NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नारायणहिटी दरवार संग्रहालयको प्रधानमन्त्री खनालद्वारा अवलोकन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 25 August 2011 13:11

'यो किन भत्काइएको रहेछ ?'- प्रधानमन्त्री झलनाथ खनाल
Special: 3 photos:
काठमाडौ- आफू पदमा छँदा छानविन चैँ नगर्ने पदबाट हटेपछि वा हट्ने भएपछि चाहिँ दरवार हत्याकाण्डको छानविन गर्नुपर्थ्यो भन्नेमा प्रधानमन्त्री झलनाथ खनालले पनि आफ्नो नाम दर्ज गरेका छन् ।

Shah Royal Throne at the museum. Photos: Sitaram

यसअघिका प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड) र माधब नेपाललेपनि पदमा छँदा दरवार हत्याकाण्डको छानविन गरिनुपर्ने बताएका थिए । तर उनीहरु आफू प्रम हुँदा यसतर्फ कुनै कदम चालेनन् ।

काम चलाउ भैसकेका प्रधानमन्त्री खनाल विहीबार नारायणहिटी दरवार संग्रहालयको अवलोकनकालागि गएका थिए । 'नारायणहिटी संहारको उक्त घटना लाई अत्यन्तै दर्दनाक र रहस्यपूर्ण छ' दरवार हत्याकाण्डको छानविनबारे सोधिएको प्रश्नमा उनले भने- 'मेरो कार्यकालमा छानबिन गर्ने विचार थियो, तर अब समय बाँकी रहेन यसको गम्भीरतापूर्वक अध्ययन र छानबिन गरिनु आवश्यक छ ।'

गणतन्त्र स्थापनापछिका पहिला प्रम प्रचण्ड र दोश्रा प्रम माधब नेपालले पनि दरवार हत्याकाण्डको छानविन गरिनुपर्ने बताएका थिए । २०६५ फागुन १५ गते प्रमका हैसियतले दरवार संग्रहालयको शुभारम्भ गर्दे प्रचण्डले भनेका थिए- 'नेपालमा सबैभन्दा ठूलो दण्डहीनताको सुरुवात यहीँबाट भएको थियो । संघीय गणतन्त्रको पहिलो निर्वाचित प्रमको हैसियतले त्यो नरसंहारको पुन छानविन गर्ने इच्छा र पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु ।'


Prime Minister Jhalanath Khanal inspecting Narayanhiti Royal Museum. Photos: Sitaram

त्यसपछिका प्रम माधब नेपालले २०६६ साउन ७ गते नारायणहिटी दरवार संग्रहालयको अवलोकन गरेका थिए । त्यसक्रममा उनलेपनि दरवार हत्याकाण्डको छानविन गरिने बताएका थिए । तर न त प्रचण्डको कार्यकालमा दरवार हत्याकाण्डबारे छानविन समिति गठन भयो,न त माधब नेपालको पालामा नै । खनालले त आफूले छानविन गर्न चाहेको तर आफ्नो कार्यकाल सकिएर अव यो काम आफूबाट हुन नसक्ने संकेत नै गरे । सर्वसाधारणमा चाहिँ दरवार हत्याकाण्डबारेको जिज्ञाशा अझै मेटिएको छैन ।

आजको अवलोकनका क्रममा प्रम खनालले दरवारभित्र रहेका विभिन्न कक्षको अवलोकन गरेका थिए । उनले २०४७ सालको अन्तरिम सरकारमा आफैले कृषि मन्त्रीको सपथ लिएको कास्की बैठकबाट अवलोकन प्रारम्भ गरेका थिए । त्यसपछि उनी त्यहाँ रहेका म्याग्दी, पर्वत, रुकुम, दैलेख, बैतडी, अछाम, बाजुरा, जुम्ला, हुम्ला, डोल्पा, गोरखा, मुगु, धनकुटा, गुल्मी, धादिङ, लमजुङ, धनुषा र सर्लाही बैठक कक्षहरुमा पुगेका थिए । संग्रहालयमा राजसिँहासन रहेको स्थानप्रति विशेष अभिरुचि राखेका थिए ।

अवलोकनकै क्रममा प्रधानमन्त्री खनालले संग्रहालयमा रहेको आगन्तुक पुस्तिकामा आफ्नो धारणा लेख्दै  संग्रहालयमा रहेका सामाग्रीहरुको सुरक्षामामा प्राथमिकता दिनुपर्ने बताएका छन् । 'यो दरबार नेपाल र नेपालीको अत्यन्त महत्वपूर्ण धरोहर हो, राष्ट्रिय सांस्कृतिक सम्पदा हो उनले पुस्तिकामा लेखेका छन्' यसको संरक्षण-सम्बद्र्धन गर्न हामीले उच्च महत्व र प्राथमिकता दिनु जरुरी छ, यो हाम्रो लागि चुनौति हो ।'

PM Jhalanath Khanal signing on Visitor's Book at Narayanhiti Royal Museum in Kathmandu. Photos: Sitaram

०५८ जेठ १९ को नारायणहिटी-संहार भएको तर ०६२ सालमा भत्काइएको त्रिभुवन सदन अवस्थित क्षेत्रको पनि उनले निरीक्षण गरेका थिए । हत्याकाण्डस्थल पुगेपछि उनको प्रश्न थियो- 'यो किन भत्काइएको रहेछ ?' त्यस क्रममा उहाँले राजा वीरेन्द्र रक्ताम्य भई ढलेको त्रिभुवन सदनको विलियर्ड हल, अधिराजकुमार निराजनको शव भेटिएको शालिक छे,उ युवराज दीपेन्द्रको भत्काइएको एकतल्ले निवास र दीपेन्द्रको शव भेटिएको सानो पोखरी रहेको क्षेत्र, रानी ऐश्वर्यको शव भेटिएको स्थान आदिको भ्रमण गरे ।

प्रधानमन्त्री खनालले संग्रहालयको ऐतिहासिक पक्षको जीवन्तरुपमा संरक्षण पुनरनिर्माण र व्यवस्थापन गर्न तथा कार्यरत जनशक्तिको दक्षता अभिबृद्धि एवं तालिम र वृत्तिविकासमा पनि उचित ध्यान पुर् याउन जरुरी रहेको आवश्यकता औँल्याएका थिए । 'यस दरबारबाट नेपालको इतिहासको महत्वपूर्ण कालखण्ड संचालित रह्यो, विभिन्न तन्त्र र राजनीतिक परिपाटीहरु बदलिनु स्वभाविक हो' उनले भने- 'तर यस्ता महत्वपूर्ण सम्पदाहरुको संरक्षण र सम्बद्र्धनको सम्पूर्ण काम राष्ट्रले नै गर्नुपर्दछ ।'

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?