| जनजाति, दलित र मुस्लिमद्वारा संयुक्त आन्दोलन घोषणा |
|
|
|
| Written by DB Angbung | |||
| Saturday, 08 August 2009 07:09 | |||
|
काठमाडौं - सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै आदिवासी/जनजाति, मुस्लिम, दलित संयुक्त संर्घष समितिले आन्दोलनका घोषणा गरेको छ ।
काठमाडौं- राज्यको पुनःसंरचना गर्दा जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान, थरुहट, तामाङसालीङ, खम्बुवान, नेवाः, तमुवान, मगरात र खसान स्वायत्त राज्यहरूको माग गर्ने आदिवासी जनजाति तथा सामुदायिक अधिकारकाल लागि आन्दोलनरत् मुस्लिमलगायतका विभिन्न राजनीतिक तथा सामाजिक संघ संगठनहरूले संयुक्त संघर्ष समिति निर्माण गरी एकमहिने संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।
नेपालमा आदिवासी जनजातिको हक, अधिकार र जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त राज्यहरूको संवैधानिक सुनिश्चिता, स्थापना र विकासका लागि आन्दोलनरत् राजनीतिक संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मञ्च सम्वद्ध लिम्बुवान, खम्बुवान, तामाङसालीङ, थरुहट राज्य परिषद् र थरुहट संयुक्त संघर्ष समितिको विशेष पहलमा उक्त संयुक्त संघर्ष समितिको निर्माण गरिएको छ । हाललाई 'आदिवासी जनजाति, मुस्लिम, दलित संयुक्त संघर्ष समिति' नामकरण गरिएको उक्त समितिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्, खम्बुवान स्वायत्त राज्य परिषद्, तामाङसालीङ स्वायत्त राज्य परिषद्, थरुहट स्वायत्त राज्य परिषद् परिषद् तथा अन्य संघ-संगठनहरूमा थरुहट संयुक्त संघर्ष समिति, थारु कल्याणकारी सभा, मगरहाङ परिषद् र संयुक्त मुस्लिम संघर्ष समिति रहेका छन् ।
संयुक्त संघर्ष समितिले साउन २२ गते रिपोर्टस क्लब काठमाडौंमा एक पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्तिमार्फत् समितिको आगामी आन्दोलनको कार्यक्रम र्सार्वजनिक गरेको छ । समितिको प्रेस विज्ञप्तिमा भनिएको छ- 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणालाई व्याबहारिक बनाउन आदिवासी जनजाति, मुस्लिम, दलित, सिमान्तीकृत आदिको अधिकार नयाँ संविधानमा सुनिश्ति गर्नु प्राथमिक र्सत हो । तर, देशको भू-सामाजिक यथार्थतालाई बेवास्ता गरी सत्तामा पुग्ने, टिकिरहने र फेरि सत्तामा कसरी पुग्नेजस्तो फोहोरी खेलमा सत्तापक्ष र प्रतिपक्षी राजनीतिक दलहरू लागिरहँदा शान्ति प्रक्रिया नै धरापमा परेको छ ।'
त्यसैगरी, सोही प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ- 'नेपालमा आदिवासी जनाजाति, मुस्लिम, थारु, दलित तथा अल्पसंख्यक् जाति र उनीहरूको संस्कृतिलाई मधेशीकरण तथा हिन्दूकरण गरी ती जातिहरूको स्वपहिचान र आत्मसम्मानमा चोट पार्ने दुस्साहस भएको छ ।'
स्थायी शान्तिको आधार तयार गर्नका लागि नयाँ संविधानको खाका कोर्न नेपाली जनताले पुनः निर्णायक आन्दोलनको उठान गर्नुपर्ने परिस्थितिलाई आत्मसात गर्दै संयुक्त आन्दोलनको घोषणा गर्न आवद्ध संगठनहरू सहमत भई संयुक्त आन्दोलनको साझा कार्यक्रम र मुद्दाहरू र्सार्वजनिक गरिएको जनाइएको छ ।
घोषित आन्दोलनको साझा कार्यक्रमअर्न्तर्गत् २०६६ साउन २५ गतेदेखि भाद्र १० सम्म प्रचार-प्रसार, भाद्र ११ देखि सरकारी कार्यालयमा तालावन्दी र धर्ना, भाद्र १६ गते मसाल जुलुस, र भाद्र १७ र १८ गते नेपाल बन्दगर्ने कार्यक्रम रहेको छ ।
संघर्ष समितिद्वारा सरकारसमक्ष प्रस्तुत साझा मुद्दाहरू निम्नानुसार रहेका छन्ः
१. २०६६ फागनु १८ गते भएको लिम्बुवान, खम्बुवान, तामाङसालीङ र थरुहटलगायतका स्वायत्त राज्यहरूको सुनिश्चित गर्नेलगायतका सहमतिको कार्यान्वयन गर्नुपर्ने,
२. थारु, मुस्लिम, आदिवासी जनजाति महासंघलगायतका आन्दोलनकारीहरूसँग भएको सम्झौताहरुको तत्काल कार्यान्वयन गर्नुपर्ने,
३. जातीय ऐतिहासिक पृष्ठभूमि र भाषिक आधारमा जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारसहित संघीय गणराज्यहरू सुनिश्चित गर्नुपर्ने,
४. जातीय जनसङ्ख्याको आधारमा राज्यको हरेक तह र अङ्गहरूमा पूर्ण समानुपातिक समावेशीकरण गर्नुपर्ने,
५. आदिवासी जनजातिको परम्परागत कानुन तथा मुस्लिम पारिवारिक कानुनलाई संवैधानिक मान्यता प्रदान गर्नुपर्ने,
६. आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणा पत्र र आई. एल. ओ. महासन्धि १६९ लाई तत्काल कार्यान्वयन गर्नुपर्ने,
७. आदिवासी जनजाति मुस्लिम र दलितहरूलाई मधेशी बनाउने ऐन् तथा कानुनहरू तुरुन्त खारेज गर्नुपर्ने,
८. नेपालको सीमा क्षेत्रको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न पहल गर्नुपर्ने,
९. उर्दूलगायत सबै मातृभाषालाई राष्ट्र भाषा र सबै जातिहरूको संस्कृतिलाई राष्ट्रिय संस्कृतिको मान्यता प्रदान गर्नुपर्ने,
१०. बढ्दो महँगी, नागरिक असुरक्षा, भोकमरी, झाडा पखाला महामारी तुरुन्त नियन्त्रण गर्नुपर्ने, र
११. आन्दोलनको क्रममा भएका घाइतेहरूको उचित उपचार र झुठा मुद्दा लगाइएका आन्दोलनकारीहरूको मुद्दा तत्काल फिर्ता गर्नुपर्ने रहेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै कुमार लिङ्देन 'मिराक'ले हाल सरकाद्वारा लागू गरिएको सुरक्षा नीतिको भत्र्सना र विरोध गर्दै विद्यमान चुनौतीहरुलाई बन्दुकको नालले होइन जातीय स्वायत्ततासहितको संघीय नीतिले समाधान गर्नुपर्ने कुरा बताउनु भयो । मन्तव्यकै क्रममा लिङ्देनले राज्यले देशलाई संघीय नभई असली हिन्दूस्थान बनाउनु खोजेको आरोप लगाउनु भयो ।
आफ्नो मन्तव्य राख्दै राजकुमार लेखीले भन्नुभयो- 'कसैले यो आन्दोलनलाई गलत मूल्याङ्कन नगरोस्, अबको सारा आन्दोलन आदिवासी जनजातिले हाँक्नेछन् ।'
यसैगरी, ताज मोहम्मद मियाले यो आन्दोलन काष्टिङ रहेको र कसैले अबमूल्यन गरेमा भयवाह स्थिति सिर्जना हुने बताउँदै सबैलाई आफ्नै आन्दोलन ठान्न आग्रह गर्नुभयो ।
पत्रकारहरुको जिज्ञासको जवाफ दिँदै लक्ष्मण थारुले भने- 'हिजो हामी फरक थियौं, आज हामी एक भएका छौं । आन्दोलनको क्रम्मा सरकारले जसरी दमन गर्नेछ, हामी त्यसरी नै त्यसको प्रतिरोध गर्नेछौं ।'
आदिवासी जनाजति, मुस्लिम, दलित संयुक्त संघर्ष समिति नेपालद्वारा प्रेसित सो प्रेस विज्ञप्तिमा थरुहट संयुक्त संघर्ष समितिका अध्यक्ष लक्ष्मण थारु, थारु कल्याणकारी सभाका महामन्त्री राजकुमार लेखी, संयुक्त मस्लिम राष्ट्रिय संघर्ष समितिका संयोजक ताज मोहम्मद मिया, तामाङसालीङ स्वायत्त राज्य परिषद्का अध्यक्ष डी. के. बुद्धिष्ट, मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन 'मिराक', मञ्च सम्वद्ध खम्बुवान स्वायत्त राज्य परिषदका अध्यक्ष्य इन्द्रहाङ खम्बू, राष्ट्रिय जनमुक्तिको भातृसंगठन मगरहाङ परिषद्का अध्यक्ष कर्ण सुनारी र मञ्च सम्वद्ध थरुहट स्वायत्त राज्य परिषदका उपाध्यक्ष योगेन्द्र थारुद्वारा हस्ताक्षर गरिएको छ ।
-DB Angbung in Kathmandu
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments