NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजाद्वारा नेपालगन्जमा अर्को पूजा गरिदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 20 May 2010 08:23

काठमाडौं- केही समय यता आफ्नो सकृयता बढाएका पूर्व राजा ज्ञानेन्द्र यसै हप्ता फेरि उपत्यका बाहिर जाने भएका छन् ।

आफ्नो शासनकालमा धर्मको आडमा राज संस्थाको औचित्य पुष्टि गर्न खोजेका पूर्व राजाको भ्रमण धार्मिक हिसावले सम्बेदनशील स्थानहरुमा हुने गरेको छ ।

दुई महिनाअघि जनकपुर पुगेका पूर्व राजा यसै हप्ता धार्मिक रुपले सम्बेदनशील नेपालगन्जमा जान लागेका हुन् । निर्मल निवास श्रोतका अनुसार, उनी जेठ ९ गते त्यसतर्फ जानेछन् । उनले त्यहाँ रहेको बागेश्वरी मन्दिरमा पुजा गर्ने बताइएको छ ।

धार्मिक हिसावले नेपालगन्जलाई सम्बेदनशील क्षेत्रको रुपमा लिइन्छ । त्यहाँ यसअघि पटक पटक हिन्दू र मुश्लिमहरुबीच धार्मिक दंगा भैसकेको छ ।

केही राजावादीहरुले हिन्दू राज्यको माग अघि बढाएका बेला पूर्व राजाको यो भ्रमणलाई नेपालगन्जका हिन्दूहरुको समर्थन प्राप्त गर्ने उद्देश्यका रुपमा लिइएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?