| प्रधानमन्त्री नेपालको २४ सदस्यीय भ्रमण टोलीमा को को छन्? |
|
|
|
| Written by Anand Gurung & Sitaram Baral | |||
| Monday, 21 September 2009 02:22 | |||
|
काठमाण्डौ- प्रधानमन्त्री माधबकुमार नेपाल संयुक्त राष्ट संघको ६४ औं महासभामा भाग लिन राष्टसंघीय मुख्यालय रहेको अमेरिकी शहर न्यू योर्कतर्फ लागेका छन् ।
२४ सदस्यीय भ्रमण टोलीकासाथ प्रधानमन्त्री नेपाल आइतबार राति त्यसतर्फ लागेका हुन् । करिव एक हप्ता लामो अमेरिका बसाईंको क्रममा उनको कार्यभार उपप्रधानमन्त्री बिजयकुमार गच्छेदारले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री नेपाल असोज १२ गते स्वदेश फर्कने कार्यक्रम छ । यसअघि ६४ सदस्यीय जम्बो टोलीका साथ भारत भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री नेपालको न्युयोर्क टोलीमा भने २४ जना मात्रै छन्। टोलीमा मन्त्रीपरिषदका तर्फबाट स्वास्थ्यमन्त्री उमाकान्त चौधरीमात्र सहभागी छन्। प्रधानमन्त्रीको भ्रमण दलमा उनकी धर्मपत्नी गायत्री नेपाल, स्वकीय सचिव यादव चन्द्र शर्मा, विदेश सल्लाहकार राजन भटराई, राजनीतिक सल्लाहकार रघुजी पन्त, परराष्टसचिव ज्ञानचन्द्र आचार्य, परराष्ट मन्त्रालयका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठ, परराष्टका उपसचिव रुद्र नेपाल, परराष्टका शिष्टाचारअधिकृत जंगबहादुर गुरुंग, प्रधानमन्त्रीका दुईजना सुरक्षागार्ड एडीसी मेजर झलेन्द्र भट्टराई र अर्का एडीसी डीएसपी चन्द्र खापुङ छन् । यस्तै राजनीतिक दलका तर्फबाट कांग्रेस नेता डा. रामशरण महत, एमालेको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का सहमहामन्त्री तथा सभासद जीतेन्द्र सोनल, एमाले केन्द्रीय सदस्य भानुभक्त ढकाल सहभागी पनि छन्। एमाले नेता बोहोरालाई अध्यक्ष झलनाथ खनाललाई खुसी पार्न तथा केन्द्रीय सदस्य ढकाललाई अर्का बरिष्ठ नेता केपी ओलीलाई खुसी पार्न लगिएको हो । सोनल भने सत्तारुढ दलको नेताको हैसियतले भ्रमण दलमा परेका हुन् । परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेल, स्वास्थ्य सचिव डाक्टर सुधा शर्मा पनि टोलीमा सहभागी छन्। यस्तै उपसचिव इन्द्र नेपाल, प्रोटोकल अफिसर जंगबहादुर गुरुङ पनि न्युयोर्क प्रस्थान गरेका छन् । यस्तै, संयुक्त राष्ट्रसंघीय प्रधानमन्त्री मधुरमण आचार्य, अमेरिकाका कार्यबाहक राजदुत कालीप्रसाद पोखरेल, न्युयोर्कस्थित काउन्सिलर मिनिष्टर अमृतबहादुर राई र प्रमुख प्रोटोकल अधिकृत मोहनकृष्ण श्रेष्ठ भने अमेरिकाबाटै नेपाली टोलीमा सहभागी हुने कार्यक्रम छ । भ्रमण दलमा तीनजना सन्चारकर्मीहरुलाईपनि सामेल गरिएको छ । तिनमा छलफल साप्ताहिकका प्रधानसम्पादक गोपाल थपलिया, कान्तिपुरका सम्बाददाता राजेन्द्र फुयाल र नेपाल टेलिभिजनका क्यामरामेन रविन्द्र आचार्य छन् । यस्ता महत्वपूर्ण कार्यक्रममा कुटनीतिक बिषयमा दख्खल भएका पत्रकारहरुलाई लग्नुपर्नेमा प्रधानमन्त्रीले आफू निकटका पत्रकारहरुलाई लगेका छन् । थपलिया एमालेको केन्द्रीय सल्लाहकार हुन् भने कान्तिपुरका फुयाँलले एमालेको गत महाधिबेशनमा नेपालको पक्षमा समाचार प्रवाह गरिदिएका थिए । विदेश भ्रमणमा हिसाबले वर्तमान प्रधानमन्त्रीको यो तेश्रो भ्रमण हो । यसअगाडि भारतको सद्भाव भ्रमणमा जानु भएका प्रधानमन्त्री नेपाल प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिन इजिप्ट जानुभएको थियो । इजिप्टको भ्रमणलाई राजनीतिक र कुटनीतिक बृतमा धेरै महत्व नदिइएपनि विगतको भारत भ्रमण र अहिलेको अमेरिका भ्रमणलाई निकै महत्वपूर्ण मानिएको छ । किनभने प्रधानमन्त्री नेपालको यो भ्रमण कुटनीतिक हिसाबले मात्र होइन राजनीतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । किनकि महाशक्ति अमेरिकाका राष्ट्रपति बाराक ओबामा र राष्ट्रसंघका महासचिव बान कि मुनसंग प्रधानमन्त्रीको प्रत्यक्ष भेट हुनेछ । अझ अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्ने माधव नेपाल नेपालका प्रथम प्रधानमन्त्री हुनुहुनेछ । यति मात्र होइन अमेरिकी राष्ट्रपतिसंगको प्रत्यक्ष वार्तालाप देखि शान्ति सेनामा सहयोग गर्ने प्रमुख १० राष्ट्रका राज्य तथा सरकार प्रमुखबीचको गोलमेचमा पनि प्रधानमन्त्री सहभागी हुनुहुनेछ । सुरक्षा परिषदको रोलक्रम अनुसार अध्यक्षता गरिरहेको अमेरिकाले मंगलबार शान्ति सेनासम्बन्धी विशेष गोलमेच सम्मेलन गर्दैछ । सम्मेलनमा प्रधानमन्त्री नेपालले विश्व शान्तिमा नेपालले पुर्याएको योगदानको चर्चा गरिने भएको छ । नेपालले पनि विगत साढे ५ दशकदेखि विश्वका विभिन्न स्थानमा शान्ति स्थापनार्थ शान्ति सेना पठाउंदै आएको छ । शान्ति सेना पठाउने १ सय १८ मुलुकमध्ये नेपाल पांचौ स्थानमा पर्छ । अहिले पनि तीन हजार भन्दा बढी नेपाली सुरक्षाकर्मी शान्ति स्थापनाका लागि खटिएका छन्। महासभाका क्रममा राष्ट्रसंघीय महासचिव बान कि मुनले गर्ने जलवायु परिवर्तनसम्बन्धी विश्व नेताहरुको सम्मेलनमा प्रधानमन्त्री नेपाल सहभागी हुने कार्यक्रम छ । सभामा प्रधानमन्त्री नेपालले विश्वव्यापी तापमान बृद्धिले हिमश्रृङखलामा देखिएका असर र त्यसले पार्ने असरबारे चर्चा गर्नेछन्। जलवायु परिवर्तनका सम्बन्धमा नेपालको धारणाबारे प्रधानमन्त्रीको यसअघि नै ३ मिनेट लामो भाषण रेकर्ड गरेर पठाइएको छ । यति मात्र होइन प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयले हरेक बर्ष गर्ने विश्व नेताहरुको सम्मेलनमा पनि प्रधानमन्त्री नेपाल सहभागी हुने कार्यक्रम छ । हरेक बर्ष विश्वका एकमात्र नेतालाई चयन गरिने कार्यक्रममा यसपटक नेपालका प्रधानमन्त्री छनोट हुनुभएको हो । प्रधानमन्त्री नेपाल बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन र विश्व बैंकका अध्यक्षँ रोबर्ट जुलिकले संयुक्त रुपमा गर्ने विश्व स्वास्थ्यसम्बन्धी कार्यक्रममा पनि सरिक हुने कार्यक्रम छ । कार्यक्रममा सहस्राब्दी लक्ष्य पूरा गर्न नेपालले गरिरहेको प्रयास र चुनौती बारे प्रधानमन्त्री नेपालले धारणा राख्नुहुनेछ । कार्यक्रममा स्वास्थ्य मन्त्री उमाकान्त चौधरी र स्वास्थ्य सचिव डाक्टर सुधा शर्मा पनि सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री नेपालले विभिन्न देशका सरकार प्रमुखसंग पनि भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेपालले बुधबार अमेरिकी राष्ट्रतिसंग छुट्टै भेटने कार्यक्रम तय भएको छ । ओबामाले दिने रात्री भोजमा पनि प्रधानमन्त्री सरिक हुने कार्यक्रम छ । श्रीलंका, बंगलादेश र िसंगापुरका प्रधानमन्त्रीसंगको भेटवार्ताको समय पनि तय भइसकेको छ । अन्य देशका सरकार तथा राष्ट्र प्रमुखसंग भेटवार्ताका लागि न्युयोर्कस्थित नियोग जुटिरहेको छ । प्रधानमन्त्री नेपालसंगै परराष्ट्रमन्त्री सुजाता कोइराला नेतृत्वमा रहेको ६ सदस्यीय टोली पनि न्युयोर्क जांदैछ । मन्त्री कोइरालाले महासभाका क्रममा विकसित राष्ट्रको समूह जी ७, भू परिवेष्ठित विकासोन्मुख मुलुकहरुको समूह र सार्क मन्त्रीस्तरीय बैठकमा भाग लिने कार्यक्रम छ । -Anand Gurung & Sitaram Baral in Kathmandu Read our related news: -न्यू योर्कमा प्रधानमन्त्रीसंग "नेपालमा संघियता र नयाँ संबिधान" बारे अन्तर्कृया २५ सेप्टेम्बरमा हुने Read our last year's 63rd UN General Assembly meeting reporting: -"मोहनी लाग्ला है गाउँलेको भाकाले..." (5 Photos) प्रधानमन्त्री प्रचन्ड जाँदाजाँदै 'स्टेचु अफ लिबर्टी' र न्यूयोर्कको 'सब वे त्रेन' चढे -न्यू योर्कमा प्रधानमन्त्री प्रचन्डले जिते नेपालीहरुको मन (20 Photos) अमेरिकि नेपालीहरुले भने "प्रमले हाम्रो मन नेपाल फर्कौं बनाए" -प्रधानमन्त्री प्रचन्डद्वारा सं. राष्ट्र संघको ६३ औं महासभालाई सम्बोधन (6 Photos) गरिवी निबारण, बिकास, दीगो शान्ति र मानबाधिकारको रक्षा प्रमुख एजेन्डा -UN Wants to End Poverty by 2015 But Is Wary About the Deadline (6 Photos) Nepal’s New Prime Minister Envisions Achievement by 2018 -न्यू योर्कमा नेपालीहरुद्वारा प्रधानमन्त्री प्रचन्डको भब्य स्वागत (27 Photos) -"Mr. Prachanda, You're a Legend."-Prime Minister of Bhutan For Many World Leaders: UN Is a Must-Win Battle Ground : But at What Cost? (12 Photos) -News update: बुश र प्रचन्ड दुबै प्रसन्न अमेरिकि सहयोग आउने कुरामा प्रधानमन्त्री ढुक्क For more news York Nepalese community news go to:
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments