NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'राज संस्था र हिन्दु धर्मको विषयमा पुनरावलोकन गर्नु पर्छ'- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्ष कमल थापा PDF Print E-mail
Share
User Rating: / 8
PoorBest 
Written by Sitaram Baral   
Saturday, 21 May 2011 10:20

'कांग्रेसको माग पुरा हुँदैन, मधेसवादी पनि म्याद नथप्ने पक्षमा छन्, त्यसैले संविधान सभाको म्याद थपिदैन'
काठमाडौँ- राजतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगत पाँच वर्षको अनुभवले हठातमा राज संस्था र हिन्दु धर्मलाई हटाउने काम भएको पुष्टि भएको दावी गरेकाछन् ।



राजतन्त्रको पक्षमा बातावरण बनेको दावी गर्दै उनले यस विषयलाई पुनरावलोकन गरेर छलफल गर्नु पर्ने आवश्यकता सबैले महसुस गर्न थालेको बताए । 'राज संस्था र हिन्दु धर्मको विषयमा पुनरावलोकन गर्नु पर्छ'  उनले भने- 'त्यसो नगर्ने हो भने जनमत संग्रह मार्फत जनतालाई निर्णय गर्ने अधिकार दिइनुपर्छ ।'

त्यसैगरी, प्रधानमन्त्री चयनकालागि एमाले र माओवादी विच भएको सात बुँदे सम्झौता दिल्लीमा भएको १२ बुँदे सम्झौताको नयाँ अवतार भएको दावी अध्यक्ष थापाले गरेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा भएको १२ बुँदे र सरकार निर्माणको सन्दर्भमा भएको सात बुँदे सम्झौताको मुख्य उदेश्य सर्वसत्ताबाद स्थापना गर्न भएको आरोपपनि उनले लगाएका छन् ।

संविधान सभाको म्याद थपको प्रस्ताव मुलुककालागि दुर्भाग्य भएको बताउँदै थापाले म्याद थप गर्ने प्रयासलाई प्रजातन्त्रमाथिको प्रहार भएको दावी गरे । उनले आफ्नो पार्टीले सम्बिधान सभामा सरकारले प्रस्तुत गरेको म्याद थपको प्रस्ताव विरुद्ध मतदान गर्ने जानकारी दिए । म्याद थपकालागि नेपाली कांग्रेसले प्रस्तुत गरेको दश बुँदे प्रस्ताव बाँकी सात दिनमा पुरा हुन नसक्ने उनको कथन थियो ।

'कांग्रेसको माग पुरा हुँदैन, मधेसवादी पनि म्याद नथप्ने पक्षमा छन्, त्यसैले संविधान सभाको म्याद थपिदैन' थापाले राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा भने- 'आफूले भनेका कुरामा कांग्रेस र मधेसवादी अडिन सक्छन् कि सक्दैनन् भन्ने अग्नि परीक्षा सुरु भएको छ ।' अहिलेको संविधान सभालाई डेट एक्सपायर औषधीको संज्ञा दिदै थापाले यसले संविधान बनाउँनै नसक्ने ठोकुवापनि गरे ।

ताजा जनादेश लिएर संविधानको निर्माण गर्नुपर्ने बताउँदै थापाले आफूपनि संविधान सभाबाटै संविधान जारी हुनु पर्छ भन्ने पक्षमा रहेको दावी गरे । 'संविधान सभाकैलागि ताजा जनादेशको माग हामीले गरेका हौं' उनले भने- 'हाम्रो पार्टी संविधान सभाबाट राजिनामा दिन पोहोरदेखि नै तयार रहेको भए पनि सम्बिधान सभा भित्र र बाहिर दुवैतिरबाट विरोध दर्ज गराउनकालागि मात्रै आफूहरु संविधान सभामा रहेका हौं ।'

सेना समायोजनकालागि नेपाली सेनाले अघि सारेको प्रस्ताव सकारात्मक रहेको थापाले बताए । त्यसको अक्षरंस पालना भए समायोजनका प्रकृया सहजै टुङ्गिनेछ' थापाले भने- 'तर माओवादी र कांग्रेसले त्यसको आवरणलाई मात्रै स्वीकारेको देखिन्छ, त्यसैले समायोजनमा समस्या आउन सक्छ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?