Inside

Member Login



You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?
 
थप ४१ वटा नगरपालिका गठनका लागि अन्तिम तयारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 03 July 2009 04:29
काठमाण्डौ - स्थानीय विकासमन्त्री पूर्णकुमार सेर्माले थप ४१ वटा नगरपालिका गठनका लागि अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् ।

मन्त्री शेर्माका अनुसार आगामी सय दिनभित्रै मुलुकमा नयाँ ४१ नयाँ नगरपालिकाहरु अस्तित्वमा आउनेछन् । अहिले ५८ वटा नगरपालिका छन्। नगर बिकास समितीहरु पनि अस्तित्वमा छन्। दलहरुको राजनीतिक संयन्त्र गठन गरी स्थानीय निकायलाई प्रभावकारी बनाइने बताउँदै मन्त्री शेर्माले तत्काल निर्वाचन हुने अवस्था नभएकाले दलहरुको सहमतिमा संयन्त्र बनाएर विकास निर्माणको काम अगाडि बढाइने जानकारीपनि दिएका छन् ।

'स्थानीय निकायमा पदाधिकारी नहुँदा काम गर्न समस्या आयो' मन्त्री शेर्माले भने- 'तत्काल राजनीतिक संयन्त्र गठन गरी काम अगाडि बढाइनेछ ।' सबै दल एकै ठाउँमा बसेर सहमतिबाट तय हुने बताउँदै सहमति, सहकार्य र एकताको विकल्प नभएकाले स्थानीय तहबाट त्यसको सफल परीक्षण हुनुपर्ने बताए । मन्त्री शेर्माले स्थानीय निकायमा राजनीतिक रिक्तताका कारण उत्पन्न समस्याको दिर्घकालिन समस्या निर्वाचन नै भएको बताए ।

निर्वाचनको वातावरण सृजना गर्नका लागि समयमै संविधान बन्नुपर्ने बताउँदै संविधान समयमै बनाउन सबैले आ-आफ्नो स्थानबाट योगदान दिन आग्रह गरे । देश संघीयतामा जानेभएपछि तीन तहको सरकार हुने उल्लेख गर्दै भने- 'केन्द्र, प्रान्तीय र स्थानीय सरकारको अवधारणाबारे बहस हुनुपर्ने बेला आएको छ ।' दलहरुबीच सहमतिमा जोड दिदै राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका मन्त्री शेर्माले 'जसले सहमति बनाउन सक्छ उसैको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्नेु बताए । उनले भने- 'सहमतिमा जो पनि सरकारको नेतृत्वमा पुग्नसक्छ ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60Send Holiday Smiles & Save $10 on Christmas Flowers & Gifts $59.99 & up at 1800Flowers.com! Use Promotion Code XMASTEN at checkout. (Offer Valid till Dec 24th) - 120x90Barnes&Noble.comNewspaperArchive.comiYogi; 24/7-Online PC SupportTripMama