NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पारस सिंगापुरतिर, पूर्व राजा रिसोर्टतिर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 30 December 2010 09:36

काठमाडौं- उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीमाथि पेस्तोल ताकेर विवादमा आएका पूर्व युवराज पारशसहित राजपरिवारका सबै सदस्यहरुले केही दिनकालागि निर्मल निवास छाडेका छन् ।



पूर्व राजाको महाराजगन्जस्थित निवासमा यतिबेला पूर्व राजासहित पूर्व युवराज पारश र उनकी श्रीमति एबं छोराछोरीहरु कोहीपनि छैनन् ।

निर्मल निवास श्रोतकाअनुसार रुवेल चौधरीसँगको विवादकाकारण विवाद र चर्चामा तानिएका पूर्व युवराज पारश सिँगापुरतर्फ लागिसकेका छन् । उनी अब लामो समय उतै बस्ने जानकारी निर्मल निवास श्रोतले दिएको छ । विवादास्पद छविका पारश यहाँ रहँदा उनका कृयाकलापका कारण समस्या पर्ने भन्दै योजनाबद्ध रुपले सिँगापुरमा बसोबासकालागि पठाइएको थियो ।

पारश सिँगापुरतर्फ लागेलगत्तै उनकी श्रीमति एबं पूर्व युवराज्ञी हिमानी भारततर्फ लागेकी छन् । आफ्ना तीन केटाकेटीसहित घुमफिरकालागि भारततर्फ लागेकी हुन् । त्यसो त उनको माइतीपनि भारत नै हो । यद्यपी उनका पिता चाहिँ काठमाडौंको डिल्लीबजारमा बस्दै आएका छन् । बालबच्चाहरुको स्कूल छुट्टी भएकाले उनी घुमघामकालागि भारत गएकी हुन् ।

पारश र हिमानीमात्र होइन अहिले निर्मल निवासमा पूर्व राजा र रानीपनि छैनन् । अघिल्लो महिना करिव तीन हप्ता भारतको भ्रमण गरी फर्केका पूर्व राजा ज्ञानेन्द्र आफ्नी श्रीमतिसहित काठमाडौंको पश्चिमोत्तर दिशामा रहेको शिवपुरी जंगलमा रहेको रिसोर्टमा केही दिन बिताउने गरी गएका छन् । प्रत्येक जाडोमा उनी त्यहाँ जाने गरेका छन् ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?