NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व युवराज पारश र बहिनी ज्वाइँ राजबहादुर सिँहबीच रोचक दोहोरी PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 15 June 2011 06:37

'कर्मचारीलाई तलव दिने रकमचाहिँ नपुग्ने, ठिटीहरुसँग रमाइलो गर्नचाहिँ जत्तिपनि पैसा पुग्ने ?'
काठमाडौं- ज्वाईं गतिलो नपर्दा पूर्व राज परिवारले पाउनुसम्मको सास्ती ब्यहोर्नु परेको छ ।

 



यसै क्रममा पूर्व युवराज पारश र उनका बहिनी ज्वाइँ राजबहादुर सिँहबीच काठमाडौंदेखि सिँगापुरसम्म रोचक दोहोरीसमेत चलेको छ ।

घटना अघिल्लो महिनाको हो । दरवारमार्गको प्रहरी कार्यालयको पछिल्तिर रहेको सिमोल क्याफेमा ज्वाइँ राजबहादुर सिँह थुप्रै युवतिकासाथ रमाइलो गरी बसेको खवर निर्मल निवासमा रहेका पारशसम्म पुग्यो । यो खवर सुनेपछि पारश साढे नौ बजेतिर ८-१० जना केटाहरुकोसाथमा राजबहादुर सिँहलाई घेर्न पुगेका थिए ।

पारशको टोली राजबहादुरलाई ती युवतिकोसाथबाट छुटाउन त्यहाँ पुगेका थिए । पारश आउँदै गरेको थाहा पाएपछि राजबहादुर त्यहाँबाट भागेका थिए । तर पारश टोलीको आक्रमणको शिकार भने रोयल क्यासिनोका अर्का म्यानेजिङ्ग डाइरेक्टर शैलेन्द्र शमशेर राणा बने ।

उता राजबहादुरको स्वामित्वमा रहेको रोयल क्यासिनोका कर्मचारीहरुको हितकालागि खोलिएको प्रोमिडेन्ट (कल्याण कोष) को रकमसमेत राजबहादुरले समाप्त पारेका छन् भने कर्मचारीहरुले दुई महिनादेखि तलव पाउन सकेका छैनन् । बेइज्जतिको डरले कहिलेकाहीँ कर्मचारीलाई दिनुपर्ने तलव-रकम निर्मल निवासले आफ्नो कोषबाट दिने गरेको छ ।

'कर्मचारीलाई तलव दिने रकमचाहिँ नपुग्ने, ठिटीहरुसँग रमाइलो गर्नचाहिँ जत्तिपनि पैसा पुग्ने ?' भन्दै पारश सिमोल पुगेका थिए । तर पारस आउने सुइँको पाएर राजबहादुर पछाडिको ढोकाबाट सुइँकुच्चा ठोकेकाले उनी बच्न सके । त्यसपछि उनी भोलिपल्टै सिँगापुरतर्फ लागेका थिए ।

राजबहादुर सिँगापुर गएको थाहा पाएपछि पारशपनि उनलाई पछ्याउँदै सिँगापुर पुगे । तर पारश सिँगापुर जाँदा राजबहादुर नेपाल आइदिएकाले यी दुईको भेट त्यहाँ हुन सकेन । श्रोतकाअनुसार, त्यस घटनापछि अहिलेसम्म पारश र राजबहादुर सिँहको भेट हुन सकेको छैन । राजबहादुर पारशकी एकमात्र बहिनी प्रेरणाका पति हुन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?