NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजकुमारीले किन गरिन् आत्महत्याको प्रयास ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 08 November 2010 00:37

काठमाडौँ- पूर्व राज परिवारकी एक सदस्यले केही हप्ता अघि आत्महत्याको प्रयास गरेकी छन् । राजतन्त्रको अन्त्य अघि शाहज्यादी रहेकी शीताष्मा शाहले आत्महत्याको प्रयास गरेकी हुन् । उनी पूर्व अधिराजकुमार स्व. धीरेन्द्र शाहकी माइली छोरी हुन् ।


मुटु रोगकाकारण उनले दुई बर्षअघि आफ्ना ३२ बर्षीय पति अविनेष शाहलाई गुमाएकी थिइन् । अविनेश पूर्व राजपरिवारका ज्वाइँहरुमध्ये सबैभन्दा उदार प्रकृतिका मानिन्थे । तिहारकै भाईटीकाको दिन अविनेशको निधन भएको थियो । अविनेश-शीताष्माका एक छोरा छन् ।


Former princess Shitashma Shah. Photo archive: Sitaram

एक्लो जीवन बिताउँदै आएकी शीताष्माले यसै साल राजधानीको दरवारमार्गमा बुटिक खोलेकी थिइन् । राजतन्त्रको अन्त्यपछि यसरी सार्वजनिक जीवनमा पेशा व्यवसाय गरेर सार्वजनिक भएकी शीताष्मा पूर्व राजपरिवारकी पहिलो सदस्य हुन् ।

जानकारीअनुसार, एक महिना अघि उनले आफू बस्दै आएको जीवनकुन्जमा पासो लगाएर आत्म हत्याको प्रयास गरेकी थिइन् । तर उनको प्रयास सफल हुन सकेन । उनको मृत्यु नहुँदै उनले आत्म हत्याको प्रयास गरेको थाहा पाएपछि उनले आत्म हत्याकालागि प्रयोग गरेको डोरी काटिएको थियो ।

श्रोतका अनुसार, डोरी काटिँदा उनको शरीर भुइँमा खसेको थियो जसकाकारण टाउकोमा गम्भीर चोट लाग्यो । 'त्यसैले सिटीस्क्यानकालागि उनलाई बीरेन्द्र सैनिक अस्पताल लगिएको थियो, तर त्यहाँ सिटीस्क्यान नभएकाले अन्यत्रै लैजानुपर्यो' श्रोतले भन्यो- 'अहिले उनी खतरामुक्त छिन् ।'

उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन, यद्यपी पारिवारिक तनावका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने अनुमान गरिएको छ । श्रीमानको मृत्युपछि उनकी सासु ससुरासँग त्यति राम्रो सम्बन्ध थिएन । त्यसैले उनी घर छाडेर निर्मल निवाससँगैको जीवनकुन्जमा बस्दै आएकी थिइन् ।

पहिल्यैदेखि पूर्व अधिराज धीरेन्द्रको परिवारमा यस्ता दुखद घटना घट्दै आएका छन् । पत्नी प्रेक्षासँगको पारिवारिक खटपटका कारण धीरेन्द्रले अधिराजकुमार पदबाटै राजिनामा दिएका थिए । दरवार हत्याकाण्डमा दाजु बीरेन्द्रमाथि दीपेन्द्रले चलाउन लागेको गोली छेक्न जाँदा उनको मृत्यु हुन पुग्यो ।

दरवार हत्याकाण्ड भएकै साल शीताष्माकी आमा प्रेक्षाको रारा तालमा भएको हेलिकोप्टर दुर्घटनामा निधन हुन पुगेको थियो । त्यसलगत्तै अघिल्लो बर्ष उनले आफ्ना पति गुमाइन् । यसरी एकपछि अर्को गर्दै परेको बज्रपातबाट आहत पूर्व राजकुमारी शीताष्मालाई आफ्नै परिवारलेपनि राम्रो व्यवहार नगरेपछि आत्महत्या गरेको हुनसक्ने श्रोतको दावी छ ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?