NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पूर्व राजपरिवारका महिला सदस्यहरु दोलखाबाट किन फर्के ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 24 November 2010 11:40

काठमाडौं- दोलखातर्फ लागेका पूर्व राजपरिवारका महिला सदस्यहरु एक हप्तापनि नबित्दै सुटुक्क राजधानीतर्फ फर्केका छन् ।



दुई हप्ताकालागि भनेर गत हप्ता सामाजिक कार्यकालागि भन्दै उनीहरु दोलखातर्फ लागेका थिए । पूर्व युवराज पारशले भने अन्तिम समयमा आएर दोलखा भ्रमण रद्ध गरेको निर्मल निवास श्रोतले बताएको छ ।

पूर्व युवराज्ञी हिमानीको नाममा खोलिएको ट्रष्टले सन्चालन गरेको विकास निर्माणको कार्यकालागि हिमानीसहित पूर्व अधिराजकुमारी प्रेरणा, पूर्व शाहज्यादीहरु पूजा, शिताष्मा र दिलाशा थिए । उनीहरु सबै हिमानीको नाममा खोलिएको ट्रष्टमा छन् ।

अघिल्लो बुधबार दोलखा पुगेका उनीहरुले भीमेश्वर नगरपालिकास्थित तामाकोशी नदीमा रहेको पुललाई नदीले बगाउन लागेकाले पर्खाल निर्माणकालागि तारजाली वितरण गरेका थिए भने नाम्दु गाविसको एक प्राविलाईपनि सहयोग गरेका थिए । त्यसपछि उनीहरु दोलखाका अन्य गाउँहरुमा भ्रमण गर्ने कार्यक्रम थियो । यसकालागि करिव १० दिन छुट्ट्याइएको थियो ।

तर उनीहरु सबै शनिवार नै नेपाल फर्केको श्रोतले बताएको छ । श्रोतकाअनुसार राजधानीमा हुर्के बढेका पूर्व राजपरिवारका सदस्यहरु गाउँमा त्यति धेरै  रमाउन नसकेपछि राजधानी फर्केका हुन् । कार्यक्रममा जाने तैयारीमा रहेका पूर्व युवराज पारश भने अन्तिम समयमा आएर त्यहाँ जाने कार्यक्रम रद्ध गरेका थिए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?