NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अझै श्री ५ महाराजधिराज सरकार ? प्रचन्डको निर्देशनमा सरकारद्वारा पूर्व राजा ज्ञानेन्द्रलाई रोक PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 21 September 2010 09:57

काठमाडौं- धर्मको आडमा राजनीतिक गतिविधि गर्दै आएका पूर्व राजा ज्ञानेन्द्रको एक धार्मिक कार्यक्रममा सहभागी हुने कार्यक्रममा सरकारले रोक लगाएको छ ।

Ex-king Gyannedra was addressed as current king of Nepal in recent event in Kathmandu by the royalists. Photo: Sitaram

एकिकृत माओवादीसँगको परामर्शमा सरकारले पूर्व राजा उपस्थित हुन लागेको कुमारी पूजामा उपस्थित हुनबाट पूर्व राजा ज्ञानेन्द्रलाई रोक लगाएको हो । पूर्व राजाको कार्यक्रममा रोक लगाइएपछि आक्रोसित राजावादीहरुले राष्टपति डा रामबरण यादवलाई इन्द्रजात्राको कार्यक्रममा उपस्थित हुन अवरोध सिर्जना गर्ने चेतावनी दिएका छन् । राजावादीहरुको चेतावनीपछि सरकारलेपनि इन्द्रजात्राको कार्यक्रमकालागि सुरक्षा व्यवस्था थप कडा पारेको छ ।

इन्द्रजात्राको अघिल्लो दिन हनुमानढोकास्थित कुमारी घरमा रहेकी जीवित देवी कुमारीको पूजाको अवसरमा पूर्व राजा ज्ञानेन्द्रलाई स्थानीय राजावादीहरुले कुमारीको श्रद्धासम्मान कार्यक्रमकालागि अतिथि बनाएर निम्त्याएका थिए । सो कार्यक्रममा आउन लागेका  पूर्व राजाको स्वागनकालागि उनलाई बनाइएको स्वागतगेटमा उनलाई पूर्व राजा भन्नुको साटो श्री ५ महाराजधिराज सरकार उल्लेख गरिएको थियो । ज्ञानेन्द्र सो कार्यक्रममा जाँदैछन् भन्ने जानकारी सरकारी निकायहरुले सोही गेटमा टाँगिएको व्यानरका आधारमा थाहा पाएका थिए ।

ज्ञानेन्द्रलाई राजावादीहरुले बहालवाला राजाकै हैसियतमा सो क्षेत्रमा निम्ता दिएको जानकारी पाएपछि प्रधानमन्त्री  माधब नेपालले मंगलबार विहानै पाएपछि तुरुन्तै एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए । प्रचण्डले ज्ञानेन्द्रलाई सो स्थानमा जान दिन नहुने बताएपछि प्रधानमन्त्री नेपालले एमाले अध्यक्ष झलनाथ खनाल र संस्कृतिमन्त्री डा मिनेन्द्र रिजाललाई फोन गरे । उनीहरुलेपनि ज्ञानेन्द्रलाई त्यहाँ जानबाठ रोक्नुपर्ने सुझाव दिए ।

त्यसपछि प्रधानमन्त्री नेपालले गृहसचिवलाई ज्ञानेन्द्रलाई सोही स्थानमा जानबाट रोक्ने निर्देशन दिए । लगत्तै मंगलबार बिहान ९ बजे काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक बसी उनलाई त्यहाँ जानबाट रोक्ने औपचारिक निर्णय भयो । बिहान साँढे ११ बजे ज्ञानेन्द्र त्यहाँ कार्यक्रम रहेकोमा १० बजे नेपाल प्रहरीका उपत्यका डिआजी गंगा पाण्डेले सशस्त्र प्रहरीका डिआइजी देबेन्द्र सुब्बालाई यसबारेमा निर्मल निवासमा खटिएको सशस्त्र प्रहरीको टुकडीलाई जानकारी दिन अनुरोध गरे । किनभने निर्मल निवासको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीले लिँदै आएको छ । निर्मल निवासमा सशस्त्र प्रहरीको टोलीको नेतृत्व गरेका डिएसपी बिक्रम थापाले यो निर्देशन पाएपछि ज्ञानेन्द्रको बसन्तपुर जाने कार्यक्रम रद्ध गरिएको थियो ।

श्रोतका अनुसार धार्मिक आवरणमा राजनीतिक गतिविधिमा सकृय भएकाले उनको भ्रमण कार्यक्रम सरकारी निर्णयबाटै रोकिएपनि निर्मल निवासलाई भने सुरक्षाका कारण भ्रमण स्थगित गर्न भनिएको थियो । सरकारी निर्णयलाई चुनौति दिँदै पूर्व राजा बसन्तपुर जाने वा बसन्तपुरमा उनको स्वागतका लागि बसेका राजावादीहरु उनलाई आउनबाट रोकिएकाले आक्रोसित भई निर्मल निवासतिर आउने सक्ने दुबै सम्भावनालाई मध्यनजर गर्दै सरकारले निर्मल निवासमा एक प्लाटुन थप प्रहरी पठाएको थियो । निर्मल निवासले चाहिँ सरकारले सुरक्षा व्यवस्था नगरिदिएका कारण कार्यक्रम रद्ध गर्नुपरेको जनाएको छ ।

भोलि इन्द्रजात्रा परेकाले त्यसको अघिल्लो दिन पूर्व राजा ज्ञानेन्द्रलाई राजावादीहरुले रणनीतिक रुपले त्यहाँ नजिकै रहेकी जीवित देवी कुमारीको पूजा तथा सम्मानकालागि बोलाएका थिए । गणतन्त्र अघि इन्द्रजात्रामा राजाहरु उपस्थित हुने प्रचलन भएपनि गणतन्त्रको स्थापनापछि राष्टपति उपस्थित हुने गरेका छन् । इन्द्रजात्राकै अवसर पारेर पृथ्वीनारायण शाहले काठमाडौंमाथि बिजय हासिल गरेकाले पूर्व राजपरिवारलेपनि यो दिनलाई महत्वका साथ लिने गरेको छ । लोकतान्त्रिक आन्दोलनको सफलतापछि निलम्वित पूर्व राजा ज्ञानेन्द्र सरकारलाई थाहै नदिई ०६४ मा कुमारी घर पुगेपछि तत्कालिन सरकारले नारायणहिटीको सैनिक सुरक्षा कटौति गरेको थियो ।

ज्ञानेन्द्रलाई जान नदिइएपछि स्थानीय राजावादीहरुले भोलिको इन्द्रजात्रामा राष्टपतिको कार्यक्रममा अवरोध पुयाउने चेतावनी दिएका छन् । यसै चेतावनीलाई मध्यनजर गर्दै सरकारले त्यस क्षेत्रको सुरक्षालाई थप कडा बनाउने निर्णय गरेको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?