेमा भाग लिन उनी त्यसतर्फ लागेपनि साथमा रहेकी पूर्व रानी कोमल भने त्यस दिन मुम्बइमा नै रहने भएकी छन् ।

श्रोतका अनुसार पूर्व राजा केटी पक्षको तर्फबाट विवाहमा सामेल हुने छन् भने पूर्व रानी कोमल चाहिँ केटापक्षको तर्फबाट जन्तीमा सामेल भई जोधपुर जानेछिन् । विवाह हुन लागेकी केटीका बुवा गज सिँह नाताले पूर्व राजा ज्ञानेन्द्रका फुपाजु हुन् । गज सिँहले स्व. त्रिभुवनका छोरी नलिनी बिहे गरेका थिए ।

केटा पक्षको भने नेपालको राणा परिवारसँग नाता भएको बताइएको छ । पूर्व रानी कोमलको माइति खलका राणा परिवार भएकाले उनी केटा पक्षबाट जन्तीका साथमा जोधपुर जान लागेकी हुन् । नेपालको पूर्व राज परिवार र राणा परिवारसँग भारतका राजा रजौटाहरुको बैबाहिक सम्बन्ध छ । गणतन्त्रको स्थापनापछि यस्तै बैवाहिक कार्यक्रममा पूर्व राजा दुई पटक भारत गई सकेका छन् ।

पूर्व राजा मुम्बईबाट जहाजमा जयपुर हुँदै जोधपुर जानेछन् । लागेपनि उनका साथमा रहने अन्य सहयोगीहरुलाई रेलबाट जोधपुर पठाइएको छ । उनका साथमा निजी सचिव सागर तिमिल्सिना र एक जना अंगरक्षक रहने छन् । जयपुरबाट भने उनी गाडीमा जोधपुर पुग्नेछन् । जन्तीका साथमा जोधपुर जाने पूर्व रानी कोमललाई साथमा लिएर उनी शुक्रबार नयाँदिल्ली आइपुग्ने कार्यक्रम छ ।

श्रोतकाअनुसार, उनको नयाँदिल्लीमा दुई दिनको कार्यक्रम छ । त्यसैक्रममा उनले भारतीय प्रधानमन्त्री मनमोहन सिँह र कांग्रेस (आई) अध्यक्ष सोनिया गान्धी लगायत अन्य भारतीय नेताहरुसँग भेटघाट गर्नेछन् । उनकालागि नेपालकालागि भारतीय राजदूत राकेश सुदले गत हप्ता नै कार्यक्रम मिलाइसकेका छन् । त्यसपछि उनी उत्तरान्चलको सिमला भ्रमणमा जानेछन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?