| बिशेष फिचर: संघीयतामा जाँदाका जोखिमहरु अवस्य होलान् तर संघीयता नै अब देशलाई विभाजन हुनबाट रोक्ने सबैभन्दा बलियो बिकल्प बन्न पुगेको छ |
|
|
|
| Written by Sitaram baral | |||
| Friday, 01 May 2009 22:41 | |||
|
काठमाण्डौं, सम्बैधानिक रुपले नै नेपाल संघीय मुलुक हुनेछ भन्ने कुरा उल्लेख भएपछि र कस्तो संघीय प्रदेशहरुको निर्माण गर्ने भन्ने कुरा सम्बिधान सभाले सहमतिमा आधारमा तय गर्ने भएपछि विभिन्न राजनीतिक दलहरु, जातीय संघ-संगठनहरु, यससम्बन्धी अध्येता र विद्धानहरुले नेपालभित्र कायम हुनसक्ने संघीय प्रदेशहरुको खाका कोर्न थालिसकेका छन् ।
संघीयताको मागले यति जोर पकि्रसकेको छ कि अब संघीयतामा जाँदा होइन बरु संघीयतामा नजाँदा उत्पन्न हुने आक्रोसले देश विभाजन हुने सम्भावना छ । संघीयतामा जाँदाका जोखिमहरु अवस्य होलान् तर संघीयता नै अब देशलाई विभाजन हुनबाट रोक्ने सबैभन्दा बलियो बिकल्प बन्न पुगेको छ ।
संविधान सभाको बैशाख १६ (२०६५) बैठकले संविधान निर्माणकालागि यसअघि तय गरिएको कार्य तालिकालाई चौंथो पटक हेरफेर गर्यो । नयाँ सम्बिधान २०६७ जेठ १४ सम्म तैयार गर्ने पूर्ववत योजनामा भने कुनै फेरबदल गरिएको छैन । निश्चय नै अब बन्ने नयाँ सम्बिधानमा नेपालभित्र विभिन्न संघीय राज्यहरुका सीमारेखाहरु कोरिएका हुनेछन् । तर सम्बिधान सभा र नयाँ बन्ने सम्बिधानले संघीय राज्यहरुको सीमा कोर्नुअघि निक्र्याैल गर्नुपर्ने केही महत्वपूर्ण विषयहरुका बारेमा सम्बिधान सभा, राजनीतिक दलहरु, संघीय राज्यको वकालत गर्ने संगठनहरुबीच आवस्यक छलफल र अन्तकिर््रया हुन सकेको छैन ।
संघीय नेपालमा प्राकृतिक श्रोत तथा साधनहरुको उचित बाँडफाँड र व्यवस्थापन सम्बन्धी बिषय एउटा यस्तो महत्वपूर्ण विषय हो जसका बारेमा अहिल्यैदेखि गृहकार्य गर्न सकिएन भने त्यसले भोलि ठूलो द्धन्द सिर्जना गर्न सक्छ । नेपालको सन्दर्भमा प्राकृतिक श्रोत, साधन अन्तर्गत मूल रुपमा तीन 'ज' अर्थात् जल, जमीन र जंगल पर्दछन् । यसबाहेक जडिबुटी, खानी आदिलाईपनि प्राकृतिक श्रोत-साधन अन्तर्गत राख्ने गरिएको छ । सम्बिधान सभाले बनाउने नयाँ सम्बिधानले मूलतः संघीय प्रणालीलाई संस्थागत गर्नेछ । नयाँ सम्बिधानले बनाउने नेपालको नक्सामा विभिन्न संघीय राज्यहरुको नक्सापनि देख्न पाइने पक्का छ ।
एकात्मक प्रणाली अन्तर्गत ५ विकास क्षेत्र, १४ अन्चल र ७५ जिल्ला रहेको नेपालमा संघीय राज्य बनेपछि यी पुराना संरचनाको ठाउँमा अब नयाँ संरचना संघीय प्रदेशहरुको निर्माण हुनेछ । राजतन्त्रको नेतृत्वमा रहको एकात्मक राज्य प्रणालीले देशभित्र रहेको विभिन्न जाति, भाषा, लिङ्ग र क्षेत्रको सम्मान र विकास हुन नसकेको निष्कर्ष बहुसंख्यक राजनीतिक दल, नागरिक समाज, सम्बद्ध क्षेत्र-भाषा-लिङ्गका जनताले निकालेपछि राजतन्त्र समाप्तीकालागि गरिएको संयुक्त लोकतान्त्रिक आन्दोलन २०६२-०६३ पछि नेपाल संघीयताको पाइलोमा औपचारिक रुपले िहंड्न थालेको हो ।
राजतन्त्रको अन्त्यअघि संघीयता केवल नारामा सीमित थियो । मधेश आन्दोलनपछि अन्तरिम सम्बिधान- २०६३ मा संसोधन गरी नेपालले संघीय राज्यप्रणाली अपनाउने कुरा औपचारिक रुपले उल्लेख गरियो । त्यसअघि र पछिपनि जाति, भाषा र तिनको ऐतिहासिकताको आधारमामात्र संघीय नेपालभित्र विभिन्न प्रदेशहरुको निर्माण गर्नु पर्ने भन्दै बहस हुँदै आएको छ । राज्यबाट हुने विभिन्न जाति, भाषा, लिङ्ग र क्षेत्रमाथिको उत्पीडनको अन्त्य र तिनको विकासको अचुक अस्त्रको रुपमा संयीयतालाई व्याख्या गर्ने गरिएको छ ।
बहुदलीय व्यवस्थाको सुरुवातसँगै स्थापना भएको नेपाल सद्भावना पार्टीले भाषा र रंगको आधारमा नेपालको तराई क्षेत्रमा बसोबास गर्ने नेपाली मधेशी माथि उत्पीडन भएको बताउँदै त्यो उत्पीडनको अन्त्यकालागि संघीय प्रणालीको माग गरेको थियो । जनमुक्ति पार्टीलेपनि आदिवासी-जनजातिको भाषा-संस्कृतिमाथि राज्यसत्ताले अतिक्रमण गरी भाषा संस्कृति लोप गरेको निष्कर्षकासाथ जाति तथा भाषाको आधारमा संघीय प्रणालीको माग गरेको थियो । तर संघीयताकालागि उनीहरुले जोडदार अभियान सचालन गर्न नसक्दा संघीय राज्यको माग नारामामात्रै सीमित रह्यो ।
चुनावी घोषणा पत्रमा जातीय राज्य संघीयताको माग गर्ने बाहेक उनीहरुले अरु केही गर्न सकेनन् । २०५२ फागुन १ देखि सशस्त्र जनयुद्ध सुरु गरेको नेकपा माओवादीले उत्पीडित क्षेत्र र जातिहरुलाई जनयुद्धप्रति आकर्षित गर्न आत्मनिर्णयको अधिकारसहित जातीय तथा क्षेत्रीय स्वायत्त राज्यहरुको अवधारणा अघि सार्यो । त्यसपछि नेपालमा संघीयताको नाराले जोर पक्रेको हो । त्यसयता चर्चामा आएको राज्य पुनस्ररचनाको आधार नै संघीय राज्यहरुको निर्माण बनेको छ । संविधान सभामा प्रतिनिधित्व गर्ने २५ मध्ये २३ दलपनि संघीय राज्यको पक्षमा छन् ।
सम्बैधानिक रुपले नै नेपाल संघीय मुलुक हुनेछ भन्ने कुरा उल्लेख भएपछि र कस्तो संघीय प्रदेशहरुको निर्माण गर्ने भन्ने कुरा सम्बिधान सभाले सहमतिमा आधारमा तय गर्ने भएपछि विभिन्न राजनीतिक दलहरु, जातीय संघ-संगठनहरु, यससम्बन्धी अध्येता र विद्धानहरुले नेपालभित्र कायम हुनसक्ने संघीय प्रदेशहरुको खाका कोर्न थालिसकेका छन् । यद्यपी संघीयतामा जाने कुरामा ठूला राजनीतिक पार्टीहरुले धोका दिनसक्ने आशंका अझैपनि जीवित छ । किनभने नेपाली कांग्रेस, नेकपा एमाले लगायतका केही पार्टीकालागि संघीयतामा जानु खुसीको कुरा थिएन बाध्यताकाकारणमात्र उनीहरुले संघीय प्रणाली स्वीकार गरेका हुन् ।
त्यसैले यही आशंकामा पूर्वी किराँतमा लिम्बुवान, थारुहरुले थरुहट र तामाङ्गहकालागि तामाङ्गसालिङ्गको माग गर्दै उपरोक्त जाति-विशेषमा आधारित राजनीतिक दल र संगठनहरुले आन्दोलन जारी राखेका छन् । राष्ट्रिय जनमोर्चा र नेमकिपाले संघीयताले टुक्र्याउँछ भन्ने तर्क गरेका छन् । तरपनि संघीयताको मागले यति जोर पकि्रसकेको छ कि अब संघीयतामा जाँदा होइन बरु संघीयतामा नजाँदा उत्पन्न हुने आक्रोसले देश विभाजन हुने सम्भावना छ । संघीयतामा जाँदाका जोखिमहरु अवस्य होलान् तर संघीयता नै अब देशलाई विभाजन हुनबाट रोक्ने सबैभन्दा बलियो बिकल्प बन्न पुगेको छ ।
संघीयताकैलागि गत साल मधेश आन्दोलन भयो । र संविधानमा संघीयताको व्यवस्था गरियो । तर के अब मधेशलाई समेट्ने गरी मधेश नामको प्रदेश नमान्दा आन्दोलनमा उत्रेका मधेशका जनता र मधेशवादी पार्टीहरुले मान्लान् अनि मधेश प्रदेश बन्दा तराईमा अझ बढि जनसंख्या भएका थारुहरु चुप लागेर बस्लान् ? गुरुङ्ग र मगरहरुको उल्लेख्य बसोबास रहेको मध्य पहाडी जिल्लाहरुमा उठेको तमुवान र मगराँत राज्यको खाकालाई मूर्त रुप निदिदा गुरुङ्ग र मगरहरुको मन शान्त होला ? गुरुङ्ग र मगरहरुले जाति, भाषा र ऐतिहासिकताका आधारमा संघीय प्रदेश पाउँदा राजधानी क्षेत्रका नेवारहरु र राजधानी वरिपरि बसोबास गर्ने तामाङ्गहरुमात्रै किन चुप लागेर बस्छन् ?
माग गरिएबमोजिम अरुले मागे बमोजिम संघीय प्रदेश पाउँदा राजधानी काठमाडौंबाट टाढा भएकै कारण बर्षाैदेखि उत्पीडनमा परेका सेती-महाकाली र कर्णालीका जनताचािहं आफूहरुको हित हुनेगरी निर्माण गर्ने संघीय राज्यप्राप्तिको यो अभियानमा चुप रहनुपर्ने कारण के छ ? संघीयता अपरिहार्य आवस्यकता हो भन्ने बुझेर हुनसक्छ विहीबार बैशाख १७ मात्रैपनि संविधान सभाका सभामुख सुवाष नेम्वाङ्गले जातिभेद उन्मुलन महासंघले आयोजना गरेको कार्यक्रममा नेपाल अव संघीयताबाट पछि हट्न नसक्ने बताएका छन् ।
सरसर्ती हेर्दा लाग्छ संघीय प्रदेशहरुको निर्माण नै भावी नेपाल शान्त, सम्बृद्ध र समुन्नत बन्ने आधार हो । तर के संघीय राज्य बनेपछि ऐतहिासिकता, भाषा र संस्कृतिका आधारमामात्र ती राज्य समुन्नत हुन्छन् त ? "जाति-भाषा र तिनीहरुको ऐतिहासिक पृष्ठभूमि नै संघीय प्रदेश राज्य निर्माणका आधार हुन सक्छन् तर यत्तिका आधारमामात्र प्रदेश बनाइयो भने ती राज्यहरुको आर्थिक हैसियत कमजोर हुनसक्छ भन्ने कुरामापनि ध्यान दिनुपर्छ" धनकुटा- २ बाट निर्वाचित संविधान सभाका सदस्य तथा माओवादीसम्बद्ध लिम्बुवान मुक्तिमोर्चाका महासचिव हरि खेवा लिम्बू भन्छन्- 'जाति, भाषा र ऐतिहासिकताको आधारमा संघीय प्रदेशहरुको निर्माण त गर्न सकिएला तर ती संघीय प्रदेशहरुको आम्दानी श्रोत के हुन सक्छन् भन्ने कुरापनि विचार गर्नुपर्छ । यसरी सबै कुरा बिचार गरेर संघीय प्रदेशहरुको निर्माण गरिएन भने ती प्रदेशहरु असफल हुनसक्छन् ।' ती संघीय प्रदेशहरुको आर्थिक आधार विचार गरी संघीय प्रदेशको निर्माण गर्न सकिएन भने ती प्रदेशहरु असफल हुने कुनै संघीय प्रदेश असफल हुनुको अर्थ नेपालको सन्दर्भमा संघीय व्यवस्था नै असफल हुनसक्ने उनको धारणा छ ।
हालसम्म चर्चामा आएका संघीय राज्यका खाका हेर्ने हो भने खाकाहरु जाति-भाषा र उत्पीडित क्षेत्रको आधारमा कोरिएका देखिन्छन् । संविधान सभा चुनावमा माओवादीले जारी गरेको चुनाव घोषणा पत्रमा मधेशसहति ९ राज्य र त्यसअन्तर्गतको मधेशमा ३ वटा उपराज्यसहित ११ वटा संघीय प्रदेशको खाका प्रस्तुत गरेको छ । संघीयताको प्रखर पक्षधर मानिएको संविधान सभामा सबैभन्दा ठूलो दल नेकपा माओवादीले कोरेको संघीयताको यो खाकापनि जाति-भाषा तथा उत्पीडित क्षेत्रको आधारमामात्र कोरिएको देखिन्छ । ती राज्यहरुको आम्दानीको श्रोत के हुनसक्छन् भन्ने कुरामा माओवादीले ध्यान दिएको देखिन्न ।
संघीयताको पक्षमा प्रखर वकालत गर्दै आएका मधेशी जनअधिकार फोरमलगायतका दलहरुलेपनि जाति, भाषा र भूगोललाई संघीय प्रदेश निर्माणको प्रमुख आधार मानेका छन् प्राकृतिक श्रोत-साधनलाई होइन । नेपाली कांग्रेसले ६ वटा संघीय राज्यको खाका ल्याएको छ । तर उसलेपनि प्राकृतिक श्रोत, साधनको उचित बाँडफाँड हुनेगरी संघीय राज्यको खाका कोरेको छैन । एमालेलगायतका दलहरुलेपनि संघीय प्रदेशहरुको निर्माण गर्दा प्राकृतिक श्रोतहरुको उचित बाँडफाँडप्रति ध्यान दिएका छैनन् । संघीयताका आधारहरुबारे राजनीतिक दलहरुले पर्याप्त छलफल र विमर्श गरेका छैनन् ।
नेपालमा जति उद्योग धन्दा स्थापना भएका छन् ती धेरैजसो तराई-मधेश क्षेत्रमा र केहीमात्र राजधानीलगायत प्रमुख शहरी क्षेत्रहरुमा छन् । तीपनि देशको औद्योगिकीकरण र आर्थिक उपार्जनकालागि पर्याप्त छैनन् । तराईमा उद्योग धन्दाको स्थापना कॆन्द्रीकृत राज्यका बेला भयो । त्यसैले त्यहाँका उद्योग धन्दा भोलि बन्ने सबै संघीय प्रदेशहरुकापनि सम्पत्ति हुन् । ती उद्योगधन्दा भोलि मधेश प्रदेश अन्तर्गत पर्न सक्छन् । भोलि ती उद्योग धन्दाहरुको स्वामित्व कुन प्रदेश अन्तर्गत पार्ने भन्ने विवाद सिर्जना हुनसक्छ ।
मधेशकै सम्पत्तिमात्र हो भनियो भने अन्य प्रदेशहरु असन्तुष्ट हुने त छँदैछ ती उद्योगकालागि कतिपय कच्चा पदार्थरु पहाडी क्षेत्रमा उत्पादन हुनेहुँदा कुनै पहाडी प्रदेशले कच्चा पदार्थ रोकिदिन सक्छ । यसबाट घाटा दुबै प्रदेशलाई हुनेछ । दुई प्रदेशबीचको द्धन्दले समग्र देशलाई नै घाटा पर्न सक्छ । यस्ता थुप्रै विषय देखिन्छन् जसकाबारे संघीय प्रदेशको व्यवस्था गरिनुअघि नै विचार पुर्याउनुपर्ने हुन्छ । प्राकृतिक श्रोत-साधनको उचित बाँडफाँडको व्यवस्था नगरी केवल ऐतिहासिकता, जाति-भाषा र उत्पीडित क्षेत्रका नाममा संघीय प्रदेशहरु बनेभने त्यसले नयाँ द्धन्द सिर्जना गर्ने पक्का पक्की छ । त्यसैले प्राकृतिक श्रोत-साधनको उचित बाँडफाँडप्रति सम्भावित प्रदेशका राजनीतिक दलका नेता र जनतलाई सहमत गरेरमात्र संघीय प्रदेशहरुको निर्माण गरिनुपर्छ ।
'संघीयता हाम्रालागि अपरिहार्य छ यसलेमात्र दमित जाति-जनजाति, क्षेत्र र लिङ्गहरुको आवाजको सुनुवाई गर्न सक्छ त्यसैले हाम्रो सन्दर्भमा संघीयता द्धन्दहरुको अन्त्यकालागि हो' नयाँ सम्बिधानमा प्राकृतिक श्रोत साधनको बाँडफाँड र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिरहेको सामुदायिक विकास संगठनका संयोजक सोमत घिमिरे भन्छन्- 'संघीय प्रदेशहरुको निर्माण गर्दा प्राकृतिक श्रोत साधनको बाँडफाँड र व्यवस्थापनमा ध्यान दिन सकिएन भने नयाँ द्धन्द सिर्जना हुनसक्छ त्यसैले यससम्बन्धमा घनीभूत बहस सुरु गरिहाल्नु पर्छ ।'
केन्द्रीकृत राज्यसत्ताले गरेको भाषिक-सांस्कृतिक-आर्थिक उत्पीडनकाकारण नेपालमा जाति-भाषा र तिनको ऐतिहासिकताका आधारमा संघीय प्रदेशहरुको निर्माण गर्नुपर्ने कुरा उठ्यो । त्यसले आन्दोलनको रुप लियो । जे भयो ठीकै भयो । एक बर्षभित्रै संविधान बनिसक्ने भएकाले अब नेपाल साँच्चिकै सघीयताको ढोका नजिकै पुगेको छ । ठीकै छ जाति-भाषा-समुदाय-उत्पीडित क्षेत्रको भावना समेटिने गरी प्रदेशहरुको निर्माण गरौं । तर कसैलाईपनि अन्याय र समस्या नपर्ने गरी प्राकृतिक श्रोत, साधनहरु बाँडफाँड गरेरमात्र गरौं । ताकि जल, जमिन वा जंगलकालागि लिएर नेपाली-नेपालीबीच नयाँ द्धन्द सिर्जना नहोस् ।
-Sitaram Baral in Kathmandu
|
Most Popular News Links: Top 100
- प्रधानमन्त्री झलनाथ खनाल राजिनामा दिने अन्तिम तयारीमा
- न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी
- Readers' Comments Section
- न्यू योर्क 3rd Annual Dance Parade मा ७ हजार भन्दाबेशी डान्सरहरु सहभागी
- New York Nepalese Community News
- केटी फँसाउने नेपाली भिक्षुलाई अमेरिकामा चाँही शान्ती पुरस्कार
- न्यू योर्कमा बेखबर एउटा नेपाली घरसँग जोडिएको नेपालीहरुको नाता
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- न्यू योर्कमा नेपालीले नेपालीलाई गर्धनमा खुकुरी प्रहार
- न्यू योर्कमा तीन तल्ला माथिबाट खसेको फर्सीबाट नेपाली महिला सिकिस्त
- न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै
- न्यू योर्कमा नेपाली कला मन्चको रमाइलो दसैं साँझ
- Unsung Heroes: Hope for New Nepal
- न्यू योर्कमा नेपालका ५ चर्चित कलाकारहरुको रमाइलो सांगितिक साँझको केही बान्की
- English Section News Archives 07-08-09
- News Archives: Featured News
- न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
- People's Court or Jana Adalat: Let YOUR voice be Heard
- Don't Miss 1st Live Broadcst from New York City !
- न्यू योर्कमा नेपालको प्रथम गणतन्त्र दिवस यसरी मनाइयो
- न्यू योर्कमा ७२ जना उत्तर अमेरिकि नेपाली कविहरुका दुई कबिता संग्रहहरु बिमोचित
- न्यू योर्कको कुइन्स शहरबाट हराइन् कृष्णकुमारी गुरुङ, खोजी जारी
- माओवादी दुई स्थानमा, काँग्रेस, नेकपा एमाले र मधेशी जनअधिकार फोरम एक\एक स्थानमा विजयी
- न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम
- न्यू योर्कबाट जाँदाजाँदै नेपालीका मन यसरी जिते नायक राजेश हमालले
- न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट
- न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित
- न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्
- अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न
- Canada Nepalese Community News
- न्यू योर्कमा प्रधानमन्त्री नेपालसंग नेपालीहरुको अन्तर्कृया हुनै नपाएपछि !
- लौ चाखौं Taste of Nepal को स्वाद त्यो पनि न्यू योर्क मै !
- Faces of the Week साताको अनुहार
- ३१ बर्षका २८ बजेट भाषणहरु आँफै पढ्नुहोस् अनि घोत्लिनुहोस् कहाँनिर भो देश खोक्रो बनाउने गल्ती ?
- न्यू योर्कमा नेपालका साहित्य समालोचक, लेखक एबं पत्रकार स्व. बासु रिमाल 'यात्री' को सम्झनामा शोक सभाको आयोजना
- न्यू योर्कमा सुपरिचित चलचित्र नायक राजेश हमालको सम्मान
- न्यू योर्कमा प्रथम अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न
- न्यू योर्कको अर्को ह्योल्मो सोनाम ल्होसारको रौनक
- न्यू योर्कमा गायिका कुन्ती मोक्तान र लोक गायक मिलन लामाको सम्मान
- न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !
- न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस
- नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई... अन्जु पन्त र जगदिश समालको टोली अमेरिकि साँगितिक भ्रमणमा
- Nepalese Songs & Dance
- न्यू योर्कबाट हराएकी कृष्णकुमारी ५२ घण्टापछि सकुशल घर फर्किन्
- न्यू योर्कबाट ओक्टोबर १६ र १७ बेलुकी ९ बजे प्रत्यक्ष प्रसारण हुने
- Nepali New Year 2066 Celebration by America-Nepal Friendship Society (ANFS)
- न्यू योर्कमा शेर्पाहरुको खेलकुद कार्यक्रममा भलिबल र फुट्बलमा १८ टिमको प्रतिस्पर्धा
- बिशेष फोटो फिचर: न्यू योर्कमा नेपाली कलाकारहरुद्वारा देउसी-भईलोको रमाइलो
- USNepalOnline.Com sends you greetings and thanks for your participation at our 2nd Anniversary Celeb
- न्यू योर्कमा होलीको रंगोली !
- आदिबासी भर्सेस आदिबासी? न्यू योर्क अन्तर्कृयाको चिरफार
- न्यू योर्कमा ९९ औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न
- न्यू योर्कमा ह्योल्मो सोनाम ल्होसार साँझको रमाइलो
- न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा
- संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको
- Nepali New Year 2066 Celebration in Rigdewood, New York
- न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न
- न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने
- Challenges of the 21st Century Series by Pradeep Thapa
- अमेरिकाका एमाले समर्थकहरु एमाले-कांग्रेस गठबन्धनको बिरुद्ध ?
- न्यू योर्कमा नयाँ नेपाल बनाउन साङ्गितिक साँझको आयोजना
- न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो
- World Music: Music, Song, Dance
- न्यू योर्कमा नेपाली साहित्य गोस्ठी र सम्मान समारोह
- न्यू योर्क शहरमा घरेलु कामदार महिलाहरुको लागि आवाज उठाउँदा
- १४२ औं स्थानबाट १४४ औं स्थानमा नेपालको उँधोगती
- न्यू योर्कमा नेपाली महिलाहरुको रमाइलो नयाँ बर्ष कार्यक्रम सम्पन्न
- न्यू योर्कमा लिम्बुहरुको रमाइलो ताम्भुङ्चा सम्पन्न
- अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
- न्यू योर्कमा नेपाली महिलाहरुले बुझे स्वास्थ्य नै धन हो
- न्यू योर्कमा नेपालका ९ सभासदहरु आदिबासी सम्बन्धी बैठकमा भाग लिन आइ पुगे
- Live Broadcasting Shows / Interview Archive
- जनमुक्ति सेनाले अब राजनीतिक बिषयबस्तुमा टीकाटिप्पणी गर्न नपाउने
- जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो
- A Son of a Priest, now Hero in a World's Best University
- "न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"
- न्यू योर्कमा 'अधिकार' को चौंथो वार्षिकोत्सब र पुरस्कार बितरण समारोह सम्पन्न
- नारायणहिटी दरबार हत्याकाण्डको ९ वर्ष पूरा, घटनाको रहस्य अझै गर्भमै तुहिदैछ
- Tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal
- "We do not accept Madhav Kumar Nepal", says Progressive Nepali Forum in Americas (PNEFA)
- Indigenous Issues
- न्यू योर्कमा नेपाली काँग्रेस समर्थकहरुको साझा अन्तर्कृया भोली
- न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?
- न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब डिसेम्बर ६ तारिखमा मनाइने
- न्यू योर्कमा हेलम्बुका ह्योल्मोहरुको अधिबेशन
- न्यू योर्कमा नेपाली कला मन्चद्वारा दसैं साँझ सेप्टेम्बर २६ मा हुँदै
- Jharato: Dr. Krishna B. Bhattachan
- Nepalese Coalition in New York Discussed on New Nepal’s Future
- न्यू योर्कमा नेपाली जन संपर्क समीति अध्यक्ष सोमनाथ घिमिरे घाइते
- सोइ ढोले सोइ घन्किदै छ न्यू योर्क शहरमा
- Dohori Nepalese Songs-59
- अमेरिकि नेपाली राजावादीहरुको कुरा सुनौ अब
- अमेरिकि जनगणना २०१० मा भाग लिन किन जरुरी छ?
- न्यू योर्कमा गैर आबासिय नेपाली संघ (NRNA) को पहिलो भेला
- श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान !
- न्यू योर्कका अगुवा नेपाली मोहन ज्ञवाली साउथ एसियन हेरिटेज पुरस्कारद्वारा सम्मानित
- Munindra Nembang-Chungta Gurung wedding celebration 09
- क्यानाडामा नेपालीहरुले 'कानाडा डे' बिभिन्न कार्यक्रमको आयोजना गरी मनाए
- ४४ सदस्सीय जम्बो मन्त्री मन्डलको नालीबेली






















Comments