NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजा बाराबाट अब बीरगन्जमा पूजा गर्न जाने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 16 June 2010 17:22

काठमाडौं- पूजाआजाको नाममा धार्मिक कार्यहरुमार्फत आफ्नो गतिविधि बढाउँदै लगेका पूर्व राजा ज्ञानेन्द्र बिहीबार धार्मिक हिसावले अत्यन्त सम्बेदनशील मानिने बीरगन्ज जाने भएका छन् ।

माता बैण्णो मन्दिरमा पूजाकालागि भन्दै बुधबार बाराको परवानीपुर पुगेका पूर्व राजा आफ्ना समर्थकहरुसँग कुराकानीकालागि बीरगन्ज जाने कार्यक्रम बनाएका हुन् ।

दुई हप्ता अघि नै तय भएको कार्यक्रमअनुसार उनी बुधबार बुद्ध एयरको उडानबाट सिमरा बिमानस्थल पुगेका थिए । त्यसपछि परवानीपुरमा रहेको सोही मन्दिरमा उनी गएका थिए । उनले त्यहाँ करिव आधा घण्टा पुजाआजा गरेको र त्यसपछि स्थानीय स्कूलमा आयोजित संक्षिप्त कार्यक्रममा स्थानीयबासीसँग कुराकानी गरेका थिए ।

बुधबार बेलुकी उनी सिमरास्थित आफ्ना बाल्यसखा तथा राजनीतिक सल्लाहकार प्रभु शमशेरको निवासमा बसेका छन् । निसन्तान भएकाले आफ्नो सबै सम्पत्ति पूर्व युवराज पारशलाई दिएका प्रभु शमशेर अघिल्लो दिन नै सिमरा पुगेका थिए । पूर्व राजा गत साल नै सिमरा जाने कार्यक्रम भएपनि त्यसलाई रोकी शिवपुरीतर्फ लागेका थिए ।

पछि फेरि राजतन्त्र पुनर्स्थापित हुनसक्ने अनुमानकासाथ सहजै गद्धी छाडेका पूर्व राजा पछिल्लो समय धार्मिक कार्यक्रमहरुको बहानामा जनताको बीचमा जान थालेका छन् । राजालाई भगवान बिष्णुको अवतारको रुपमा ब्याख्या गरी राजतन्त्रलाई स्थापित गरिँदै आएको थियो । शाही शासनकालमा त राजालाई विश्व हिन्दू सम्राट नै घोषणा गरिएका थियो ।

८० प्रतिसत जनता हिन्दू भएको नेपालमा हिन्दू धर्मको आडमा फेरि राजतन्त्र पुनर्वहाली गर्ने योजना राजावादीहरुको छ । पूर्व राजापनि धार्मिक हिसावले सम्बेदनशील स्थानहरुमा गएर मन जित्ने कोशिष गरिरहेका छन् । यसअघि उनी काभ्रेको पनौतिमा लाग्ने १२ बर्षे कुम्भ मेला, जनकपुरमा राम जानकी उत्सब, नेपालगन्ज्मा बागेश्वरी मन्दिरमा पूजाकालागि गैसकेका छन् ।

यी मध्ये नेपालगन्ज र बीरगन्ज धार्मिक हिसावले निकै सम्बेदनशील मानिन्छन् । मुस्लिमहरुको उल्लेख्य जनसंख्या रहेका यी दुवै शहरमा अतिवादी हिन्दू संगठनहरु निकै सकृय छन् । र, उनीहरुले बेला बेला "राजा आऊ देश बचाऊ" भन्ने नारासहितको जुलुश निकाल्ने गरेका छन् । पूर्व राजाको धार्मिक भ्रमणपनि यस्तै स्थानमा हुने गरेको छ । यसअघि पूर्व युवराज पारशपनि बीरगन्ज पुगेका थिए ।

पूर्व राजाले यसपटक भने सन्चारमाध्यमहरुलाई कुनै अभिव्यक्ति दिएका छैनन् । यसअघि जनकपुर भ्रमणका क्रममा उनले दिएका अभिव्यक्ति विवादास्पद बनेकाले उनी स्थानीय सन्चारमाध्यमहरुसँग कुराकानी गर्न सतर्क बनेका हुन् । जनकपुर यात्राको क्रममा उनले एक टेलिभिजन च्यानलसँग कुराकानी गर्दै राजतन्त्रको अन्त्य सँधैकालागि नभएको दावी गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?