NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राजा ढोग्ने प्रमद्वारा माओवादी राजतन्त्र व्युँताउने खेलमा लागेको आरोप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 28 August 2010 17:12

काठमाडौं- कामचलाउ सरकारका प्रधानमन्त्री माधबकुमार नेपालले एकीकृत नेकपा माओवादी राजतन्त्र व्युँताउने खेलमा लागेको बताएका छन् ।

काठमाडौंको गोठाटारमा निर्माणाधिन मदन-आश्रित प्राविधिक शिक्षालय भवनको निरीक्षणपछि भदौ १२ गते प्रधानमन्त्री नेपालले पूर्वराजा र पूर्वयुवराज पारसका गतिविधिसँग माओवादी नेतृत्व जोडिएको बताएका हुन् ।

शाहीकालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहको पाउमा दाम चढाएर विवादमा आएका नेपालले आज भने राजतन्त्र राख्ने विषयमा माओवादी नेतृत्व जोडिएको दावी गर्दै यसबारे माओवादीको धारणा मागसमेत गरेका छन् ।

कामचलाउ प्रधानमन्त्री नेपालले माओवादी सेनाका लडाकुलाई नेपाली सेनामा समायोजन गर्न नसकिनेसमेत धारणा राखे । उनले जनसेनालाई मिसाएर नेपाली सेनालाई बिगार्न खोजेको र जनसेनालाई प्रयोग गरेर माओवादी सत्ता कब्जा गर्न उद्दत रहेको बताए । माओवादी सेनाका लडाकुको विषयलाई लिएर अनमिनको म्याद थप्ने नथप्ने चर्चा भईरहेका बेला उनको यस्तो धारणा आएको हो ।

कुनै चमत्कार नभए छैटौं पटकको प्रधानमन्त्री निर्वाचनबाट पनि परिणाम आउने लक्षण नदेखिएको भन्दै नेपालले राष्ट्रिय सहमतिकालागि नै एमाले तटस्थ बसेको दावी गरे । अर्को निर्वाचन भदौ २० गते हुँदैछ ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?