NEWS: बिबिसी नेपाली सेवा ::

Inside

काँग्रेसमा नेत्रित्व लडाईंको रडाको पहिलो बैठक कहाँ गर्ने भन्ने मै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 23 March 2010 16:25

काठमाडौं- सभापति गिरिजाप्रसाद कोइरालाको निधनपछि नेपाली कांग्रेसका त्रय तीन बीचको आपसी कटुता र प्रतिस्पर्धा अरु बढेर गएको छ ।
पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवालाई कर्नरमा पार्न कार्यबाहक सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेल एक जुट भएका छन् भने आफूलाई कर्नरमा पार्न खोजिएपछि बरिष्ठ नेता शेरबहादुर देउवा स्व. कोइरालापुत्री सुजाता कोइरालाको समर्थनकालागि दौडधुप गर्न थालेका छन् ।

कोइरालाको निधनपछि कावा सभापति कोइराला, बरिष्ठ नेता देउवा र उपसभापति पौडेलले मिलेर पार्टी चलाउनेछन् भन्ने आशा कार्यकर्ताहरुले गरिरहेका बेला कोइरालाको निधन भएको ४ दिन पुग्दानपुग्दै आयोजना गरिएको पार्टी पदाधिकारीहरुको पहिलो बैठकमै तीन नेताबीच मनमुटाव देखियो । यही कारण विभिन्न बिषयमा निर्णय गरिएको महत्वपूर्ण बैठक बरिष्ठ नेता शेरबहादुर देउवाले बहिस्कारसमेत गरे ।

श्रोतका अनुसार, यसअघि सभापति कोइराला निवास वा पार्टी कार्यालयमा आयोजना गरिने बैठक पार्टीको बरिष्ठ नेताको हैसियतले बुढानिलकण्ठस्थित निवासमा हुनुपर्ने देउवाको माग थियो । पहिलो बैठक देउवा निवासमा बस्दा स्व. कोइरालाका उत्तराधिकारी देउवा हुन् भन्ने सन्देश जाने विश्लेषण कावा सभापति कोइराला र उपसभापति पौडेलले गरे । यो खेमाले देउवालाई चुनौति दिन कावा सभापति कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक बोलाउने निर्णय गर्यो ।

आफ्नो निवासमा बैठककालागि गरिएको प्रस्ताव कोइराला र पौडेलले अस्वीकार गर्दै कावास सभापति कोइरालाको निवासमा बोलाइएपछि देउवाले आफूलाई ठूलो चुनौति दिइएको ठाने । त्यसैले उनी कावा सभापति कोइरालाको निवासमा बोलाइएको बैठकमा सहभागी भएनन् । देउवा निकट श्रोतले देउवाले जानाजान सो बैठक बहिस्कार गरेको जानकारी दिएको छ । प्रश्न उब्जिएको छ, स्व. कोइरालाको १३ दिने कर्म नसकिँदै मिल्न नसक्ने नेताहरुले पछिल्ला दिनमा कसरी सामुहिताका आधारमा पार्टी चलाउलान् ?

-Sitaram Baral in Kathmandu

Read our related news:

-बिभिन्न क्षेत्रका नेपालीहरु स्वर्गिय कोइरालाबारे के सोच्छन्?

-न्यू योर्क र वासिङ्गटनस डिसीमा स्वर्गिय कोइरालालाई यसरी सम्झियो

-'उहाँ नेपालकै अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनबाट हामीले दक्षिण एसियाकै उच्च नेता गुमाएका छौं'- भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिँह

-ॠषि धमलाको रिपोर्टर्स क्लबद्वारा 'लोकनायक गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कार' को स्थापना

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?