Inside

All Time Top 50 News

लोक दोहोरी गाउनेहरु पढे लेखेका भएकोमा गर्ब PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 07 October 2010 16:31

काठमाडौं- परम्परागतरुपमा लोक दोहोरी गीत गाउने गायक गायिकाहरु गाउँ घरका कम पढे लेखेका लोककलाकारहरु हुने गरेको भन्ने मान्यता रहेकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नयाँ कार्यसमितिमा पढे लेखेका जमातको बाहुल्यता बढेको सो प्रतिष्ठानले दावी गरेको छ ।

अध्ययनमा कमी भएकाहरुको जमात भनेर चिचिने लोकदोहोरीको क्षेत्रमा इतिहासमै पहिलो पटक शिक्षित बर्गको बर्चस्व स्थापित भएको हो । हेटौंडामा यसै हप्ता सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले पुरुषोत्तम न्यौपानेको अध्यक्षतामा २० सदस्यीय नयाँ नेतृत्व चयन गर्दा कला गला र शैक्षिकस्तर राम्रा भएका कलाकारहरुको संख्या बढेको बताइएको छ ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा बद्री पंगेनी, द्वितीय उपाध्यक्षमा ऋषिलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । बरिष्ठ उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बिष्णु खत्री, सचिवमा बिमलराज क्षेत्री, कोषाध्यक्षमा कृष्ण देवकोटा, सह-कोषाध्यक्षमा सकुन्तला थापा चाहिँ प्रतिस्पर्धाबाट विजयी भएका थिए । सदस्यहरुमा शिरिष देवकोटा, पशुपति शर्मा, रामजी खाँड, नविन पौडेल, दीपक खड्का, लक्ष्मण खड्का, रिता थापा, बिष्णु थापालगायत निर्वाचित भए ।

अध्यक्ष न्यौपाने आफैंमा बौद्धिक र संचारसम्बद्ध व्यक्ति मानिन्छन् । २०४८ सालदेखि गायन पेशामा कि्रयाशिल न्यौपाने रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत छन् । त्यस्तै बद्री पंगेनी पनि राजनीतिमा चासो राख्ने कलाकार हुन् । उनका राजनीतिक परिवेशबाट प्रभावित गीतहरु उत्कृष्ठ मानिन्छन् । चन्द्र शर्मा राष्ट्र सेवक सरकारी कर्मचारी हुन् । स्नातकसम्मको अध्ययन गरेका शर्मा दाङ्गका राम्रा कलाकारको कोटीमा पर्छन् ।

महासचिवमा निर्वाचित भएका बिष्णु खत्रीले स्नाकोत्तर पास गरिसकेका छन् । सचिव बिमलराज क्षेत्री त अनुशासित र कला गला भएका कलाकार गनिन्छन् । उनी स्नातकमा अंग्रेजी बिषय लिएर अध्ययनरत छन् । यसैगरी, शिरिष देवकोटा र पशुपति शर्मालेपनि स्नाकोत्तर अध्ययन गरिरहेका छन् ।

-Sitaram Baral in Kathmandu

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.