NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राजावादी दल राप्रपा नेपाल पारशसँग असन्तुष्ट PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 22 December 2010 16:34

काठमाडौं- उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीमाथि गोलीप्रहार गरेको अभियोगमा पूर्व युवराज पारस पक्राउ पर्दा पारशको खुलेर बचाउ गर्न अघि सर्ने राजावादी दल राप्रपा नेपाल भित्रभित्रै चाहिँ पारशसँग असन्तुष्ट बनेको छ ।



राजतन्त्रको खुलेर वकालत गर्दागर्दै पारशले राप्रपा नेपाललाई चुनौति दिने गरी खुलेका पार्टी र संस्थाहरुलाई सहयोग गरेको भन्दै राप्रपा नेपाल असन्तुष्ट बनेको हो ।

हुन पनि राजतन्त्रप्रति आक्रामक माओवादीबाट धेरै आक्रमणको सिकार यदि कुनै दल भयो भने त्यो राप्रपा नेपाल नै हो । संविधानसभा चुनावअघि झापा पोखरालगायतका जिल्लामा वाइसिएलबाट राप्रपा नेपालका नेता कुटिए । आफूले कुटाइ खाएर अहिले पूर्वराजा ज्ञानेन्द्र पूर्वयुवराज पारसलगायतलाई जनताको बीचमा जानसक्ने स्थिति सिर्जना गरिदिएको उनीहरुको दाबी छ ।

पछिल्लो समय हिन्दू राजतन्त्रको वकालत गर्दै खुलेको राष्ट्रिय एकता पार्टी र पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर िसंहका छोरा प्रभाजन िसंहले खोलेको 'राष्ट्रिय सरोकार केन्द्र' को स्थापनामा पारसको हात रहेको बताइन्छ । 'परिस्थिति प्रतिकूल हुँदा अनुकूल बनाउने क्रममा ढुंगामुढा र कुटाइ हामीले खायाँै' राप्रपा नेपालका एक युवा नेताले भने- 'अहिले हामीले वातावरण बनाइदिएपछि हामीलाई नै अप्ठ्यारो पर्नेगरी अनेक संस्था खोल्न प्रोत्साहित गर्न थालियो ।'

यसअघि राप्रपा नेपालले लिएको राजावादी लाइनका कारण अन्य पूर्वराजावादी पार्टीका नेता-कार्यकर्ता ती पार्टी छाडेर राप्रपा नेपालमा आउन थालेका थिए । जस्तै, २०५४ मा एमालेबाट निर्वाचित नेपालगन्ज न.पा. का मेयर धवलशमशेर राणा राप्रपाको केन्द्रीय सदस्य छाडी राप्रपा नेपाल प्रवेश गरे । यसैगरी, राप्रपाका केन्द्रीय सदस्यहरु डोल्पाका कर्णबहादुर बुढा र कालिकोटका दीपकबहादुर सिँह पनि सो पार्टी छाडी राप्रपा नेपालमा आउने तयारीमा थिए ।

तर दाहालको नेतृत्वमा नयाँ राजावादी पार्टी खुलेपछि राप्रपा र राजपाजस्ता पूर्वराजावादी दलका नेता-कार्यकर्ता मात्र होइन, राप्रपा नेपालकै नेता-कार्यकर्तासमेत नयाँ पार्टीमा जान थालेका छन् । राप्रपा नेपालका भक्तपुर पार्टी सचिव सर्जु हाडा नयाँ पार्टीमा गइसकेका छन् ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?