NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पृथ्वीनारायण शाहको आकर्षण बढ्दो PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 12 January 2011 00:10

Special: 4 photos: काठमाडौं- गोर्खा राज्य विस्तारको क्रममा नेपालको एकिकरण गरेका राजा पृथ्वीनारायण शाहको २ सय ८९ औं जन्मोत्सब देशभरि नागरिक स्तरमा भव्य रुपमा मनाइएको छ ।


 

The supporters of King Prithvinarayan Shah's statue in front of Singh Darbar, Kathmandu. Photos: Sitaram

पृथ्वीनारायण शाहप्रति आकर्षण बढ्न थालेपछि राजावादीहरु निकै उत्साहित बनेका छन् । राजधानीको सिँहदरवारको मूल ढोकामा रहेको पृथ्वीनारायण शाहको शालिकमा फूलमाला चढाउनेको संख्या गत सालभन्दा निकै बढेको थियो ।



पृथ्वीनारायणप्रति श्रद्धासुमन अर्पण गर्न बिहानैदेखि सयौं नेपालीहरु शालिक अगाडि पुगेका थिए । दिउसो यो क्रम अरु बढेको थियो । विभिन्न जुलुश तथा बाजागाजाकासाथ विभिन्न समूह पृथ्वीनारायण शाहको शालिक अगाडि पुगेर श्रद्धासुमन व्यक्त गरेका थिए । नेपाल एकिकरणमा पृथ्वीनारायण शाहको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरुले उनको उच्च प्रसंशा गरेका थिए ।



संघियताको बिषयले मुलुक टुक्रने आशंका गर्नेहरुमा पृथ्वीनारायण शाहप्रति अरु श्रद्धा बढेको देखिएको छ । यद्यपी कतिपयले चाहिँ उनी राजा भएपनि उनको भूमिका राजाकोभन्दा नेपाल एकिकरण गर्ने नेताको जस्तो रहेको बताउँदै आधुनिक नेपाल निर्माणमापनि उनको भूमिका रहेकाले गणतन्त्रवादीहरुलेसमेत उनको उचित मूल्यांकन गर्नुपर्ने बताउन थालेका छन् । राजावादीहरुले चाहिँ पृथ्वीनारायण शाहप्रति बढेको सम्मानले राजतन्त्रको लोकपि्रयता बढेको भन्दै अर्थ्याउनपनि थालेका छन् ।

RPP leader Kamal Thapa during the tea party. Photos: Sitaram

पृथ्वी जयन्तीको अवसरमा राजावादी दल राप्रपा नेपालले राजधानीमा कविता गोष्ठीका अलवा चियापान कार्यक्रमसमेत आयोजना गरेको थियो । राप्रपा नेपालले पृथ्वी जयन्तीका अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

avatar Narayan Bahadur Adhikari
0
 
 
नया नेपालको नाउमा तत्कालीन मन्त्रिपरीषद ले श्री ५ पृथ्वी नारायण शाह को र संपूर्ण राजा रजौटे हरुको फोटो हटाउने निर्णय गरि बिभिन्न सरकारी कार्यालय बाट फोटो हटाउने अनि बिभिन्न चोकमा रहेका शालिक हरु तोड़फोड़ हुदा नेपाल मा कोही बोलेको थियन तर नेपाली सेना ले भने तत्कालीन प्रधान सेनापतिको आदेशमा हरेक नेपाली सेनाको व्यारेकमा पृथ्वी नारायण शाह को फोटो र सेनाको जंगी अड्डा मा लाइफ साइज़ को फोटो समेत राखेको थियो जुन तत्कालीन सरकारलाई नपचेको थियो तर आज तिनै नेता हरु कति पनि लाज नमानी अहिले पृथ्वी जयन्ती मनौदै हिडन थालेको देख्दा अचम्म लाग्यो ठिकै छ ढीलै भय पनि अन्धा हरुको आँखा बिस्तारै खुल्न थालेछ खुसी लाग्यो तर पृथ्वी नारायण शाह को सदैब सम्मान गर्ने नेपाली सेना लाई नेपाली जनताले भने हृदय देखिनै सम्मान गर्दछौ
Narayan Bahadur Adhikari
London
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?