NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Saturday, 20 March 2010 13:48

कोइरालाको आइतबार राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टी गरिने
Update: काठमाडौं- नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाको निधनप्रति विभिन्न मुलुकहरुले समवेदना प्रकट गरेका छन् । अमेरिका, भारत लगायतका मुलुकहरुले कोइरालाको निधन लगत्तै समवेदना प्रकट गरेका हुन् । एसियाका शीर्ष राजनेताहरुको श्रेणीमा गनिने कोइरालाको निधनमा समवेदनाको ओइरो नै लागेको छ ।


नेपालस्थित अमेरिकी दूतावासले एक बिज्ञप्ती जारी गर्दै नेपालमा जारी शान्ति प्रकृयालाई सफल पारी नयाँ सम्बिधान जारी गर्नु नै कोइरालाप्रतिको साँचो श्रद्धान्जली हुने बताएको छ । भारतीय प्रम मनमोहन सिँहलेपनि कोइरालाको निधन समवेदना प्रकट गरेका छन् । भारतीय प्रधानमन्त्री सिँहले त कोइरालालाई एसियाका महान राजनेताको रुपमा व्याख्या गरेका थिए ।

कोइरालाको निधनमा नेपालका प्रमुख राजनीतिक पार्टीका नेताहरुलेपनि श्रद्धान्जली व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । कोइरालाको निधन लगत्तै कोइरालाप्रति अन्तिम श्रद्धान्जली दिन मण्डिखाटार पुगेका राष्ट्रपति डा रामबरण यादवले देशमा शान्ति स्थापना गर्नु नै कोइरालाप्रतिको सच्चा श्रद्धान्जली हुने बताएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोइरालालाई शान्ति प्रकृया र सम्बिधान लेखन प्रकृयाका नायकको रुपमा व्याख्या गर्दै सवै राजनीतिक दलहरुले गम्भीरतापूर्वक सहमति कायम गरी सम्बिधान लेखन प्रकृया र शान्ति प्रकृयालाई सफल पार्नुपर्ने बताएका छन् । अन्य पार्टी र नेताहरुको तर्फबाट पनि समवेदना सन्देश आउने क्रम जारी छ ।

Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

शनिवार दिउसो निधन भएका नेपाली राजनीतिका शीर्ष पुरुष तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आइतबार राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टी गरिने भएको छ । पूर्व राष्ट्रप्रमुखसमेत रहेका कोइरालाको पार्थिब शरीर आइतबार बिहान दशरथ रंगशालामा राखिने भएको छ, जहाँ देशभरिबाट आएका सर्वसाधारणहरुले स्वर्गीय कोइरालालाई अन्तिम श्रद्धान्जीली दिनेछन् । ६ घण्टाको कार्यक्रमपछि उनलाई पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।

Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

दिउसो १२ बजेर १० मिनेट जाँदा निधन भएका कोइरालाको निधनलगत्तै बसेको मन्त्री परिषदको बैठकले कोइरालालाई अन्त्येष्टी राजकीय सम्मानकासाथ गर्ने निर्णय गरे अनुसार उनले नेपाली सेनाद्धारा सलामी पाउनेछन् । पूर्व राष्ट्राध्यक्षको हैसियतमा कोइरालालाई राष्ट्रिय सम्मानकासा अन्त्येष्टी गरिन लागेको हो । अन्तरिम व्यवस्थापिका- संसदले राजतन्त्रलाई निस्कृय अवस्थामा राखेपछि प्रधानमन्त्री रहेका कोइरालाले राष्ट्राध्यक्षको जिम्मेवारीपनि निर्वाह गर्दै आएका थिए ।

डा. रामबरण यादवले राष्ट्रपतिको रुपमा राष्ट्राध्यक्षको जिम्मेवारी सम्हाल्नुअघिसम्म कोइरालाले सरकार प्रमुखका अलवा राष्ट्राध्यक्ष राष्ट्रप्रमुख को जिम्मेवारी सम्हालेका थिए । नेपालको इतिहासमा दुवै जिम्मेवारी सम्हाल्न पाउने विरलैमात्र पात्र छन् । त्यसो त, राजाहरुलेपनि मन्त्री परिषदको अध्यक्षको जिम्मेवारी लिएर यस्ता दुबै जिम्मेवारी ग्रहण गरेका छन् । तर कोइराला यस्तो प्रजातान्त्रिक व्यक्तित्व हुन् जसले दुबै जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।

करिव ६ घण्टा कोइरालाको पार्थिव शरीरलाई दशरथ रंगशालामा सर्वसाधारणको तर्फबाट अन्तिम श्रद्धान्जलीकालागि राखिएपछि दिउसो दुई बजे उनको शवयात्रा सुरु हुनेछ । शवयात्रामा लाखौंको सहभागिता रहने अनुमान गरिएको छ । शवयात्रामा भाग लिन नेपाली कांग्रेसका कार्यकर्ताहरु जिल्ला जिल्लाबाट काठमाडौं हिँडिसकेका छन् ।

कोइरालाको मृत्युको करिव ३ घण्टापछि स्व. कोइरालापुत्री सुजाताको मण्डिखाटारस्थित निवासमा कोइरालाको शव आइसमा राखिएको छ जहाँ विभिन्न राजनीतिक व्यक्तित्वहरुले उनलाई अन्तिम श्रद्धान्जली दिएका छन् ।

-Sitaram Baral in Kathmandu

Read our related news:

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?