NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राजावादीहरुद्वारा राजधानीमा शंखघोश: 'शान्ति र प्रजातन्त्रकालागि नयाँ चुनाव' PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 29 April 2011 12:36

काठमाडौँ- इतिहासमै पहिलो पटक राजावादीहरुले राजधानीको शहीद खुल्ला मन्चमा सभा गरेका छन् ।


RPP rally in Kathmandu. Photos: Sitaram

गणतन्त्रलाई अस्वीकार गर्दै राजतन्त्र र हिन्दू अधिराज्यको माग गरेको कमल थापा नेतृत्वको राप्रपा नेपालले शहीद मन्चमा पहिलो पटक सभाको आयोजना गरेको हो ।

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पुराना पन्चहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना गरेपनि शहीद मन्चमा आफ्नोतर्फबाट यसरी सभा चाहिँ गर्न सकेका थिएनन् ।



जानकारीअनुसार, यसअघि पुराना पन्च नेताहरु नेपाली कांग्रेस, एमालेलगायतका दलहरुले शहीद मन्चमा आयोजना गर्ने सभाहरुमा अतिथिको रुपमा जाने गरेका थिए । 'तर आफ्नै बलबुतामा चाहिँ कार्यक्रम आयोजना गरिएको थिएन' राप्रपा नेपालका युवा नेता मोहन श्रेष्ठले भने- 'आफ्नै आयोजनामा शहीद मन्चमा कार्यक्रम भएको यो नै पहिलो पटक हो ।' 'शान्ति र प्रजातन्त्रकालागि नयाँ चुनाव' भन्ने नारासहित आन्दोलनमा उत्रेको आन्दोलनको कार्यक्रम अन्तर्गत सभा आयोजना गरेको हो ।

करिव पाँच हजारको उपस्थिति रहेको सभाकालागि राप्रपा नेपालले विभिन्न जिल्लाबाट सर्वसाधारणलाई राजधानी ल्याएको थियो । खासगरी तराईको जिल्लाबाट समर्थक जनतालाई ल्याइएको थियो । शहीद मन्चमा पहिलो पटक सभाको आयोजना गरिएकाले होला नेता र कार्यकर्ताहरु निकै उत्साहित देखिन्थे । सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्दै तोकिएको समयमा सम्बिधान बनाउन नसक्ने सम्बिधान सभा खारेज गर्नुपर्ने माग गरेका थिए ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?