NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजाका श्रीपेच र कर्मचारी अलपत्र PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 20 October 2010 04:10

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र र राजपरिवारका अन्य सदस्यले पहाडी क्षेत्रदेखि मधेससम्मको भ्रमणमा तीव्रता दिएका बेला राजतन्त्रको प्रतिक मानिएको तथा पूर्व राजाहरुले लगाउने-प्रयोग गर्ने श्रीपेच र राजदण्ड सर्वसाधारणले हेर्न पाउने गरी सार्वजनिक गर्ने योजना अलपत्र बनेको छ ।

पछि राजतन्त्र फर्कन सक्ने आशाले हुनसक्छ पूर्वराजा ज्ञानेन्द्रले गद्दी र नारायणहिटी छाडे पनि श्रीपेच र राजदण्डचाहिँ छाड्न गाह्रो मानेका थिए ।

स्रोतकाअनुसार, नारायणहिटी दरबार संग्रहालयले श्रीपेच र राजदण्ड सार्वजनिक गर्दा तिनको सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्ने भएकाले सुरक्षा प्रबन्धकालागि करिब दुई करोड रुपैयाँ प्रबन्ध गरिदिन आठ महिनाअघि नेपाल सरकारसमक्ष माग गरेको थियो ।

त्यसबेला सरकारले आर्थिक वर्ष २०६७-०६८ को बजेटमार्फत् दुई करोड छुट्याउने जवाफ दियो । श्रीपेच र राजदण्ड सजिलोसँग हेर्न सकिने गरी राख्न सकिने घुम्ने तथा बुलेट प्रुफ सिसासहितको ढोका खोल्नासाथ कराउने सोकेस आदिकालागि त्यति रकम मागिएको हो । उता नारायणहिटी संग्रहालयमा रहेका करिब तीन सय कर्मचारीमध्ये अधिकांश आफ्नालागि बस्ने कुर्सी तथा कोठा नहुँदा दैनिक हाजिर गरेर घर फर्कन बाध्य छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?