NEWS: बिबिसी नेपाली सेवा ::

Inside

भारतीय आशिर्वाद मिल्यो कि मिलेन गच्छेदारलाई? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 11 March 2010 02:50

काठमाडौं- भारतीय आशिर्वादकालागि नयाँ दिल्ली पुगेका उपप्रधानमन्त्री तथा फोरम (लोकतान्त्रिक) का अध्यक्ष बिजयकुमार गच्छेदारले नयाँ दिल्लीका महत्वपूर्ण व्यक्तिहरुसँगको भेटघाटलाई तीब्र बनाएका छन् ।

मधेशी राजनीतिक पार्टीहरुमा गच्छेदार भारतकालागि सबैभन्दा निकटका नेताको रुपमा चिनिदै आएका छन् ।

भ्रमणको क्रममा मंगलबार नयाँ दिल्ली गएका बुधबार भारतीय विदेश सचिव निरुपमा राव, लोक सभाका सभामुख मिराकुमार र प्रधानमामन्त्री मनमोहन सिँहका सुरक्षा सल्लाहकार शिवशंकर मेननलाई भेटेका छन् । पाँच दिने भ्रमणका क्रममा नयाँदिल्ली पुगेका उनले अन्य भारतीय राजनीतिक नेताहरुलाईपनि भेट्ने कार्यक्रम छ ।

नयाँ दिल्लीबाट युएस नेपाल अनलाइनलाई प्राप्त जानकारी अनुसार, भारतीय अधिकारीहरुले नेपालमा अस्थिरता भए भारतको सुरक्षामासमेत गंभिर असर पर्ने भन्दै छिटो राजनीतिक सहमति कायम गरी संविधान निर्माण र शान्ति प्रकि्रयालाई निश्कर्षमा पुर्याउने दिशामा अगाडि बढ्न आग्रह गरेका गरेका थिए ।

मधेशवादी दलहरुलाई भारतको निकटको रुपमा मानिदै आएकोमा मधेशी जनअधिकार फोरमले उत्तरतर्फको छिमेकी चीनसँगपनि सम्बन्ध विस्तार गरेपछि फोरममा विभाजन आएको मानिन्छ । त्यसो त, गच्छेदारले सम्बिधान सभा चुनावमा भारतीय खुफिया एजेन्सी 'र' बाट डेड करोड भारतीय रुपैयाँ लिएको यसअघि नै सार्वजनिक भैसकेको छ ।

माओवादीको तीब्र बिरोधी रहँदै आएका गच्छेदारले बर्तमान सरकार ढले मधेशवादी दलहरुको नेतृत्वमा सरकार बन्ने बताउँदै आएका छन् । साथै उनले आफूलाई नयाँ प्रधानमन्त्रीको रुपमा पेशपनि गर्दै आएका छन् । शान्ति सुरक्षा र राजनीतिक असमझदारीका कारण बर्तमान सरकारको औचित्य नै समाप्त भएका बेला उनको नयाँ दिल्ली दौडलाई नयाँ प्रधानमन्त्री बन्ने कसरतका रुपमा लिइएको छ ।

श्रोतका अनुसार, गच्छेदारको नयाँ दिल्ली दौड दुई हप्ताअघि नै तय भएको थियो । गच्छेदार र फोरम अध्यक्ष उपेन्द्र यादवलाई नयाँ दिल्लीले सँगसँगै जस्तो नयाँ दिल्ली बोलाएको थियो । तर गच्छेदारसँग कुराकानी गर्न यादवले अस्वीकृति जनाएपछि दुई हप्तापछिमात्र गच्छेदार नयाँ दिल्ली पुगेका हुन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?