NEWS: बिबिसी नेपाली सेवा ::

Inside

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Santa Bagam   
Saturday, 20 March 2010 04:12

Exclusive news & photos: काठमाडौं- नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो दुई हप्ता यता गंभिर स्वास्थ्य समस्या झेल्डै आएका कोइरालाको चैत ७ गते दिनको १२:१० बजे छोरी सुजाता कोइराला निवास मण्डिखाटारमा निधन भएको हो । उपचारमा संलग्न डा. जगदीश अग्रवालले दुई बजेपछि मात्रै कोइरालाको निधन भएको पुष्टी गरेका हुन् । कोइराला ७ गते विहान ५ वजेदेखि अचेत अवस्थाका रहेका थिए । कोइराला विगत ३ वर्षदेखि नै श्वासप्रवासको समस्याबाट ग्रसित थिए ।

 

गिरिजाप्रशाद कोइराला संबिधान सभाको निर्वाचनमा भोट् खसाल्दै। Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

काँग्रेस सभापति तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका कोइरालाको निधनपछि मुलुकको राजनीतिक भविष्य कसरी अगाडि बढ्छ भन्ने अन्योल रहेको विश्लेषकहरुको भनाई छ । कोइरालालाई भेट्न मण्डिखाटार पुगेका एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रकि्रया र संविधान निर्माण नभएसम्मका लागि मुलुकलाई कोईरालाको आवश्यकता रहेको बताएका थिए ।

Girija Prasad Koirala with former U.S. President Jimmy Carter. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.

नेपालमा सबैभन्दा बढी पटक प्रधानमन्त्री बनेका कोइरालाको शव यात्रा चैत ८ गते हुने भएको छ ।

Special: युएस नेपाल अनलाइन स्वर्गिय कोइरालाको जीवनबारे बिशेष रिपोर्ट तयार पार्दैछ।

युएस नेपाल अनलाइन स्वर्गिय कोइरालाप्रति हार्दिक श्रद्धान्जली टक्रयाउँदै शोक सन्तप्त परिवारजन र देशीबासीमा समबेदना ब्यक्त गर्दछ।

-Santa Bagam in Kathmandu

Girija Prasad Koirala with President Dr. Rambaran Yadav and Vice President Paramanda Jha. Photos: USNepalOnline archive file. Photos of late Girija P. Koirala were published at USNepalOnline.com with photo credits.


USNepalOnline's feature photo after successful Constitutional Assembly election in April 2008.

Read our related news:

-३ दिने राष्ट्रिय शोकमा देश र जनता अझै शोक मग्न

-संविधान सभा बैठकद्वारा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित

-शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको अन्तेस्टी यसरी भयो

-शान्ति प्रकृयाका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाप्रति हजारौं नेपालीहरुद्वारा श्रद्धान्जली अर्पण

-Pay tribute to late Girija Prasad Koirala, former Prime Minister of Nepal

-"राष्ट्रपिता" नेताको खोजी, कस्ले ओगट्ला गिरिजा बाबुको स्थान?

-नेपाली राजनीतिका शीर्ष पुरुष गिरिजाप्रसाद कोइरालाप्रति समबेदनाको ओइरो

-गिरिजा बाबुलाई नजिकबाट हेर्दा
नेपाली राजनीतिका बिर्सनै नसकिने एक मौलिक नेता

-नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन

 

Pay your tribute to late Girija P. Koirala:

 

Earlier news on Girija P. Koirala:

-'देश हाँक्ने जिम्मा तँपाईको काँधमा आएको छ, राम्रोसँग चलाउनु होला'- काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-'नयाँ सम्बिधान बनेको देखेरमात्र जीवनबाट विश्राम लिने मेरो चाहना छ'- पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला

-"मेरो स्वास्थ्य अरु कमजोर हुँदै गएको छ, अब मेरो भर छैन"- पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला

-पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र गठन

-"हामी सबै पार्टीहरु मिलेर अघि बढ्यौं भने नेपाललाई कुनैपनि शक्तिले हल्लाउन सक्दैन"- कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला

Comments

avatar sasang lama NY
0
 
 
गिरिजा प्रसाद कोइरालाले ८६ बर्षको उमेरसम्म निरन्तर कांग्रेस र देशको नेतृत्व गरे जबकी उनका समकालीनहरुले राजनीतिलाई हाफेर स्त्रीलम्पट र मदिरापानमा लीन भए| देशले भोगेका कठिन अवस्थाहरुमा उनले सक्रिय अभिभावकको भूमिका निभाएका थिए| बि पी को चिन्तन कार्यन्वयनमा आएको हामीले देखेनौं, तर जी पी को जुझारुपनाले नेपालमा आएको ठुला उथल पुथलका हामी साछी छौं| जी पी को आस्थासँग सहमति, बिमति हुनु त्यो आफ्नो ठाउँमा छंदैछ, तर नेपाली राजनीतिमा उनले गरेको अथक प्रयास र योगदानलाइ प्रसंशा गर्नुपर्दछ, कदर गर्नु पर्दछ र जश दिन जान्नु पर्दछ| नेपाली राजनीतिको इतिहासमा जी पी बारे मननयोग्य बर्णन गरिनु पर्दछ| स्वर्गीय गिरिजा प्रसाद कोइरालालाई मेरो हार्दिक श्रदान्जली छ|
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?