NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

स्व. राजा वीरेन्द्रको नाममा ५० लाख अमेरिकी डलरको फाउन्डेसन स्थापना हुने PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Wednesday, 24 November 2010 17:44

काठमाडौं- स्व. राजा वीरेन्द्र शाहको नाममा फाउन्डेसन स्थापना हुने भएको छ ।

सिङ्गापुरका समाजसेवी एन्जेला चेङ्जले किङ वीरेन्द्र फाउन्डेसन स्थापना गर्ने भएका हुन् । उनले स्वास्थ्य, शिक्षा र सामुदायिक सेवाकालागि गरीब जनतालाई लक्षित गरी आगामी २०११ जुन १ देखि औपचारिकरुपमा सो संस्था साचालन गरिने  मंसिर ८ गते राजधानीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् ।

चेङ्जले सो संस्थाको अध्यक्ष पूर्व युवराज पारस शाहका पुत्र ह्दयेन्द्र शाहलाई बनाइने र सो संस्थामा रहन आफूले डा. आरजु देउवा, विद्या भण्डारी, डा. बाबुराम भट्टराई, कमल थापालगायतका नेता तथा समाजसेवीलाई आग्रह गर्ने पनि जानकारी दिए । पूर्वराजा वीरेन्द्र आफ्नो पहिलो नेपाली मित्र भएको र ३० वर्षअघि उनलाई एउटा समाजसेवी व्यक्तिको रुपमा पाएकाले नै वीरेन्द्र फाउण्डेसन खोल्न लागेको उनको भनाई छ ।

एन्जेलाले संस्थामा पहिलो चरणमा पचास लाख अमेरिकी डलर छुट्टुइएको उल्लेख गरे । पूर्व युवराज्ञी हिमानी शाहले समाजसेवामा हात हाले लगत्तै सिँगापुरे नागरिकले फाउन्डेसन चलाउने घोषणा गरेका छन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?