NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राजावादीहरुको सलबल र खलबल PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 28 August 2010 17:10

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र र उनका छोरा पूर्व युवराज पारश राजतन्त्र फर्काउने वातावरण बनाउन रणनीतिक भ्रमण र भेटघाटमा सकृय भैरहेका बेला पूर्व राजावादीहरुले चाहिँ राजतन्त्र फर्कने र फर्काउने कुरालाई अस्वीकार गर्न थालेका छन् ।

पन्चायती पृष्ठभूमिका राजावादीहरुको एक समूह फेरि राजतन्त्र फर्काउन कम्मर कसेर लागि परेपनि अधिकांस पन्चायती पृष्ठभूमिका नेताहरु चाहिँ राजतन्त्र फर्कने र फर्काउन नहुने पक्षमा छन् । राजतन्त्रको खुल्ला वकालत गर्ने राप्रपा नेपालका एक बरिष्ठ नेताले राजतन्त्रको पुनर्वहालीको वातावरण निर्माण गर्न यसै हप्ता रात्रिभोजको आयोजना गरेपछि पुराना राजावादीहरुले अब मुलुक राजतन्त्रमा फर्कन नसक्ने बताउन थालेका छन् ।

राप्रपा नेपालका सहअध्यक्ष पदमसुन्दर लावतीले आयोजना गरेको सो रात्रिभोजलाई राजावादीहरुले रणनीतिक रुपमा प्रयोग गर्न खोजेका थिए । सो रात्रिभोजको उद्धेश्य थियो राजावादीहरु संगठित हुँदैछन् र उनीहरु कमजोर छैनन् भन्ने प्रचार गर्नु । सम्बिधान सभा चुनावमा राजतन्त्रको पक्षमा मत मागेको राप्रपाले पछिल्लो समयमा यसैगरी राजतन्त्रको पक्षमा आक्रामक रुपले प्रचार अभियान थालेको छ । सो पार्टीका अध्यक्ष कमल थापा तथा संसदीय दलका नेता चन्द्रबहादुर गुरुङ्गले लगातार एकिकृत माओवादी, नेपाली कांग्रेस र एमाले लगायतका ठूला दलहरुमा राजतन्त्रको अन्त्य गरेकोमा पछुतो हुन थालेको दावी गरिरहेका छन् । श्रोतकाअनुसार राजतन्त्रको पक्षमा जनमत बढाउन यस्तो प्रचार गरिएको हो ।

लावतीले सोमबार आयोजना गरेको रात्रिभोजलाईपनि राजावादीहरुले राजतन्त्रको पक्षमा माहौल सिर्जना हुने गरी प्रचार गरिरहेका छन् । 'राजतन्त्रको वकालत गर्ने पार्टीका नेताले आयोजना गरेको रात्रिभोजमा पन्चायतकालका सबै जीवित प्रधानमन्त्रीहरुको जमघट गराउँदा राजावादीहरु एक भएछन् भन्ने सन्देश जान्छ र राजावादीहरुमा उत्साह बढ्छ भनेर रात्रिभोज आयोजना गरिएको हो' श्रोतले भन्यो- 'रात्रिभोजपछि त्यहाँ राजतन्त्र ब्युँताउने बारेमापनि कुराकानी भयो भनेर प्रचार गरिएको त्यही कारणले हो ।' सो रात्रिभोजमा डा. तुलसी गिरी, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दलगायतका पूर्व प्रधानमन्त्री, राप्रपा अध्यक्ष पशुपति शमशेर, राप्रपा नेपालका कमल थापा लगायतका नेताहरु सहभागी थिए ।

भलाकुशरीकालागि भनेर बोलाइएको जमघटलाई राजावादीहरुले राजतन्त्रको पुनरस्र्थापनाकालागि भनेर प्रचार गर्न थालेपछि राजतन्त्रको पक्षमा नरहेका नेताहरुबाट त्यसको खण्डन गर्ने काममात्र भएन, आफूहरु राजतन्त्रको पक्षमा नभएको स्पक्तोतिसमेत दिएका छन् । राप्रपाका अध्यक्ष पशुपति शमशेरले आफ्नो पार्टी राजतन्त्रको पुनर्वहालीको पक्षमा नभएकोमात्र होइन, अब गणतन्त्रबाट फर्केर पुन राजतन्त्रमा जाने कुरासमेत अस्वीकार्य भएको बताएका छन् । उनले भने 'हामी स्वेच्छाले गणतन्त्रमा गएका हौ, फेरि राजतन्त्रमा फर्कने कुरा कल्पनापनि गर्न सकिन्न ।' विहीबार आयोजित एक कार्यक्रममा त उनले ९५ प्रतिसत जनताको समर्थन प्राप्त दलहरुले सम्बिधान सभाबाट निर्णय गरेकाले फेरि राजतन्त्रको सम्बन्धमा जनमत संग्रहको आवस्यकता नभएको बताए ।

पन्चायतकालमा लामो समय प्रधानमन्त्री भएर राजतन्त्रको रक्षा गर्न भूमिका खेलेका राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापापनि राजतन्त्र फर्कने कुराप्रति सहमत छैनन् । उनी पूर्व राजाको भ्रमणलाई त्यति सार्हो महत्वपनि दिन नहुने बताउँछन् । 'राजपाटबाट अलग भएपछि पूर्व राजालाईपनि जनतामा जाउँ, तीर्थ जाउँ भन्ने लाग्दो हो, नागरिक भएर समाजमा बसेपछि समाजमा घुलमिल होउँ भन्ने लाग्दो हो, यसलाई अन्यथा लिनु हुँदैन' उनी भन्छन्- 'पूर्व राजाले चारवटा मन्दिर घुम्दैमा र चार वटा बक्तब्य दिँदैमा राजतन्त्र फर्कन्छ भन्ने सोच्नु नै गलत हुन्छ । पूर्व राजा र राजपरिवारको सदस्यको घुमघामलाई सामाजिकीकरणका रुपमा हेर्नुपर्छ राजनीतिसँग जोडेर हेर्नु हुँदैन ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?