Inside

All Time Top 50 News

पूर्व राजा ज्ञानेन्द्र मात्तिए सरकारी सुबिधा कटौती गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईको चेतावनी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Monday, 09 July 2012 07:07

काठमाडौ- प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले केही तत्वहरु मुलुकमा राजतन्त्र ब्युँताउन लागिपरेको भन्दै कुनैपनि हालतमा राजतन्त्र पुनस्थापना हुन नसक्ने बताउनुभएको छ ।

राजधानीमा ग्लोबल आइएमई बैंकको मर्जर कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले मुलुकमा कसैले चाहेर पनि राजतन्त्र फर्कन नसक्ने बताउनुभएको हो ।

पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिप्रति आक्रोश पोख्दै प्रधानमन्त्री भट्टराईले मुलुकमा स्थापना भईसकेको गणतन्त्रलाई कसैले उल्ट्याउने हर्कत गरे त्यस विरुद्धको आन्दोलनको नेतृत्व आफूले गर्ने बताउनुभयो । राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र ब्युँताउन लागिपरेको भन्दै त्यसो नगर्न प्रधानमन्त्रीले चेतावनी दिनुभयो । नेपाली ईतिहास पछाडि फर्कन नसक्ने भन्दै प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुको सहमतिमा राजालाई ठेगान लगाउने चेतावनी दिनुभयो । उहाँले पूर्व राजा शाहका पछिल्ला अभिव्यक्ति आफैंमा विवादास्पद रहेको भन्दै यस्ता गतिविधि जारी राखे ज्ञानेन्द्र शाहका सबै सुविधा सरकारले कटौती गर्ने बताउनुभयो ।

अहिले राजनीतिक दलहरुबीच संविधान निर्माणका विवादित विषयमा छलफल भईरहेको भन्दै उहाँले चाँडै नै दलहरुबीच एउटा महत्वपूर्ण सहमति हुने दाबी गर्नुभयो।

प्रधानमन्त्रीले अर्को फरक प्रसंगमा नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिन लागिएकोबारे वास्तविकता बुझ्न सबैलाई आग्रह गर्नुभयो । नेपालको स्वाधिनताको रक्षाको निम्ति आफू अडिग रहेको भन्दै उहाँले खोक्रो राष्ट्रवाद र कुत्सित मानसिकता त्याग्न सबैलाई आग्रह गर्नुभयो ।

उहाँले नेपालमा लगानी मैत्री वातावरण नबिगार्न संचार माध्यमलाई आग्रह गर्दै बाहिर आएजस्तो नेपालको विमानस्थल व्यवस्थापनको पुरै जिम्मा भारतीय कम्पनीलाई दिन लागिएको भन्ने कुरा हल्लै हल्ला मात्र भएको बताउनुभयो ।

-Anand Gurung in Kathmandu

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.