NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजाका छोरी-ज्वाइँको क्यासिनो घाटामा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 01 October 2010 17:22

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्रका एक मात्र छोरी-ज्वाइँ राजबहादुर सिँहले जुवा हारेर सापटी माग्दा एक लाख रुपैयाँ नदिइएपछि सनकै सनकका भरमा किनेको होटल याक एन्ड यतिस्थित रोयल क्यासिनो लगातार घाटामा जान थालेको छ ।

गत साल सो क्यासिनोमा जुवा खेल्न जाँदा सापटी मागेकामा आफूलाई सापटी नदिएको झोंकै झोंकमा उनले उधारो बैनामा राधेश्याम सर्राफसँग सो क्यासिनो १० करोडमा किनेका थिए । कर्मचारीहरुलाईमात्र तलबबापत करोडौं तिर्नुपर्ने भएपछि उनी दुई महिनादेखि क्यासिनो जानै छाडेका छन् ।

सनककै भरमा क्यासिनो त उनले किने । तर आम्दानीभन्दा धेरै आर्थिक दायित्व बोक्नुपर्ने भयो । मासिक एक हजार कर्मचारीकालागि क्यासिनोले एक करोड ३७ लाख तलब दिनुपर्ने स्थिति छ । यसैगरी, इन्सेन्टिभबापत ३० लाख खर्च हुन्छ भने अन्डर टेबल खर्च पनि थुप्रै हुन्छ । जुवा खेल्न आउनेहरुलाई उनीहरुले चाहेबमोजिम छेलोखेलो हुनेगरी रक्सी र खाना खुवाउनुपर्ने स्थिति छ । यसकालागि दैनिक साढे चार लाखसम्मको सामान क्यासिनोले किन्नुपर्छ । बाद्वाको पालादेखि मासिक दुई लाख पत्रकारलाई दिने गरिएको स्रोतको कथन छ ।

यस हिसाबले सो क्यासिनोलाई सहज रुपले चलाउन राजबहादुरले दैनिक १६ लाख रुपैयाँ त्यहाँबाट आम्दानी गर्न सक्नुपर्छ । तर हालको आम्दानी ७ लाखभन्दा बढि नभएको श्रोतले बतायो । नेपालीकालागि क्यासिनो छिर्न बन्देज भए पनि नेपालीहरुले प्रवेश नपाईकन क्यासिनो राम्रोसँग चल्न सक्दैन । तर एकातिर काठमाडौं प्रहरी प्रमुख रमेश खरेलले नेपालीहरुको प्रवेशमा साँच्चिकै कडाइ गरिदिएका छन् भने अर्कातिर लुकिछिपी जान सक्नेहरुबाट पनि ठूलो परिमाणमा जुवाकालागि खर्च गर्नसक्ने स्थिति अहिले छैन ।

क्यासिनोमा गई ठूलो रकम जुवामा हाल्नसक्ने नेपाली वर्ग भनेको घर-जग्गा व्यापारका दलाल हुन् । तर राष्ट्र बैंकको कडाइका कारण घर-जग्गाको व्यापारमा मन्दी आएको मात्र छैन व्यापार गर्नेहरुले नाफा पनि कम पाउन थालेका छन् । यसको मारमा राजबहादुरको क्यासिनो पनि परेको छ । अर्कोतिर, आफ्नो संस्थामा दत्तचित्त भएर लाग्नुभन्दा राजनीतिदेखि अनेक जाल र फट्याइँतिर पनि उनले ध्यान दिएकाले क्यासिनो व्यवसायबाट आम्दानी हुनेगरी उनले आफूलाई व्यस्त राख्न सकेका छैनन् । क्यासिनो चलाउन सक्नेगरी आम्दानी नहुँदा कर्मचारीहरु विगत दुई महिनादेखि विना तलव काम गरिरहेका छन् भने सिँह चाहिँ बेपत्ता छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?