NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राजावादीहरु धमाधम कमल थापाको पार्टीतिर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 20 November 2010 17:08

काठमाडौ- राजनीतिक दलहरुबीच खिँचातानी बढेकाले पूर्व राजपरिवार र राजतन्त्रका समर्थकहरु उत्साही बनिरहेका बेला राप्रपाका केही केन्द्रीय सदस्यहरु राजावादी दल राप्रपा नेपालमा प्रवेश गर्ने भएका छन् ।

पश्चिमी क्षेत्रका तीन जना केन्द्रीय सदस्यहरु सहित करिव ६ जना कार्यकर्ताहरु यसै हप्ता राजावादी दल राप्रपा नेपालमा प्रवेश गर्न लागेका हुन् ।

राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गर्ने केन्द्रीय सदस्यहरुमा बाँकेका धबल शमशेर राणा, डोल्पाका कर्णबहादुर बुढा र कालिकोटका दीपबहादुर सिँह छन् । यीमध्ये राणा एमालेबाट ०५४ को स्थानीय निर्वाचनमा एमालेबाट नेपालगन्ज नपाको प्रमुखमा निर्वाचित भएका थिए । शाही शासनको बेला राजालाई समर्थन गरेका उनी पछि राप्रपामा प्रवेश गरेका थिए ।

पूर्वपन्चहरुको दल भएपनि राप्रपाले सम्बिधान सभाको पहिलो बैठकमा गणतन्त्रको पक्षमा मतदान गरेको थियो । शाही शासनका बेला कमल थापालाई प्रयोग गरेर दरवारले आफ्नो पार्टी विभाजन गरेको आरोप राप्रपा अध्यक्ष पशुपति शमशेरले लगाउँदै आएका थिए । सम्बिधान सभा निर्वाचनपछि राप्रपा नेपालबाट राप्रपामा जाने प्रबृति बढेकोमा अहिले राप्रपाबाट राप्रपा नेपालमा आउने क्रम सुरु भएको छ ।

उनीहरुलाई पार्टी प्रवेश गराउनकालागि भोलि राप्रपा नेपालका अध्यक्ष कमल थापा पश्चिमी क्षेत्रको भ्रमणमा जाँदैछन् । करिव एक हप्ते मध्य पश्चिमी क्षेत्रको भ्रमणका क्रममा राप्रपाबाट प्रवेश गर्ने उपरोक्त तीन केन्द्रीय सदस्यका अलवा करिव ६ सय कार्यकर्ताहरुलाई थापाले स्वागत गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?