NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व युवराज्ञी हिमानी आगो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 03 December 2010 21:56

काठमाडौं- पूर्व युवराज पारसले गरेको एउटा गल्ती गत हप्ताभरि निर्मल निवासकालागि टाउको दुखाइको विषय बनेको छ ।



आफूलाई स्वर्गीय राजा बीरेन्द्रको निकट बताउने सिँगापुरे महिला एन्जिला चेङले वीरेन्द्रका नाममा ट्रस्ट बनाउने इच्छा व्यक्त गरेपछि आफ्ना एकमात्र छोरा हृदयेन्द्रलाई संरक्षक राख्ने कुरामा मौखिक सहमति दिएका पारसको त्यही सहमति निर्मल निवासकालागि टाउको दुखाईको बिषय बनेको हो ।

सिँगापुर आउँदा-जाँदा पारिवारिक हितैषी पनि भएका कारण चेङसँग पारसको भेट हुने क्रममा पारशले चाङलाई सो ट्रष्टको संरक्षक राख्ने कुरामा सहमति दिएका थिए । त्यसपछि गत साता काठमाडौँ आएर चेङले पत्रकार सम्मेलनमार्फत हृदयेन्द्रलाई संरक्षक राख्ने कुरा सार्वजनिक गरेकी थिइन् । त्यसप्रति पारश पत्नी तथा पूर्व युवराज्ञी हिमानीले आपत्ति जनाएको श्रोतले बताएको छ।

श्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानीले ललितपुरको झम्सिखेलस्थित आफ्नो कार्यालयमा चेङको घोषणाको विषयलाई लिएर साताभरि परामर्श गरेकी थिइन् । उनले राप्रपा नेपालका केन्द्रीय सदस्य तथा अधिवक्ता विष्णु भट्टराई र कांग्रेसनिकट अधिवक्ता गणेश केसीसहित केही वकिलसँग चेङको घोषणाविरुद्ध कानुनी उपचार खोज्न आग्रह गरेकी थिइन् । उपरोक्त कानून व्यवसायीहरुले चाहिँ घोषणालाई नै आधार बनाएर मुद्धा हाल्न नमिल्ने सुझाव हिमानीलाई दिएका थिए ।

बताइए अनुसार आफूसँग सल्लाह नै नगरी आफ्नो छोरालाई संरक्षक राखिएकोमा आपत्ति जनाएकी हिमानीलाई यस विषयमा कोही कानुन व्यवसायीले मानहानीको मुद्दा लाग्ने सुझाब दिएका थिए, केहीले प्रेस विज्ञप्ति निकालेर खण्डन गर्न सुझाब दिएका थिए । तर विज्ञप्ति निकाल्दा वा कानुनी प्रकि्रयामा जाँदा चेङसँगको सम्बन्धमा झन् चिसोपना आउने भन्दै निर्मलनिवासमा छलफल भएको थियो ।

'हामी आफ्नै ट्रस्ट बनाएर काम गर्दै छौं, अरु कसैले त्यस्तो ट्रस्ट बनाएर हाम्रो छोरालाई संरक्षक राख्ने भन्नु हामीलाई ओझेलमा पार्न खोज्नु हो' हिमानीको भनाई थियो- 'त्यसैले त्यस्तो काम हुन दिनुहुँदैन ।' उनले नाबालक छोरालाई अगाडि सारेर अनावश्यक राजनीतिक विवाद खडा गर्ने नियत पनि लुकेको हुनसक्ने भन्दै फेरि चेङ वा कसैले आफ्नो परिवारका नाममा यस्तो गतिविधि नगरुन् भन्नका लागि पनि उपयुक्त समाधान खोज्नु आवश्यक भएको बताएकी थिइन्।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?