Inside

All Time Top 50 News

ताईची गुरु बने नायक राजेश हमाल 'साहसी' चलचित्रमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chhabi Subedi   
Saturday, 23 April 2011 11:52

Special 4 photos: पोखरा- नेपाली चलचित्रका महानायक राजेश हमाल बिल्कूलै नयाँ भूमिकामा चलचित्र 'साहसी' मार्फत देखिने भएका छन् । उनले उक्त चलचित्रमा ताइची गुरुको भुमिका निर्वाह गरेका छन् ।



Nepalese superstar Rajesh Hamal in Sahasi film. Photos courtesy: Bhoj.


चलचित्रका कलाकार ज्याक गुरु आफै मार्शल आर्टको प्रशिक्षक भएकाले पनि राजेशलाई उनले ताइची कला सिकाएका छन् र फिल्म स्टाइल दिएका छन् ।

द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठले अर्को पात्र नव नायक एवं प्रस्तुतकर्ता भोजबहादुर गुरुङ पनि मार्शल आर्टका खेलाडी भएकाले यो चलचित्रमा आफैले स्टन दिएका छन् । तसर्थ चलचित्र द्वन्द्व प्रधान बनेको छ।


Actors Bhojbahadur Gurung and Sneha Sharma. Photos courtesy: Bhoj.

४००० मिटरभन्दा माथीको हिमाली भेगको उचाईमा छायाँकन गरिएको हुनाले चलचित्र दृश्य प्रधानसमेत बनेको छ ।

बिन्दबासीनी चलचित्र मन्दिर र मूनाल फिल्म प्रालिको संयुक्त प्रस्तुती रहेको 'साहसी' अब छिट्टै प्रर्दशनको तयारीमा छ । चलचित्र 'साहसी' को निर्माण झमबहादुर गुरुङ, कूबिना गुरुङ र धनमाया गुरुङले गरेका छन् । कार्यकारी निर्माता मणिरत्न पौडेल, प्रस्तुतकर्ता भोजबहादुर गुरुङ्ग, कथा/निर्देशन बासुदेव पोखरेल, नृत्य अजय विष्ट, द्वन्द्व योगेन्द्र श्रेष्ठ, क्यामरा सुमन तण्डुकार, सम्पादन रोशन लामिछाने, गीत/संगीत लोकनाथ सापकोटा, पटकथा/संवाद पदमकृष्ण पौडेल रहेका छन् ।



चलचित्रमा कलाकारहरुमा राजेश हमाल, गणेश उप्रेती, स्नेहा शर्मा, भोजबहादुर गुरुङ, सर्मिला श्रेष्ठ, ज्याक गुरुलगायतको अभिनय रहेको छ ।

स्मरण रहोस, 'साहसी' चलचित्र हङकङ, अष्टे्रलिया र बेलायतमा प्रदर्शन भैसकेको छ । नेपालमा प्रदर्शन पश्चात अमेरिका, इजरायल, यूरोपका विभिन्न सहरहरुमा प्रदर्शन हुने जानकारी अन्तर्राष्टिय बितरक बिजेन्द्र गुरुङ (अमेरिका) ले जानकारी दिनुभयो ।


Photos courtesy: Bhoj.

-Chhabi Subedi in Pokhara

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.