NEWS: बिबिसी नेपाली सेवा ::

Inside

मन्त्री सुजाताको कृपामा धमलाको न्यू योर्क यात्रा PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sitaram Baral   
Monday, 21 September 2009 02:20
काठमाण्डौ- आइतबार बसेको मन्त्री परिषदको बैठकले रिपोटस्र क्लबका अध्यक्ष ऋषि धमला विरुद्धको हात हतियार तथा खरखजाना मुद्धा फिर्ता लिएको छ ।

उनीसँगै सो मुद्धा लागेका दुई मधेशी पत्रकारहरु बीरेन्द्र केएम र रामशुभक महतोविरुद्धको मुद्धापनि फिर्ता भएको छ । परराष्टमन्त्री सुजाता कोइरालाले राष्ट संघ महासभामा भाग लिन जाने टोलीमा धमलालाई राखेपछि धमलाविरुद्धको मुद्धा फिर्ता लिएको हो । उनीमाथि नेपाल प्रहरीले मुद्धा दायर गरेको थियो ।
 
मधेशमा सशस्त्र संघर्षरत रणबीर सेनालाई सघाएको आरोपमा गत माघमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनीसँगै इटहरीमा कार्यरत पत्रकार बीरेन्द्र केएम र नेपाल जापान डटकमका रामशुभक महतोपनि पक्राउ परेका थिए । करिव एक महिनासम्मको जेल जीवनपछि धमला धरौटीमा रिहा भएका थिए भने केएम र महतो हिरासतमा नै थिए । सरकारले मुद्धा फिर्ता लिने निर्णय गरेपछि केएम र महतो आज छुट्ने भएका छन् ।

परराष्टमन्त्री सुजाता कोइरालाको कृपाबाट उनीसँगै न्यूयोर्क जाने टोलीमा परेका धमलाविरुद्धको मुद्धा थाति राख्दा विभिन्न प्रश्न उठ्ने भएकाले मुद्धा फिर्ता लिइएको हो । यसअघिपनि मन्त्री कोइरालाकै निगाहमा उनको तथा प्रधानमन्त्री माधब नेपालको भारत भ्रमण टोलीमा धमलालाई पारिएपछि प्रश्न उठेको थियो । राज्यविरुद्धको अपराधको अभियोग लागेका व्यक्तिलाई यसरी राज्यले महत्वपूर्ण भ्रमण टोलीमा पार्नु आश्चर्यजनक थियो ।

यही प्रश्न उनलाई न्युयोर्क भ्रमण दलमा पारिएपछिपनि उठेको थियो । राज्यविरुद्धको अपराध अभियोग लागेका धमलालाई टोलीमा सामेल गर्न लागिएपछि परराष्टका अधिकारीहरुले असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रधानमन्त्री नेपाल न्युयोर्ककालागि उड्नुभन्दा केही दिनअघिमात्र बसेको मन्त्री परिषदको बैठकले धमला विरुद्धको मुद्धा फिर्ता लिएको थियो । परराष्टमन्त्री कोइरालाको अनुरोधमा अमेरिकी दूतावासले धमलालाई भीषा प्रदान गरेको थियो ।

-Sitaram Baral in Kathmandu

Comments

avatar coney island
0
 
 
sujata lai entertainment ko lagi hola ni damala lai new york lyayeko pani, la la damala moj gar sale .
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar SHERPA From New York
0
 
 
सुजाताको बुद्धि अनुसार त धमलानै सल्लाहकार हुन ठीक हुने हो । चोरले चोर चिन्छ भनेको साँच्चै हो रहेछ ।

हुन त ज्यान मार्ने उद्योग पनि कुन ठूलो मुद्दा रह्यो र अब ? ज्यान मारेकै चाँही छैन क्यारे त । अनी सरकारले मुद्दा फिर्तामात्र लिए पुग्ने रहेछ ? किन के कति कारणले फिर्ता लिएको हो सो को कारण चाँहि खुलाउन नपर्ने रहेछ ? हुन त सरकारको लागि त अमेरिकासँगै लैजान नै पर्याप्त कारण हुन सक्छ । कसैप्रति जवाफदेही हुनुपर्ने भए पो यस्तो गम्भिर मुद्दाका आरोपीको मुद्दा फिर्ता लिन अलि हच्किन्थे । कानूननै आफ्नो लंगौटीमा राखेर हिँड्याछन् । माकुने र सुजाताले अनि के को उत्तरदायित्व होस ? किन नहोस कानूनी राज (कुन चराको नाम हो ?) को उपहास ?

मुद्दा फिर्ता लिने कुरामा माओवादीको र अहिलेको सरकार बिचमा के फरक रह्यो र ?

धमलाको सहयोगीको लिष्टमा बायाँ र दायाँ दुबै तिरका वकिलको ताँती देखियो ती मध्येपनि दायाँपट्टिको बाट प्रेमबहादुर खड्का पनि परेका रहेछन् जो यसपाली नेपालबारको चुनावमा अध्यक्षको उम्मेदवार छन् अब यीनलाई चुनावमा हराएर पैताला चटाउनु पर्छ ।

हेर्दै जानुस यो धमलोलाई एकाथरी नेपाली डायसपोराले अमेरिकामा पनि ससम्मान स्वागत र अभिनन्दन गर्ने छन् । किनकी एमाले अनी कांग्रेसका समर्थक त होलान् नी त्यहाँपनि ।

कत्ति महत्वपूर्ण रहेछ त नेपालको राजनीतिको लागि यो धमलो ?????

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Astoria
0
 
 
अच्म्भ लाग्यो,एमालेका भात्री संगठन यूनाईटेड डेमोक्र्याटिक फॉण्ट का अध्यक्ष टेक गुरुंग ले माकुने र सुजाता बाट आशिर्बाद लिन क़ुइन्सको चेन फेडेरेसन हलमा उपस्थित जनसमुदायहरुको अगाडी ऋषि धमलाको समर्थनमा बढाई चढाई गरेर बोलेको सुन्द तिन छक्क पर्नु भयो,जे होस चोर डांका फटाहालाई समर्थन गरेर बढाई चडाई गर्नु नै सच्च ईमानदार जन समुदायलाई
झुक्याउने र फटाहा को राजनीति गर्ने खेल हो भन्ने बुझ्नु जरुरी देखिन्छ,
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?